सुनसरी । सुनसरी सदरमुकाम इनरुवामा पहिलो पल्ट अन्तर्राष्ट्रिय कुस्ती (दंगल) प्रतियोगिता हुने भएको छ ।
पत्रकार सम्मेलनको आयोजना गरी आयोजक नेपाल निजामति कर्मचारी संगठन जिल्ला कार्यसमिति सुनसरी सह आयोजक राष्ट्रिय युवा संघ नेपाल र व्यवस्थापक नेपाल खेलकुद महासंघ इनरुवा नगर काय समिति सुनसरीबाट आयोजित सम्मेलनमा प्रथम मदन भण्डारी स्मृती अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता २०८० हुने जनाइएको छ ।
इनरुवा हरेक क्षेत्रमा पछाडी परि रहेको परिवेशलाई लिएर खेलकुद क्षेत्रमा स्थानीय कुस्ती खेलाडीहरुलाई कुस्ती खेल प्रति आकर्षण बढाउने उद्देदयका साथ उक्त प्रतियोगिताको आयोजना गरिएको संयोजक चिनेश्वर मेहताले बताउनुभयो । वहाँले कुस्ती प्रतियोगिताको लागि बंगला देश, भारत र नेपालका कुस्तीबाँज सहंसा ६ जना महिला सहित ८० जना दंगल खेलाडीहरुलाई इनरुवामा ल्याई प्रतियोगितामा भिडाउने तयारीमा लागेको जनाउनु भयो ।
उक्त प्रतियोगिता आगामी चैत्र ५ देखि ७ गते सम्म इनरुवाको जेल फिल्डमा हुने तथा प्रथम हुनेलाई १ लाख १ हजार, द्वितिय हुनेलाई ७१ हजार र तृतिय हुनेलाई ५१ हजार पुरस्कार दिइने घोषणा गर्नु भयो भने सो प्रतियोतिाको लागि अनुमानित २१ लाख रुपैया खर्च हुने आयोजकले जानकारी दिनु भयो ।