सुनसरी । हेल्प मधेशी मलेशियाका संस्थापक अध्यक्ष दिपक कुमार मण्डलले आफ्नो जन्मदिनको अवसरमा एक पीडितलाई सहयोग गरेका छन्।
हेल्प मधेशी मलेशियाबाट नेपाली रुपैया २१ हज़ार र हेल्प मधेशी मलेशियाको अध्यक्षद्वारा १० हज़ार गरी जम्मा ३१ हजार रुपैयाँ सहयोग गरेका हुन्।
सुनसरीकाे कोशी गाउँपालिका वडा नं-७ हरिपुर घर भएका स्थानिय ब्रहमदेब मलाहाका छोरा नेवलाल मलाहालाई ३१ हजार रुपैया सहयोग गरिएको सो संस्थाले जनाएको छ ।
बिगत केही बर्ष अघि आफ्नो घर परिवार धान्नका लागि वैदेशिक रोजगारीका लागि नेवलाल मलाहा मलेसिया पुगेका थिए । रोजगारीको शिल शिलामा मलेसिया पुगेका मलाहालाई कोरोना भाइरसबाट अछुतो रहन सकेनन् । मलाहालाई कोरोना भाइरसको भ्याक्सिनले ग्रसित बनाएपछि कम्पनीले मुलुक पठाईएको थियो । मलाहा अहिले कष्टकर जीवन बिताईरहेको छ ।
सो कुरा थाहा पाएर उहाँलाई सहयोग गर्नको लागि प्रिती कम्निकेशनको संचालक तथा एमबुलेन्स चालक नारायण ठाकुरले हेल्प मधेशी मलेशियाको संस्थापक अध्यक्ष मण्डललाई अनुरोध पश्चात पीडितलाई ३१ हजार सहयोग गरेका छन।
स्थानिय समाजसेवी युवा नेता रामचन्द्र महतो, नारायण ठाकुर, अभा मंडल र हृदय मण्डल लगायतको उपस्थितीमा पीडित मलाहालाई घरमै पुगेर सो रकम हस्तान्तरण गरेका थिए ।