मोरङ । विराटनगरका पत्रकार प्रेम देवानलाई पितृ शोक परेको छ । आवर विराटनगर डट नेटका सञ्चालक तथा नेपाल आदिवासी जनजाति पत्रकार महासंघका कोशीका कोषाध्यक्ष देवानका बुवा ७० वर्षको उमेरमा हिजो साँझ निधन भएको हो ।
प्रेस सेन्टर नेपाल विराटनगर शाखाका सचिव समेत रहनुभएका पत्रकार देवानका बुवा कृष्ण देवान लामो समयदेखि हृदयघातको बिरामी हुनुहुन्थ्यो । हिजो साँझ एक्कासी स्वास्थ्यमा समस्या आएपछि विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा कृष्ण देवानको मृत्यु भएको थियो ।
उहाँको शब अस्पतालबाट घर लगिएको र आज नै सुनसरीको चरतराघाटमा अन्त्येष्टि गरिने पारिवारिक श्रोतले जनाएको छ ।