Friday, June 13, 2025
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

सुनसरीमा वार्षिक बाह्र हजार मेट्रिक टन रासायनिक मल प्रयोग

सुनसरी अनलाइन by सुनसरी अनलाइन
साउन १०, २०८१
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
सुनसरीमा वार्षिक बाह्र हजार मेट्रिक टन रासायनिक मल प्रयोग
24
SHARES
Share on FacebookShare on Twitter

वराहक्षेत्र । सुनसरीमा पछिल्लो समय रासायनिक मलको प्रयोग अत्यधिक मात्रामा हुने गरेको छ । कृषिका लागि उर्वर मानिने सुनसरीमा वार्षिक १२ हजार ४५९.६०० मेट्रिक टन रासायनिक मलको प्रयोग हुँदै आएको छ । जिल्लामा गत वर्ष १० हजार पाँच सय मेट्रिक टन रासायनिक मलको प्रयोग भएको कृषि सामग्री कम्पनी इटहरीले जनाएको छ ।

रासायनिक मलको प्रयोग कम गरे बाली नै नफस्टाउने र कम फल्ने हुँदा रासायनिक मलको प्रयोग दिनप्रतिदिन बढाउनु परेको किसानको भनाइ छ । प्रकाशपुरका कृषक सीताराम चन्द्रवंशी भन्नुहुन्छ, “रासायनिक मलबिना खेती राम्रो नहुने हुँदा बर्सेनि मलको मात्रा बढाउनु परेको छ ।” उहाँले दुई बिघा खेतमा वार्षिक छ बोरा डिएपी, छ बोरा युरिया र तीन बोरा पोटास प्रयोग गर्दै आएको बताउनुभयो ।

कृषि सामग्री कम्पनी लिमिटेड इटहरी शाखाका सूचना अधिकारी राम काफ्लेका अनुसार आर्थिक वर्ष २०८०/८१ मा युरिया मल आठ हजार पाँच सय, डिएपी पाँच हजार, पोटास पाँच सय र कृषि चुन २३१ मेट्रिक टनको वार्षिक लक्ष्य राखिएकोमा युरिया मल सात हजार १४१.०५० मेट्रिक टन, डिएपी ४८७७.१५० मेट्रिक टन, पोटास ४४१.४ र कृषि चुन २१० मेट्रिक टन बिक्री भएको काफ्लेले जानकारी दिनुभयो ।

जिल्लामा डिलर लिएका १३१ वटा कृषि सहकारी संस्थाले रासायनिक मल लगेर बिक्री गर्ने गरेको कार्यालयले जनाएको छ । सहकारीबाहेक कृषि अनुसन्धान केन्द्र तरहरा, बिउबिजन अनुसन्धान केन्द्र झुम्का, जुट अनुसन्धान केन्द्र इटहरीले पनि रासायनिक मल लैजाने गरेको सूचना अधिकारी काफ्लेले बताउनुभयो ।

किसानले मलको मात्रा नमिलाई प्रयोग गर्दा माटोको अम्लीयपन बढ्दै जाने र माटोको उर्वराशक्ति कम हुँदै जाने भए पनि किसानले बढी मलको प्रयोग गर्ने गरेका छन् ।

युरिया र डिएपीको मात्रा बढी लगाउने, पोटासको मात्रा कम लगाउँदा माटोमा प्रमुख खाद्य तìवको मात्रा नमिल्दा माटोको उर्वराशक्ति घट्ने र मल बढी लाग्ने कृषि विज्ञको भनाइ छ ।

किसानले रासायनिक मलको मात्रा बढाउँदै जाने र कम्पोस्ट मल हाल्नै छाडेपछि माटोको सन्तुलन बिग्रँदै गएको कृषि अनुसन्धानालय कोशी प्रदेश तरहराका बाली विज्ञान प्राविधिक अधिकृत विनोद यादव बताउनुहुन्छ ।

गाउँमा गाईवस्तु पाल्नै छाडेपछि कम्पोस्ट मलको प्रचलन हराउँदै गएर खेतबारी रुखो हुँदै गएको छ । युरिया मलमा हाइड्रोजन आयोन बढी हुने हुनाले युरिया बढी प्रयोग भएको ठाउँमा अम्लीयपन बढ्दै जान्छ । यसलाई न्यूनीकरण गर्न क्याल्सियम (कृषि चुन) को प्रयोग गर्नुपर्ने हुन्छ तर यसको प्रयोग नहुँदा माटोको अवस्था दिनदिनै बिग्रँदै गइरहेको छ ।

सुनसरीमा अहिले मलको अभाव नभएको सूचना अधिकारी राम काफ्लेले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले कृषि सामग्रीमा युरिया ४१८.६००, डिएपी एक हजार छ सय र पोटास १३.१०० मेट्रिक टन रासायनिक मल मौज्दात छ । मलको अभाव छैन ।” जिल्लामा ४८ हजार नौ हेक्टर क्षेत्रफलमा खेती हुँदै आएको छ ।

Share10Tweet6SendScan
Previous Post

मोरङको सुनवर्सी स्थित केचना बजारमा प्रहरी चौकी स्थापना

Next Post

सुनसरीको कोशी गाउँपालिकाका मलाहालाई ३१ हजार सहयोग

Related Posts

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 
FEATURE

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 

by सुनसरी अनलाइन
माघ १९, २०८१
0

बाबुराम मुडियारी मोरङ । मोरङको ग्रामथान गाउँपालिका वडा नं २ झोराहाट स्थित श्री सरस्वती नमुना माध्यमिक विद्यालयको ६७ औं वार्षिकोत्सव...

FEATURE

रेडियो नेपालकर्मी  मुडियारीलाई  लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कार प्रदान

by सुनसरी अनलाइन
माघ ११, २०८१
0

विराटनगर । प्रेस सेन्टर नेपालको पाँचौ मोरङ जिल्ला सम्मेलनका अवसरमा शहीद लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कारबाट पत्रकार बाबुराम मुडियारी...

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

मंसिर २५, २०८१
मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मंसिर १९, २०८१
सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

कार्तिक २४, २०८१
लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

कार्तिक २४, २०८१
Next Post
सुनसरीको कोशी गाउँपालिकाका मलाहालाई ३१ हजार सहयोग

सुनसरीको कोशी गाउँपालिकाका मलाहालाई ३१ हजार सहयोग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 
FEATURE

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 

by सुनसरी अनलाइन
माघ १९, २०८१
0

बाबुराम मुडियारी मोरङ । मोरङको ग्रामथान गाउँपालिका वडा नं २ झोराहाट स्थित श्री सरस्वती नमुना माध्यमिक विद्यालयको ६७ औं वार्षिकोत्सव...

रेडियो नेपालकर्मी  मुडियारीलाई  लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कार प्रदान

माघ ११, २०८१
नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

मंसिर २५, २०८१
मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मंसिर १९, २०८१
सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

कार्तिक २४, २०८१
लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

कार्तिक २४, २०८१
भौतिक पूर्वाधार क्षेत्रको विकासले गति लिँदै : मन्त्री राजवंशी

भौतिक पूर्वाधार क्षेत्रको विकासले गति लिँदै : मन्त्री राजवंशी

कार्तिक ७, २०८१
दोषीलाई कारवाहीको माग गर्दै प्रजिअलाई राजनीतिकदलको ज्ञापनपत्र

दोषीलाई कारवाहीको माग गर्दै प्रजिअलाई राजनीतिकदलको ज्ञापनपत्र

कार्तिक ४, २०८१
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बिहि, जेष्ठ ३०, २०८२
Thu, June 12, 2025
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In