Saturday, May 2, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

सुनसरीमा वार्षिक बाह्र हजार मेट्रिक टन रासायनिक मल प्रयोग

सुनसरी अनलाइन by सुनसरी अनलाइन
साउन १०, २०८१
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
सुनसरीमा वार्षिक बाह्र हजार मेट्रिक टन रासायनिक मल प्रयोग
28
SHARES
Share on FacebookShare on Twitter

वराहक्षेत्र । सुनसरीमा पछिल्लो समय रासायनिक मलको प्रयोग अत्यधिक मात्रामा हुने गरेको छ । कृषिका लागि उर्वर मानिने सुनसरीमा वार्षिक १२ हजार ४५९.६०० मेट्रिक टन रासायनिक मलको प्रयोग हुँदै आएको छ । जिल्लामा गत वर्ष १० हजार पाँच सय मेट्रिक टन रासायनिक मलको प्रयोग भएको कृषि सामग्री कम्पनी इटहरीले जनाएको छ ।

रासायनिक मलको प्रयोग कम गरे बाली नै नफस्टाउने र कम फल्ने हुँदा रासायनिक मलको प्रयोग दिनप्रतिदिन बढाउनु परेको किसानको भनाइ छ । प्रकाशपुरका कृषक सीताराम चन्द्रवंशी भन्नुहुन्छ, “रासायनिक मलबिना खेती राम्रो नहुने हुँदा बर्सेनि मलको मात्रा बढाउनु परेको छ ।” उहाँले दुई बिघा खेतमा वार्षिक छ बोरा डिएपी, छ बोरा युरिया र तीन बोरा पोटास प्रयोग गर्दै आएको बताउनुभयो ।

कृषि सामग्री कम्पनी लिमिटेड इटहरी शाखाका सूचना अधिकारी राम काफ्लेका अनुसार आर्थिक वर्ष २०८०/८१ मा युरिया मल आठ हजार पाँच सय, डिएपी पाँच हजार, पोटास पाँच सय र कृषि चुन २३१ मेट्रिक टनको वार्षिक लक्ष्य राखिएकोमा युरिया मल सात हजार १४१.०५० मेट्रिक टन, डिएपी ४८७७.१५० मेट्रिक टन, पोटास ४४१.४ र कृषि चुन २१० मेट्रिक टन बिक्री भएको काफ्लेले जानकारी दिनुभयो ।

जिल्लामा डिलर लिएका १३१ वटा कृषि सहकारी संस्थाले रासायनिक मल लगेर बिक्री गर्ने गरेको कार्यालयले जनाएको छ । सहकारीबाहेक कृषि अनुसन्धान केन्द्र तरहरा, बिउबिजन अनुसन्धान केन्द्र झुम्का, जुट अनुसन्धान केन्द्र इटहरीले पनि रासायनिक मल लैजाने गरेको सूचना अधिकारी काफ्लेले बताउनुभयो ।

किसानले मलको मात्रा नमिलाई प्रयोग गर्दा माटोको अम्लीयपन बढ्दै जाने र माटोको उर्वराशक्ति कम हुँदै जाने भए पनि किसानले बढी मलको प्रयोग गर्ने गरेका छन् ।

युरिया र डिएपीको मात्रा बढी लगाउने, पोटासको मात्रा कम लगाउँदा माटोमा प्रमुख खाद्य तìवको मात्रा नमिल्दा माटोको उर्वराशक्ति घट्ने र मल बढी लाग्ने कृषि विज्ञको भनाइ छ ।

किसानले रासायनिक मलको मात्रा बढाउँदै जाने र कम्पोस्ट मल हाल्नै छाडेपछि माटोको सन्तुलन बिग्रँदै गएको कृषि अनुसन्धानालय कोशी प्रदेश तरहराका बाली विज्ञान प्राविधिक अधिकृत विनोद यादव बताउनुहुन्छ ।

गाउँमा गाईवस्तु पाल्नै छाडेपछि कम्पोस्ट मलको प्रचलन हराउँदै गएर खेतबारी रुखो हुँदै गएको छ । युरिया मलमा हाइड्रोजन आयोन बढी हुने हुनाले युरिया बढी प्रयोग भएको ठाउँमा अम्लीयपन बढ्दै जान्छ । यसलाई न्यूनीकरण गर्न क्याल्सियम (कृषि चुन) को प्रयोग गर्नुपर्ने हुन्छ तर यसको प्रयोग नहुँदा माटोको अवस्था दिनदिनै बिग्रँदै गइरहेको छ ।

सुनसरीमा अहिले मलको अभाव नभएको सूचना अधिकारी राम काफ्लेले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले कृषि सामग्रीमा युरिया ४१८.६००, डिएपी एक हजार छ सय र पोटास १३.१०० मेट्रिक टन रासायनिक मल मौज्दात छ । मलको अभाव छैन ।” जिल्लामा ४८ हजार नौ हेक्टर क्षेत्रफलमा खेती हुँदै आएको छ ।

Share11Tweet7SendScan
Previous Post

मोरङको सुनवर्सी स्थित केचना बजारमा प्रहरी चौकी स्थापना

Next Post

सुनसरीको कोशी गाउँपालिकाका मलाहालाई ३१ हजार सहयोग

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
सुनसरीको कोशी गाउँपालिकाका मलाहालाई ३१ हजार सहयोग

सुनसरीको कोशी गाउँपालिकाका मलाहालाई ३१ हजार सहयोग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, बैशाख १९, २०८३
Sat, May 2, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In