इनरुवा । नेपाल विद्यार्थी संघको ५५ औं स्थापना दिवसको अवसरमा दीप प्रज्वलन कार्यक्रमको आयोजना गरिएको छ ।
नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति सुनसरीको आयोजनामा इनरुवा नगरपालिका-४ बस चौकमा बिहीवार साझ दीप प्रज्वलन कार्यक्रमको आयोजना गरिएको हो ।
उक्त कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशसभा सदस्य हाजी इस्राइल मन्सुरीले दीप प्रज्वलन गरि उदघाटन गर्नुभएको थियो ।
उक्त कार्यक्रममा विद्यार्थीको लागि शहादत प्राप्त गर्नुभएको ज्ञात अज्ञात शहिदहरुको सम्झनामा १ मिनेट मौन धारण गरेका थियो ।
उक्त कार्यक्रममा प्रमुख अतिथि हाजी मन्सुरी, विशिस्ट अतिथिहरु नेपाली काङ्ग्रेस प्रदेश सभा क्षेत्र ४(२) का उपसभापति केसरी अधिकारी र नेपाल मुस्लिम संघ सुनसरीका सभापति हारुन अन्सारी लगायतकाले मन्तव्य राख्नुभएको थियो।
सो दीप प्रज्वलन कार्यक्रम नेपाल विद्यार्थी संघ सुनसरीका उपसभापति सेराज हुसेनको संयोजकत्वमा सम्पन्न भएको थियो ।
उक्त कार्यक्रममा नेपाल विद्यार्थी संघ सुनसरीका सदस्य विशाल ठाकुर,रोशन सोनि,इ.आशिष् यादव,अनिशा कार्की,रोशन शर्मा,निरज शर्मा,नेपाल विद्यार्थी संघ सुनसरी क्षेत्र नम्बर ४ का उपसभापति अल्फेज अन्सारी,नेपाल विद्यार्थी संघ सुनसरी बहुमुखी क्याम्पसका का.बा.सभापति सुनिल मण्डल,उपसभापति इमरान अन्सारी,ने.वि.संघ कोशी गाउँपालिकाका सचिव रन्जित यादव लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।