Saturday, May 2, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

काङग्रेस बलियो भयो भने मात्र लोकतन्त्र बलियो हुन्छ : उपसभापति गुरुङ्ग

बाग्मतीमा स्याल कराउदा कोसीमा कराउदैन : मुख्यमन्त्री कार्की

सुनसरी अनलाइन by सुनसरी अनलाइन
चैत्र १६, २०८०
in FEATURE, फाेटाे फिचर, मुख्य खबर, समाचार, स्थानीय समाचार
काङग्रेस बलियो भयो भने मात्र लोकतन्त्र बलियो हुन्छ : उपसभापति गुरुङ्ग
28
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपाली काङग्रेसका उपसभापति तथा पूर्वमन्त्री धनराज गुरुङ्गले काङग्रेस बलियो भयो भने मात्र लोकतन्त्र बलियो हुने बताउनुभएको छ ।

सुनसरीको इटहरी उपमहानगरपालिकामा शुक्रबार नेपाल प्रेस युनियन सुनसरी शाखाले आयोजना गरेको लोकतन्त्रमा सञ्चार माध्यमको भुमिका बिषयक अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुदै उहाँले सो कुरा बताउनुभएको हो ।

लोकतन्त्रलाई बलियो र मजबुत बनाउनका लागि सबैले एक ढिक्का भएर लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । काङग्रेसको टिकटबाट निर्वाचित जनप्रतिनीधिले कुनै पनि प्रश्न नउठने गरि काम गर्नुपर्नेमा उपसभापति गुरुङ्गले उल्लेख गर्नुभयो ।

नेपाली काङग्रेसको टिकटबाट निर्वाचित भएका वडा सदस्य देखि प्रधानमन्त्री सम्मले जनताले प्रश्न नउठाउने गरि काम गरेको खण्डमा मात्र काङग्रेस बलियो हुने र काङगे्रेस बलियो भयो भने मात्र लोकतन्त्र बलियो हुने उपसभापति गुरुङ्गले बताउनुभयो ।

उहाँले नेपाली काङग्रेसको टिकटबाट निर्वाचित भएका सबै जनप्रतिनीधि देखि प्रधानमन्त्री सम्मको सम्पति छानविन गर्नुपर्नेमा जोड दिनुभयो । पार्टी भित्रको नीतिगत र रणनीतिगत छलफल कहाँ गर्ने बिषयमा सबैले सोच्नुपर्ने बेला आएको उहाँले बताउनुभयो ।

नेपाली काङग्रेसका नेता तथा कार्यकर्ताले कति बेला प्राविधिक कुरा गर्ने र कति बेला नीतिगत कुरा गर्ने बिषयमा अल्झीने गरेका कारणले पटक–पटक समस्या उत्पन्न हुने गरेको उहाँले जिकिर गर्नुभयो । कार्यक्रममा कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले वर्तमान सरकारले नै निरन्तरता पाउने बताउनुभएको छ ।

उहाँले केन्द्रिय सत्ता समिकरण फेर बदल हुदैमा कोसी प्रदेश सरकारलाई केही असर नहुने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “बाग्मतीमा स्याल कराउदा कोसीमा स्याल कराउदैन यहाँ अर्ना कराउन सक्छ ।” कोसी प्रदेश सरकारले अहिले मध्यावधिक निर्वाचन नगर्ने बताउनुहुदै विश्वासको मत समेत २ बर्ष सम्म नलिने मुख्यमन्त्री कार्कीले दाबी गर्नुभयो ।वर्तमान कोसी सरकार कुनै पनि हालतमा नढल्ने बताउनुहुदै मुख्यमन्त्री कार्कीले संविधानमा उल्लेख भए अनुसार अगाडि बढनेमा ढुक्क हुनका लागि सबैलाई आग्रह गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुदै नेपाली काङग्रेका केन्द्रिय सदस्य राजिव कोइरालाले पछिल्लो समय देशमा नकारात्मक शक्तिको सञ्चार भइरहेका बेलामा सञ्चार माध्यमले यसलाई चिर्नका लागि कलम चलाउनुपर्नेमा जोड दिनुभयो । नेपालमा बौद्धिक अपराधि र बौद्धिक अराजकता बिरुद्ध सञ्चारकर्मीले लोकतन्त्रको रक्षा गर्दै कलम चलाउनुपर्नेमा उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेपाली काङग्रेसका केन्द्रिय सदस्य लक्ष्मी खतिवडा, इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय अध्यक्ष तारानाथ दाहाल, प्रेस युनियनका केन्द्रिय अध्यक्ष शिव लम्साल लगायतको सहभागीता रहेको थियो ।

कार्यक्रममा सुनसरीका अग्रज पत्रकार हर्ष सुब्बा, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य इकवाल अहमद, प्रेस युनियनका पूर्व केन्द्रिय सदस्य हेमराज दाहाल, दिवस पोखरेल लगायतलाई सम्मान गरिएको थियो ।

कार्यक्रम प्रेस युनियन सुनसरीका अध्यक्ष ध्रुव ढकालको अध्यक्षतामा सम्पन्न भएको प्रेस युनियन सुनसरीका सदस्य नसिम अंसारीले जानकारी दिनुभयो ।

Share11Tweet7SendScan
Previous Post

निरन्तर सेवाग्राहमा फड्काे मार्दै इनरुवा अस्पताल, सुरु भयो इनरुवा अस्पतालमा हाडजोर्नी शल्यक्रिया 

Next Post

सुनसरीको बर्जुमा आगलागी पीडितका घर बनाइदिने महिला तथा बालबालिका मन्त्री चौधरीको घोषणा

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
सुनसरीको बर्जुमा आगलागी पीडितका घर बनाइदिने महिला तथा बालबालिका मन्त्री चौधरीको घोषणा

सुनसरीको बर्जुमा आगलागी पीडितका घर बनाइदिने महिला तथा बालबालिका मन्त्री चौधरीको घोषणा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, बैशाख १९, २०८३
Sat, May 2, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In