इनरुवा । सुनसरीमा दादुरा–रुबेला बिरुद्ध खोप अभियान सञ्चालन गर्ने सम्पूर्ण तयारी पुरा भएको छ ।
स्वास्थ्य कार्यालय सुनसरीले हिजो सुनसरी सदरमुकाम इनरुवामा सरोकारवालासंगको अन्तरक्रिया कार्यक्रमको आयोजना गरेर फागुन १५ गते देखि चैत्र १ गते सम्म सञ्चालन हुने दादुरा–रुबेला बिरुद्ध खोप अभियानको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।
सुनसरीमा खोप अभियान सञ्चालनका लागि ९९३ वटा खोप लगाउने बुथ निर्धाण गरिएको छ भने ५९२ स्थानबाट खोप लगाउने तयारी भएको स्वास्थ्य कार्यालय इनरुवा सुनसरीका प्रमुख सागर प्रसाईले जानकारी दिनुभयो ।
त्यसैगरी खोप अभियान सञ्चालनका लागि १ हजार ९सय ८६ जना स्वास्थ्यकर्मी र २ हजार ९ सय ९९ जना स्वास्थ्य स्वमसेवीका परिचालन गर्ने तयारी भएको उहाँले जानकारी दिनुभयो ।
सुनसरीमा ९ महिना देखि ५ बर्ष सम्मका २ लाख ४९ हजार ८२५ जना बालबालिकालाई खोप लगाउने तयारी भएको स्वास्थ्य कार्यालय इनरुवा सुनसरीका प्रमुख प्रसाईले बताउनुभयो ।
जिल्ला खोप अभियानका लागि स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने तालिम, सामग्री हस्तान्त्रण, खोप लगायतका कार्य भएको उहाँले बताउनुभयो । जिल्लामा पहुच भन्दा बाहिर रहेका बालबालिकालाई लक्षित गरेर बिषेश रुपमा खोप अभियान सञ्चालन गर्नका लागि सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण अर्चायले आग्रह गर्नुभयो ।
कार्यक्रम जिल्ला समन्वय समिति सुनसरीका सभापति राजन मेहताको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमा सुनसरीका प्रहरी प्रमुख बिपिन रेग्मी, सेभ द अर्थका पुष्प भट्टराई, पत्रकार महासंघ सुनसरीका कोषाध्यक्ष अजितकुमार झा लगायतको सहभागीता रहेको थियो ।