इनरुवा । सुनसरीको बर्जु गाउँपालिका–४ मा आइतबार भएको आगलागीमा करिव ५० लाख बरावरको क्षति भएको छ ।
स्थानीय बिष्णुदेव पौदारको घरबाट अचानक आगलागी हुदा १५ वटा जर जलेर नष्ट हुदा ५० लाख बरावरको क्षति भएको छ ।
आगलागीमा परेर स्थानीयको घर, घरभित्र रहेका बिभिन्न फर्निचरका सामग्री, खाद्यान्न सामग्री, कपडा लगायतका सामग्री जलेर नष्ट भएको सुनसरीका प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।
आगलागीमा घर सहित अन्य सामग्री जलेर नष्ट हुदा ५० लाख बरावरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीलाई बिराटनर, इटहरीबाट गएको बारुणयन्त्रण, स्थानीयवासी, प्रहरीको सहयोगमा नियन्त्रणमा लिएको छ । आगलागीको बिषयमा अनुशन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।