इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा नेपाली काङग्रेसका सन्त नेता कृष्णप्रसाद भट्टराईको स्मृति दिवसको अवसर पारेर आइतबार साँझ दीप प्रज्वलन गरिएको छ ।
इनरुवा १ स्थित लोकतान्त्रिक चौकमा सन्त नेता कृष्ण प्रसाद भट्टराईको स्मृति दिवसको अवसरमा नेपाली काङग्रेसले दीप प्रज्वलन कार्यक्रम गरिएको पार्टीका युवा नेता धिरज भट्टराईले जानकारी दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि नेता एवम् पूर्व राज्य मन्त्री सिताराम मेहताले सन्त नेताको जीवन र त्याग बारे प्रकाश पार्नु भएको थियो ।
कार्यक्रममा नेपाली काङग्रेसका उपसभापति पंकज महतो, इनरुवा नगरपालिकाका उप–प्रमुख बिनिता मेहता, पूर्व उप–प्रमुख जमुना गौतम पोखरेल, नगर उपसभापति विनिता दाहाल, युवा नेता धिरज भट्टराई, चन्दन यादव, शिवकुमार यादव, योगेन्द्र मेहता, जमील अख्तर अजाद, बब्लु भगत, चन्दन यादव लगायतको सहभागीता रहेको थियो ।