इनरुवा । सुनसरीको सीमावर्ती हरिनगर गाउँपालिकामा कर्फ्यु आदेश जारी भएको छ । सुनसरीका कायक मुकायम प्रमुख जिल्ला अधिकारी देवराज फुयालले बिहीबार भएको एक युवा माथिको सामूहिक आक्रमणको विषयलाई लिएर शुक्रबार बिहानैबाट भएको विरोध प्रर्दशनलाई ध्यानमा राखेर निषेधित क्षेत्र घोषणा गरेको जानकारी दिनुभयो । कामु प्रजिअ फुयालका अनुसार शुक्रबार मध्याह्न १२ बजेदेखि अनिश्चित कालिन कर्फ्यु लगाइएको हो । जिल्ला प्रशासन कार्यालय सुनसरीले शुक्रबार मध्यान १२ बजेटबाट तोकिएको क्षेत्रमा आवतजावत गर्न, भेला हुन तथा कुनै पनि खालका क्रियाकलाप गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (क) (१) बमोजिक कर्फ्यु आदेश जारी गरेको हो । चैत २२ गते बिहीबार हरिनगर गाउँपालिका ३ का जिवन मेहतामाथि भएको आक्रमण र त्यसपछिको असहज झडपको अवस्थालाई ध्यानमा राखेर शुक्रबार मध्यानबाट अनिश्चितकालीन कर्फ्यु जारी गरिएको कामु प्रजिअ फुयालले जानकारी दिनुभयो । फुयालका अनुसार हरिनगर गाउँपालिकाको १ देखि ७ नम्बर वडासम्म सबै र देवानगञ्ज गाउँपालिका १ मध्हर्साही र देवानगञ्ज गाउँपालिका ७ राजगंज सिनुवारी सीमाक्षेत्र भित्र कर्फ्यु आदेश जारी गरिएको हो । कर्फ्यु आदेश विपरीत भए गरिएको पाइएमा सुरक्षाकर्मीले आवश्यकता अनुसार बल प्रयोग गरी कारबाही समेत गर्न सकिने कामु प्रजिअ फुयालले जानकारी दिनुभयो । बिहीबार मुस्लिम युवाहरुको आक्रमणमा घाइते भएका हरिनगर गाउँपालिका ३ का जिवन मेहताको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइहरेको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार मेहताको अवस्था खतरामुक्त रहेको छ । भीडलाई नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास र हवाई फायर समेत गरेको छ ।
झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो
बाबुराम मुडियारी मोरङ । मोरङको ग्रामथान गाउँपालिका वडा नं २ झोराहाट स्थित श्री सरस्वती नमुना माध्यमिक विद्यालयको ६७ औं वार्षिकोत्सव...