हरिनगरा । हरिनगर गाउँपालिकाका अध्यक्ष हाजी गफार अन्सारीले केही दिन यता आफ्नो गाउँपालिका क्षेत्रभित्र भएको आन्दोलन र गतिविधिले परेको असर तथा क्षतीप्रति आफ्नो ध्यानाकर्षण भएको बताउनुभएको छ ।
सोमवार प्रेस विज्ञप्ति जारी गर्नुहुँदै अध्यक्ष अन्सारीले मानवीय संवेदनशीलतालाई ख्याल नगरी भएको अवाञ्छित गतिविधिका कारण भएको भौतिक तथा आर्थिक र सार्वजनिक सम्पत्तिको नोक्सानीप्रती दु:ख व्यक्त गर्नुभएको छ ।
अन्सारीले आकस्मिक रुपमा भएको अकल्पनीय घटनामा घाइते भएका सबैलाई शिघ्र र पुर्ण स्वास्थ्य लाभको कामन गर्नुहुँदै सामाजिक सदभाव, धार्मिक सहिष्णुता र एकतामा जोड दिनुभएको छ ।
उहाँले हरिनगरमा भएको घटनाहरुमा संलग्न दाेषि उपर निष्पक्ष छानबिन गरि दाेषिलाई कारवाही गर्नुपर्ने माग गर्नुभएको छ । अध्यक्ष अन्सारीले गाउँपालिकाको लेडर प्याडमा आफ्नो आधिकारिक धारणासहितको विज्ञप्ति मा पुण्य भुमि नेपालको प्रसिद्ध प्राचीन हरिद्वारमा सुरु हुन लागेको महाकुम्भ मेलालाई धार्मिक तथा सांस्कृतिक उत्सवका रुपमा मनाउन आह्वान गर्नुभएको छ ।
त्यसैगरी इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रामजान रोजाको समाप्तिसङ्गै मनाइने पर्व इदुल फित्र ईदको शुभकामनासमेत दिनुभएको छ ।
अध्यक्ष अन्सारीले सामाजिक सद्भाव र सहिष्णुतालाई अक्षुण राख्दै पारस्परिक सहयोग एकता र विश्वासलाई बचाइराख्न सबैमा अनुरोध समेत गरेको छ ।
उहाँले विगतको परिस्थितिलाई ध्यानमा राख्दै समाधान गर्दै आपसी सदभाव, एकता र मेलमिलापका लागि राजनीतिक दल, विभिन्न संघ संस्था, सरकारी तथा गैर सरकारी संस्था, कर्मचारी, शिक्षक, धार्मिक संस्था तथा धर्म गुरुहरु समेतलाई अनुरोध गर्नुभएको छ ।