बाबुराम मुडियारी
मोरङ । मोरङको ग्रामथान गाउँपालिकाका ७ वटै वडामा दादुरा रुवेला खोप सम्वन्धी वडा स्तरीय अन्तरक्रिया कार्यक्रम हिजो सम्पन्न भएको छ ।
दादुरा रुवेला खोप राष्ट्रिय अभियान अन्तर्गत ९ महिनादेखि ५ वर्ष र ५ वर्षदेखि १५ वर्षसम्मको बालबालिकाहरुलाई फागुन १३ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने मोरङ ग्रामथान गाउँपालिकाका स्वास्थ्य प्रमुख राजकुमार झाले जानकारी दिनुभयो ।
खोप संचालन सम्बन्धी गाउँपालिका स्तरीय अन्तरक्रिया तथा वडा स्तरीय छलफल सम्पन्न भएको गाउँपालिकाले जनाएको छ । पालिकामा फागुन १३ गतेदेखि सञ्चालन हुने दादुरा रुवेला खोप अभियानको सम्पूर्ण तयारी पूरा भएको गाउँपालिकाले जानकारी दिएको छ ।
पालिकाभित्र रहेको विद्यालय, वडाका टोलहरुमा खोप केन्द्रको तयारी लगायत आवश्यक पर्ने सम्पूर्ण समाग्रीहरु तयारी अवस्थामा रहेकोले सो अभियानलाई सफल बनाउन सबैमा आग्रह गरेको छ ।
अन्तरक्रियामा वडाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, वडा अध्यक्ष, नागरिक समाजका प्रतिनिधि,शिक्षक,वडा स्तरीय खोप समन्वय समितिका प्रतिनिधि, महिला स्वयंसेवीका लगायतको सहभागी रहेको थियो ।