इनरुवा । सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाले आजबाट लोकसेवा तयारी कक्षा सुरु गरेको छ ।
इनरुवा १ स्थित भगवति स्कुलमा इनरुवा नगरपालिकाको आयोजनामा लोकसेवा आयोगबाट लिने नायव सुब्बा वा सो सरहको प्रथम तथा द्धतिय पत्रको तयारी कक्षाका लागि कक्षा सुरु गरेको इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले बताउनुभयो । लोक सेवा तयारी कक्षामा सहभागीको ५० प्रतिशतको लागत सहभागीतामा तालिम सुरु भएको उहाँले बताउनुभयो ।
कक्षामा नायव सुब्बा वा सो सरहको प्रथम तथा द्धतिय पत्रको तयारी कक्षाका लागि आउने प्रश्न, त्यसलाई कसरी तयारी गर्ने, आउने सम्भावित प्रश्न र त्यसको उत्तर, परिक्षामा ध्यान दिनुपर्ने कुरा लगायतका बिषयमा जानकारी दिइनेछ ।
कार्यक्रममा इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले नगर क्षेत्र भित्रका विद्यार्थीले लोकसेवा परिक्षा दिदा ध्यान दिनुपर्ने कुरा लगायतका बिषयमा जानकारी दिइने बताउनुभयो । यो कक्षा लिएपछि केही भएपनि लोकसेवाको नायव सुब्बामा भर्ना छनौटका लागि परिक्षा दिदा केही भएपनि राहत हुने नगर प्रमुख भण्डारीले बताउनुभयो ।