बाबुराम मुडियारी
मोरङ । मोरङको ग्रामथान गाउँपालिकाले मंगलबार एक कार्यक्रमको आयोजना गरी दादुरा रूवेला खोप सम्बन्धी पालिका स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। सो अन्तरक्रिया कार्यक्रम पालिकाका विभिन्न वडा, विधालय तथा खोप केन्द्रहरूमा खोप संञ्चालन सम्बन्धी छलफल गरिएको थियो।
अन्तरक्रियामा गाउँपालिकाका स्वास्थ्यकर्मी, जनप्रतिनिधि, वडा अध्यक्ष, नागरिक समाजका प्रतिनिधि,शिक्षक,पालिका स्तरीय खोप समन्वय समितिका प्रतिनिधि लगायतको सहभागी रहेको थियो।
दादुरा रूवेला खोप राष्ट्रिय अभियान अन्तर्गत ९ महिना देखी ५ बर्ष र ५ बर्ष देखी १५ बर्ष सम्मको बालबालिकाहरूलाई खोप यही फागुन १३ गते देखि १९ गते सम्म पालिकामा संञ्चालन गरिने ग्रामथान गाउँपालिका स्वास्थ्य शाखा प्रमुख राजकुमार झाले जानकारी दिएका छन् । खोप संचालन सम्बन्धी वडा स्तरीय छलफल लाई तिव्र बनाएको छ।