बाबुराम मुडियारी
मोरङ । मुडियारी समुदायहरूको भाषा, संस्कृति, भेषभुषा, बाजागाजा, संस्कार, संस्कृति लगायतलाई संरक्षण गर्नका लागि सरकार उदासिन रहेको सरोकारवालाहरुको जोड दिएका छन् ।
मुडियारी जातिय संस्था नेपाल मुडियारी भाषा संस्कृति पहिचान उत्थान केन्द्रले मोरङको बिभिन्न स्थानहरुमा जातिय पहिचान, संस्कृति, संस्कार र भेषभुषा, बाजागाजालाई सरकारले प्रमुख प्राथमिकतामा राखी सूचीकृति गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका हुन् ।
नेपालमा सदियौदेखि तराईको भूभागमा बसोबास गदै आएको अल्पसंख्यक तथा अति सिमान्तकृत समुदाय मुडियारी जातिको कटहरी गाउँपालिक –७ को मुडियारी गाउँ भेला तथा वडा सम्मेलन सम्पन्न भएको छ ।
कटहरी गाउँपालिका–७ को मुडियारी टोल डंगटोलीमा मुडियारी जातिको गाउँ भेला तथा वडा सम्मेलनमा मुडियारी समुदायहरू आदिवासी भएतापनि राज्यले आदिवासी जनजाति समुदायमा सूचिकृत नगरेको हुदाँ वडा समिति विस्तार गरी दबाबमूलक कार्यक्रमको आयोजना गरिने नेपाल मुडियारी भाषा संस्कृति पहिचान उत्थान केन्द्र केन्द्रीय सचिव सूर्य नारायण मुडियारीले जानकारी दिनुभयो ।
मुडियारी जाति समुदायहरूको जातिय भेषभूषा सहितको नाचगान तथा झाँकी प्रदर्शन गरी भेलाले नयाँ कार्य समिति निर्विरोध निर्वाचित गरेको छ । समितिको अध्यक्षमा विहालाल मुडियारी, उपाध्यक्ष नेवालाल मुडियारी, सचिव पार्वती मुडियारीसहित ११ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो ।
संस्थाले गाउँ भेला कार्यक्रमहरुलाई तिव्रता दिएको छ । संस्थाले केही दिनअघि कटहरी गाउँपालिका–५ को मुडियारी वडा भेला सम्पन्न गरेको थियो । मुडियारी समुदायहरू तराईको मोरङ र सुनसरी जिल्लाको केही पालिकाहरूमा मुख्य बसोबासको थलो रहेको मुडियारी समुदायले मुडियारी ,झाँगड पनि लेख्ने गरेको पाईन्छ ।
नेपाल मुडियारी भाषा संस्कृति पहिचान उत्थान केन्द्रका केन्द्रीय सचिव सूर्य नारायण मुडियारीको प्रमुख आथित्यतामा र नेपाल मुडियारी भाषा संस्कृति पहिचान उत्थान केन्द्र केन्द्रीय उपाध्यक्ष कार्तिकचन मुडियारी, विराट राजंवशी जातिय संस्थाका प्रदिप विश्वास, मुडियारी समुदायको जेष्ठ नागरिक सकली देवी मुडियारी लगायतको आथित्यतामा सो भेला तथा सम्मेलन सम्पन्न भएको थियो ।