Saturday, February 14, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

घरेलु तथा साना उद्योग महासंघ मोरङको अधिवेशन चैत्र ३ गते विराटनगरमा हुने

सुनसरी अनलाइन by सुनसरी अनलाइन
फाल्गुन १७, २०८०
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
घरेलु तथा साना उद्योग महासंघ मोरङको अधिवेशन चैत्र ३ गते विराटनगरमा हुने
33
SHARES
Share on FacebookShare on Twitter

बाबुराम मुडियारी
मोरङ । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको २५ औँ साधारण सभा र १२ औँ जिल्ला अधिवेशन चैत्र ३ गते विराटनगरमा हुने भएको छ ।

महासंघ अन्तर्गतको महिला उद्यम समिति मोरङको २१ औँ साधरणसभा र १० औँ अधिवेशन सोही दिन अर्थात चैत्र ३ गते शनिबार नै विराटनगरमा हुने भएको हो ।

महासंघले बुधवार पत्रकार सम्मेलन गरी अधिवेशनको दिन एक दिने घरेलु तथा साना उद्योगले उत्पादन गरेको बस्तुहरूको प्रदर्शन पनि गरिने जानकारी गराएको छ । प्रदर्शनीमा घरेलु तथा साना उद्योगहरूले उत्पादन गरेको ६० भन्दा बढी स्टलहरू प्रदर्शनीमा राखिने नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङका अध्यक्ष चेतननाथ निरौलाले जानकारी दिए । एक दिने प्रदर्शनीमा कृषि, पशु, हस्तकला, स्थानीय उत्पादित विभिन्न बस्तुहरू, चिया, ढाका, जुक्ता, चप्पल, कस्मेटिक र विशेष गरी महिला उद्योगीहरूले उत्पादन गरेको बस्तुहरू प्रदर्शनी राखिने उनले बताए ।

‘अहिले घरेलु तथा साना उद्योगहरूले उत्पादन गरेको बस्तुको बजारीकरण नभएर समस्या भएको छ । जसले गर्दा उत्पादित बस्तुले बजार पाएको छैन । खुल्ला सीमाको कारणले चोरी तस्करी भएर विभिन्न बस्तुहरू आयत हुने गर्दछ । जसको प्रत्यक्ष असर यहाँका घरेलु तथा साना उद्योगलाई परेको छ,’ अध्यक्ष निरौलाले भने, ‘यहाँको स्थानीय उद्यमीहरूले उत्पादन गरेको बस्तुको बजारीकरण गर्न हामीले प्रदर्शन राख्न लागेका हौँ ।’

२०४७ साल जेठ २४ गते स्थापना भएको महासंघमा देशभरिमा ९० हजार भन्दा बढी उद्यमीहरू सङ्गठित भएका छन् । मोरङमा ३० हजार भन्दा बढी घरेलु, साना, कृषि र अन्य उद्योगहरू सञ्चालनमा रहेको अध्यक्ष निरौलाले बताए । ३० हजार भन्दा बढी उद्योगमा ४५ अर्बको लगानी रहेको उनले बताए । तीन लाख भन्दा बढीले रोजगारी पाएको दाबी गरिएको छ । महासंघमा ४ हजार भन्दा बढी सदस्य रहेको, पाँच बस्तुगत संघ, ८ पालिका महासंघ, १७ आजीवन सदस्य रहेको उनले बताए ।

महासंघको अधिवेशनबाट जिल्ला कार्यसमितिमा २५ जना र महिला उद्यम समितिमा १७ जनाको निर्वाचित कार्यसमिति हुनेछ । अधिवेशनका लागि मोरङ जिल्ला बाट ३ सय प्रतिनिधि तथा परिवेक्षक सहभागी हुने छ। यस महासंघ लाई सरकारले लघु घरेलु तथा साना उधोग ,महिला तथा कृषी, वैदेशिक रोजगारी बाट फर्केका युवाहरूलाई लक्षित साथै विभिन्न उधोग हरूको प्रवर्द्धन, विकास र प्राविधिमा यस बर्ष पनि नेपाल सरकार बाट सहगोग रहेको पत्रकार सम्मेलन मार्फत महासंघ ले जनाएको छ।

Share13Tweet8SendScan
Previous Post

प्रधानमन्त्री रोजगार कार्यक्रम ग्रामथानमा प्रभावकारी बन्दै, महिलाले रोजगार पाएसँगै घर परिवार चलाउन सहज

Next Post

इनरुवा नगरपालिकाद्वारा एकै पटक १६ वटा टेण्डर आह्वान

Related Posts

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला
FEATURE

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

by सुनसरी अनलाइन
माघ १९, २०८२
0

अजितकुमार झा इनरुवा। प्रतिनीधिसभाको निर्वाचन आउनका लागि ३३ दिन बाँकी रहेका बेलामा नेपाली काङग्रेस सुनसरी क्षेत्र नम्वर २ का उम्मेदवार...

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
Next Post
टोल विकास समितिलाई सक्रिउ बनाउने तयारी

इनरुवा नगरपालिकाद्वारा एकै पटक १६ वटा टेण्डर आह्वान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

कुनै उम्मेदवारको विरोध गर्दिन, रुख छापमा मतदान गर्नुहोस् : पुर्व मन्त्री कार्की

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शुक्र, फाल्गुन १, २०८२
Fri, February 13, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In