Sunday, February 8, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

१० बुँदे सुनसरी घोषणा पत्र जारी गर्दै प्रेस युनियनको बैठक सम्पन्न

सुनसरी अनलाइन by सुनसरी अनलाइन
चैत्र १७, २०८०
in FEATURE, फाेटाे फिचर, मुख्य खबर, समाचार, स्थानीय समाचार
१० बुँदे सुनसरी घोषणा पत्र जारी गर्दै प्रेस युनियनको बैठक सम्पन्न
42
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । १० बुँदे प्रेस युनियन सुनसरी घोषणापत्र जारी गर्दै नेपाल प्रेस युनियन केन्द्रीय समितिको बैठक शनिबार सम्पन्न भएको छ ।

सुनसरीको इटहरीमा बसेको प्रेस युनियन केन्द्रिय कार्य समितिको बैठकले १० बुँदे प्रेस युनियन सुनसरी घोषणापत्र जारी गरेको प्रेस युनियनका केन्द्रिय महासचिब दिलीप पौडेलले जानकारी दिनुभयो ।

बैठकले नेपाल प्रेस युनियनका सांगठनिक गतिविधि वृद्धि गर्दै संगठनलाई थप गतिशील बनाउन प्रेस युनियनका केन्द्रीय विभाग, प्रदेश समिति र जिल्ला शाखालाई परिचालन गर्ने, पत्रकारको क्षमता अभिवृद्धिका लागि नेपाल प्रेस युनियन केन्द्रीय समितिले घोषणा गरेको ‘पत्रकार प्रशिक्षण वर्ष २०८०’मा जिल्ला शाखा, प्रतिष्ठान शाखा, उपशाखा र प्रदेश समितिलाई परिचालित गरी प्रशिक्षणका कार्यक्रम प्रभावकारी रूपमा अघि बढाउने, नेपाल पत्रकार महासंघले सुरु गरेको सदस्यता शुद्धीकरण अभियानमा नेपाल प्रेस युनियनको पूर्ण साथ र सहयोग रहने महासचिब पौडेलद्धरा जारी घोषणापत्रमा उल्लेख रहेको छ ।

त्यसैगरी पत्रकार महासंघले सदस्यता टुंगो नलगाईकन जिल्ला, प्रदेश र केन्द्रीय अधिवेशन घोषणा गरेकोमा युनियनको गम्भीर ध्यानाकर्षण भएको र सदस्यता तथा मतदाता नामावलीको टुंगो लगाएर मात्र नेपाल पत्रकार महासंघका जिल्ला, प्रदेश र केन्द्रको अधिवेशन गर्न युनियनले आग्रह गरेको छ ।

त्यसैगरी पत्रकार महसंघको सदस्यता टुंगो नलगाई अधिवेशन गरेमा उत्पन्न परिस्थितिको जवाफदेही नेपाल पत्रकार महासंघ नै हुने युनियनको ठहर रहेको जारी घोषणापत्रमा उल्लेख गरेको छ ।

त्यसैगरी नेपाल पत्रकार महासंघका संस्थापक सभापति कृष्णप्रसाद भट्टराई रहेको विषय विवादरहित र निशङक रहेको उल्लेख गर्दै संस्थापक सभापतिको विषयमा पत्रकार महासंघको इतिहास र गरिमा, पर्याप्त तथ्य र प्रमाण हुँदाहँदै कुनै प्रकारका विवाद सिर्जना नगर्न सम्बद्ध सबै पक्षलाई युनियनले आग्रह गरेको महासचिब पौडेलले बताउनुभयो ।

त्यसैगरी श्रमजिवी पत्रकार ऐन कार्यान्वयन, न्यूनतम पारिश्रमिक वृद्धि, नियमित पारिश्रमिकको भुक्तानी, पेशागत सुरक्षा तथा आर्थिक, सामाजिक सुरक्षाका विषयमा नेपाल प्रेस युनियन गम्भीर र चिन्तित रहेको समेत जनाएको छ ।

विभिन्न सञ्चारमाध्यममा कार्यरत श्रमजिवी पत्रकारले लामो समयदेखि नियमित पारिश्रमिक पाउन नसकेको, कतिपय सञ्चारमाध्यममा न्यूनतम पारिश्रमिक कार्यान्वयन समेत हुन नसकेको विषयमा युनियनको गम्भीर ध्यानाकर्षण भएको र श्रमजिवी पत्रकार ऐन कार्यान्वयन गर्न पत्रकारलाई नियमित पारिश्रमिक उपलब्ध गराउन तथा कानुनमा भएको व्यवस्था अनुसार तलब सुविधा उपलब्ध गराउन सञ्चार प्रतिष्ठानलाई युनियनले आग्रह गर्ने निर्णय सहितको घोषणापत्र जारी गरेको छ ।

त्यसैगरी सञ्चार माध्यमलाई सरकारले दिँदै आएको लोककल्याणकारी विज्ञापन वितरणलाई व्यवस्थित र पारदर्शी बनाउन, भुक्तानी प्रक्रियालाई छिटो र सहज बनाउन, सञ्चारमाध्यम दर्ता र आबद्धतालाई सहज र सहुलियतपूर्ण बनाउन स्वरोजगारमुलक सञ्चारमाध्यमलाई संरक्षण र सम्वद्र्धन गर्न समेत युनियनले आग्रह गरेको छ ।

बैठकले अनलाइन मिडियालाई लोककल्याणकारी विज्ञापन उपलब्ध गराउन समेत युनियनले जोडदार माग गरेको महासचिब पौडेलले जानकारी दिनुभयो । त्यसैगरी सञ्चार माध्यमले पनि आचारसंहीता पालना गर्दै विश्वसनीय र जिम्मेवार कन्टेन्ट प्रकाशन तथा प्रशारणमा ध्यान दिन युनियनले आग्रह गरेको उहाँले बताउनुभयो ।

सञ्चारमाध्यममा सहभागीता र समावेशितालाई जोड दिने र समाचार कन्टेन्टमा पनि विविधता ल्याउने गरी प्रोत्साहनको नीति ल्याउन नेपाल प्रेस युनियनले माग समेत गरेको उहाँले बताउनुभयो ।

त्यसैगरी समग्र सूचना प्रविधि क्षेत्रको विकास, व्यवस्थापन र नियमन सहित व्यक्तिगत तथ्यांक संरक्षण एवम साइबर सुरक्षा र साइबर अपराध लगातयका विषयलाई नियमन गर्न सरकारले तयार गरेको ‘सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बनधमा व्यवस्था गर्न बनेको विधेयक २०८०’ को मस्यौदा प्रति प्रेस युनियनको गम्भीर ध्यानाकर्षण भएको प्रेस युनियनले जारी गरेको सुनसरी घोषणापत्रमा उल्लेख गरेको छ ।

त्यसैगरी बैठकले संविधानप्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, गोपनियताको हक लगायत अनेकौँ मौलिक हक हनन् हुने गरी र कयौँ अस्पष्टता सहित तयार उक्त विधेयक मस्यौदा तयार भएकाले यसतर्फ सचेत रहँदै संविधान प्रदत्त हकको सुरक्षा गर्न र सुनिश्चित गर्नुपर्ने, सुनसरीको प्रसिद्ध बराहक्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सम्पदा संरक्षण, सम्वद्र्धन र आवश्यक पूर्वाधार निर्माणका लागि सरोकारवालाको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

आगामी चैत २७ गतेदेखि एक महिनासम्म चल्ने महाकुम्भ मेलामा सहभागी हुन्, मेलाको आवश्यक प्रचारसमा सघाउन सञ्चारकर्मीलाई आग्रह गर्ने, नेपाल प्रेस युनियन केन्द्रीय समितिको बैठक सम्पन्न गर्न आतिथ्यता प्रदान गर्ने नेपाल प्रेस युनियन सुनसरी शाखालाई विशेष धन्यवाद ज्ञापन गर्दै केन्द्रिय समितिको बैठक सम्पन्न भएको प्रेस युनियनका महासचिब पौडेलले जानकारी दिनुभयो । नेपाल प्रेस युनियनका केन्द्रिय अध्यक्ष शिव लम्सालको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो ।

Share17Tweet11SendScan
Previous Post

सुनसरीको बर्जुमा आगलागी पीडितका घर बनाइदिने महिला तथा बालबालिका मन्त्री चौधरीको घोषणा

Next Post

कारागार भित्र एक कैदीबन्दीको मृत्यु, हत्या गरेको आफन्तको अरोपमा

Related Posts

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला
FEATURE

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

by सुनसरी अनलाइन
माघ १९, २०८२
0

अजितकुमार झा इनरुवा। प्रतिनीधिसभाको निर्वाचन आउनका लागि ३३ दिन बाँकी रहेका बेलामा नेपाली काङग्रेस सुनसरी क्षेत्र नम्वर २ का उम्मेदवार...

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
Next Post
कारागार भित्र एक कैदीबन्दीको मृत्यु, हत्या गरेको आफन्तको अरोपमा

कारागार भित्र एक कैदीबन्दीको मृत्यु, हत्या गरेको आफन्तको अरोपमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

कुनै उम्मेदवारको विरोध गर्दिन, रुख छापमा मतदान गर्नुहोस् : पुर्व मन्त्री कार्की

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, माघ २६, २०८२
Sun, February 8, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In