Saturday, May 2, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

इनरुवा नगरपालिकाको सार्वजनिक सुनुवाई तथा बार्षिक समिक्षा सम्पन्न

सुनसरी अनलाइन by सुनसरी अनलाइन
साउन १३, २०८१
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
इनरुवा नगरपालिकाको सार्वजनिक सुनुवाई तथा बार्षिक समिक्षा सम्पन्न
33
SHARES
Share on FacebookShare on Twitter

जयकृष्ण यादव
इनरुवा। सुनसरीको सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकाले आफ्नो नागरिकसंगको सुझाव, प्रतिकृया लिन र आफ्नो प्रगति विवरण प्रस्तुत गर्दै सार्वजनिक सुनुवाई तथा बार्षिक समिक्षा कार्यक्रम सम्पन्न गरेको छ ।

इनरुवा नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ को सार्वजनिक सुनुवाई तथा बार्षिक समिक्षा कार्यक्रम मार्फत आम्दानी, खर्च तथा आर्थिक कारोबारको अधावधिक विवरण सार्वजनिक गरेको हो ।

नगरपालिकामा वर्षभरि सञ्चालन भएका योजना तथा कार्यक्रम र आयव्ययको सार्वजनिक सुनुवाइ गरेको हो । नगरपालिकाले आव २०८०/८१ मा ल्याएको अनुमानित बजेट र कुल बजेटको खर्च भएको अवस्था तथा चालुतर्फको खर्च । पुँजीगततर्फ खर्च केक कती भएको छ भन्ने कुरा वार्षिक सार्वजनिक सुनुवाइमा प्रस्तुत गरिएको छ ।

प्रस्तुतत विवरण अनुसार चालु तर्फ ५५ करोड ८० लाख ४२ हजार ५७७ रुपियाँ ०६ पैसा बजेटमा ४९ करोड ८४ लाख ३६ हजार २४६ रुपियाँ ८८ पैसा खर्च भएको प्रतिशतमा ८९ दशमलव ३२ प्रतिशत खर्च भएको छ ।

यस्तै नगरपालिकाले पुजींगत २८ करोड १६ लाख ९० हजार ७१४ रुपियाँ ६१ पैसा बजेट मध्ये १९ करोड १३ लाख ८६ हजार ७९० रुपियाँ ४६ पैसा अर्थात ६७ दशमलव ९४ प्रतिशत खर्च भएको छ ।

कसल बजेटको ८२ दशमलव १४ प्रतिशत खर्च प्रगती विवरण प्रमुख प्रशासकिय अधिकृत डिल्लीराज निरौलाले गर्नुभएको थियो । निरौलाले राजस्व सङ्कलनको अवस्था, नगरपालिकाका सबै शाखा प्रमुखले तयार गरेको वार्षिक प्रतिवेदन सुनाउनुभएको थियो । उठेका विभिन्न विषयमा सवाल जवाफ गरीएको थियो ।

नगरपालिकाले सार्वजनिक सुनुवाइ गर्नु महत्त्वपूर्ण रहेकोले झण्डै दुई सय सरोकारबालाहरुको बीचमा भव्यताका साथ सुनुवाई गरिएको नगर प्रमुख केदार भण्डारीले बताउनुभयो ।

सार्वजनिक सुनुवाइमा नगरका सर्वधारण सेवाग्राही, नागरिक, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, नागरिक समाज, संचारकर्मी समेतको उपस्थिती रहेको थियो । नगरपालिकाको बजेट तथा सेवा प्रवाहका विषयमा प्रश्नोतर तथा सुझाव र प्रतिकृया राखेको थियो ।

साझेदारी नेपालको सहजीकरणमा इनरुवा नगरपालिकाको आर्थिक वर्ष २०८०।०८१ को सार्वजनिक सुनवाई तथा वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको भण्डारीले बताउनुभयो ।

सम्पन्न भएको कार्यक्रममा ३० भन्दा बढी सरोकारवालाहरूले प्रत्यक्ष प्रश्न तथा सुझाव राखेका छन् । इनरुवा नगरपालिकाले आर्थिक वर्ष ०८०।०८१ मा सम्पन्न गरेका काम, योजना, नीति तथा कार्यक्रमहरूको समीक्षा समेत गरिएको जनाएको छ ।

कार्यक्रममा सरोकारवालाहरूले इनरुवा नगरपालिकाको विकासको कामप्रति सन्तुष्टि जनाएको भएपनि गुणस्तरीयतामा भने प्रश्न उठाएको छ ।

इनरुवा नगरपालिका सुनसरीको सदरमुकाम भएकोले यसमा विकास, सुशासन र पारदर्शितामा जोड दिएका छन् । नगरपालिकाको काम तथा गतिविधिप्रति नागरिक समाजको तर्फबाट सरोकारवालाहरूले प्रश्न उठाएका थिए ।

प्रश्न राख्दै इनरुवा ५ का श्यामहरी भट्टराईले इनरुवाको विकासमा सेटिङ भएको आरोप लगाउनुभयो । उहाँले आफूहरूको वडाको सडकको स्तर उन्नति गर्ने , सडक विस्तार गर्ने र कालोपत्रे गर्ने काममा समेत अनियमितता रहेको प्रश्न गर्नुभएको थियो ।

त्यसैगरी नगर क्षेत्रको शैक्षिक सुधारका लागि नगरपालिकाले ठोस योजना नबनाएकोले चिन्ता व्यक्त गर्नुभयो । शैक्षिक सुधारका लागि शिक्षकहरुकोे आन्तरिक सरुवा आवश्यक रहेकोमा समेत जोड दिनुभएको थियो ।

केही काम हुँदा समेत सन्तोषजनक नभएको र कतै कामै नभएको उहाँको गुनासो थियो। त्यसैगरी नगरपालिकाले सञ्चालन गरेको कार्यक्रमहरू र अनुदानमा समेत पारदर्शिता नभएको गुनासो गर्नुभयो ।

नगरपालिकाको तेलको कुपन समेत अनाधिकृत रुपमा पहुँचका आधारमा वितरण गरेकाले नागरिकहरूबाट कर उठाउने तर तेल भने पहुँचवाला र पार्टीका नेता कार्यकर्ताहरुलाई बाँड्ने प्रवृत्ति हावी रहेकोले त्यसमा सुधार गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

नगरपालिकामा मिसनभन्दा कमिसन हावी भएकोले यसमा सुधार गर्नुपर्ने स्थानीय रञ्जित मलाकारले सुझाव दिनुभयो । त्यसैगरी राजकुमार साहुले समेत आफूहरूको वडाको सडक, इनरुवा ७ को सीताघाट र सडकबत्ती निर्माणमा समेत नगरपालिका चुकेको गुनासो गर्नुभयो ।

इनरुवा ४ का राजेश मेहेताले विकासमा पारदर्शिता नभएको आरोप लगाउनुभयो । उहाँले विकासमा पारदर्शिता नभएसम्म नागरिकहरूले सुशासनको अनुभूति गर्न नपाउने बताउनुभयो ।

इनरुवा ६ का शिवबहादुर बस्नेतले आफूहरूको काममा नगरपालिकाले खासै चासो नदिएको आरोप लगाउनुभयो । अर्का सहभागी रामचन्द्र पौद्धारले नगरपालिका क्षेत्रभित्र भइरहेको तर नगरको काममा विगतका राम्रा कामहरुलाई निरन्तरता दिनुपर्नेमा अर्कै काम गर्ने र पहुँचको आधारमा काम गर्दा विकासको अनुभूति गर्न नागरिकले नपाएको गुनासो गर्नुभयो ।

त्यसैगरी स्थानीय नागरिक समाजका अगुवा तथा राजनीतिकर्मी सीताराम पौद्धारले ज्येष्ठ नागरिकहरूको सम्मान गर्नुपर्ने र जेष्ठ नागरिकहरूलाई घरमै समाजिक सुरक्षा भत्ताको व्यवस्था मिलाउनुपर्नेमा जोड दिनुभयो ।
त्यसैगरी उहाँले नागरिकसँग जनप्रतिनिधि कार्यक्रम गर्नुपर्ने सुझाव दिनुभयो । त्यसैगरी कार्यक्रममा दीपक कार्कीले पहुँचको आधारमा विकास नभई सबैको माग र आवश्यकताका आधारमा विकास गर्नुपर्ने सुझाव दिनुभयो ।

अर्का सहभागी श्याम खतिवडाले विकासको नाममा भइरहेको कमिसन तन्त्रलाई अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । त्यसैगरी पेसल खतिवडाले समेत आफूहरूको माग मुद्दालाई सम्बोधन गर्नका लागि नगरपालिकाले अहिलेसम्म गरेको कामहरु सरानीय भएपनि थप प्रभावकारीता र गुणस्तरियतामा ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।

त्यसैगरी मोहन कुमार खतिवडाले नगरपालिकाको विकासमा नागरिकको सहभागिता समेत अनिवार्य रहेको बताउनुभयो । अर्का स्थानीय रुपेश यादवले जनतासँग कर उठाउने तर जनतालाई सेवा नदिने, नगरपालिकाको प्रवृत्ति हेर्दा आफूहरुलाई दुःख लागेको बताउनुभयो । उहाँले जन्मदेखि मृत्युसम्म करैकर उठाउने तर जनतालाई अनुभूत र करबाट विकासको अनुभूत गराउन नपाएको गुनासो गर्नुभयो।

अर्का स्थानीय जीवन भट्टराईले समेत विकासमा ध्यान नदिँदा नागरिकहरु अन्योलमा परेको आरोप लगाउनु भयो । त्यसैगरी अपनस्वर्ग नेपालका अध्यक्ष झोटन मेहताले आफूहरूसँग गरेको वाचा नगरपालिकाले पूरा नगरेको दाबी गर्नुभयो । उहाँले कलाकारहरूको माग मुद्दालाई सम्बोधन गर्नका लागि विद्यालयहरुमा कला संस्कृति कक्षा सञ्चालन गर्नुपर्ने र शिक्षामा समेत कलालाई राख्न प्राथमिकताका साथ ध्यान दिनुपर्ने बताउनुभयो ।

त्यसैगरी धनराज भट्टराईले कर्मचारीहरुमा नैतिक आचरण सुधार हुन जरुरी रहेको बताउनुभयो । उहाँले अडिटरहरूको योग्यता माथि प्रश्न उठाउनुहुँदै अडिटरहरूलाई नगरपालिकाले कामको वातावरण दिनुपर्ने बताउनुभयो ।स्वास्थ्यकर्मी प्रेमलाल ठाकुरले नगरपालिकामा भएको विकासमा पारदर्शिता नरहेकोले पारदर्शितातर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भेटेरनरीको लागि आएको बजेटमा व्यापक अनिमित्तता रहेको आरोप लगाउनुभयो । त्यसैगरी केशरी अधिकारीले नगर प्रमुखले बोलेको कुरा व्यवहारमा एउटै नउतारी दिँदा समस्या भएको दाबी गर्नुभयो ।

जनता मावि मधेसका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमलबहादुर कार्कीले शिक्षामा नगरपालिकाले खासै चासो नदिएको आरोप लगाउनुभयो । उहाँले विद्यार्थीहरूलाई शैक्षिक गुणस्तर कायम गर्नका लागि विधार्थी नियमिता पार्न अभिभावका लागि रोगारका कार्यक्रम ल्याउनुपर्ने, शिक्षक र व्यवस्थापन पक्षमा पनि सुधार गर्नुपर्ने तथा दिवा खाजाको लागि थप रकमको व्यवस्था गर्नुपर्ने सुझाव दिनुभयो ।

त्यसैगरी स्थानीय दिलकुमारी राईले नगरपालिका क्षेत्रमा भएको गतिविधिमा जनप्रतिनिधि नै बेइमान भएपछि आफूहरुलाई समस्या भएको गुनासो गर्नुभयो । आफ्नो होटलमा खाने तर पैसा नतिर्ने प्रवृत्तिका कारण यो नगर क्षेत्रका जनप्रतिनिधिकाका कारणले प्रायः सबै बदनाम भएको आरोप लगाउनुभयो ।

त्यसैगरी पूर्व प्रधानाध्यापक सत्यनारायण मेहताले शैक्षिक क्षेत्र सुधारको लागि शिक्षकहरूको आन्तरिक सरुवा हुनुपर्ने , दरबन्दी मिलान गर्नुपर्ने, खाजाको रकम वृद्धि गर्नुपर्ने, विद्यालयमा नियमित अनुगमन गर्नुपर्ने , भौतिक पूर्वाधारमा समेत ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।

त्यसैगरी देवकोटा आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष राकेश निरौलाले विद्यालयहरूमा भइरहेको अनियमितताप्रति चासो दिँदै अनुगमन बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले विद्यालय क्षेत्रमा भइरहेको भ्रष्टाचार अनिमितता र शिक्षकहरूको कमजोरीका कारणले गर्दा शैक्षिक गुणस्तरमा असर परेकोले त्यसमा ध्यान दिनका लागि आग्रह गर्नुभयो ।

त्यसैगरी राष्ट्रिय खेलाडी सरोज बस्नेतले आफूहरू खेलकुदका लागि जति नै माग राखे पनि नगरपालिकाले वास्ता नगरेको गुनासो गर्नुभयो । उहाँले इनरुवा नगरपालिका क्षेत्रमा रात्रीकालीन क्रिकेट प्रतियोगिता र विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता सम्पन्न भएकाले इनरुवा खेलमैदानलाई व्यवस्थित बनाउनका लागि आग्रह गर्नुभयो।

नगर क्षेत्रको गहनाको रुपमा रहेका राष्ट्रिय खेलाडीहरुलाई सम्मान गर्नुपर्ने र खेलकुदको विकास गर्नुपर्नेमा नगरपालिकाको ध्यानकर्षण गराउनुभयो ।
उहाँले खेलकुदका लागि युवाहरूलाई समेत परिचालन गर्नुपर्ने र नगर खेलकुद विकास समिति समेत गठन गर्नुपर्ने बताउनुभयो । कलाकार प्रकाश अनुराग्रे नगर क्षेत्रमा कलाकारहरूलाई पहिचान नगरेकोले आफूहरू दुःखित भएको बताउनुभयो ।

उहाँले त्यसका लागि नगरपालिकाले कलाकारहरूको पहिचान गरेर कलाको संरक्षण गर्नुपर्ने र भएका कलाकारहरूको सम्मान समेत गर्नुपर्नेमा जोड दिनुभयो । त्यसैगरी रन्जित मालाकारले सुशासनको पक्षमा चासो दिँदै दिगो विकास गर्नका लागि आग्रह गर्नुभयो । इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीको अध्यक्षतामा सार्वजनिक सुनवाई तथा समीक्षा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा पत्रकार जयकृष्ण यादवले सहजिकरण गर्नुभएको थियो भने सत्य संसार साप्ताहिक पेज र होल्लो इनरुवा नगरपालिका पेजबाट लाइभ भएको थियो ।

Share13Tweet8SendScan
Previous Post

मकै खेती क्षेत्रफल विस्तार कार्यक्रम अन्तर्गत  किसानलाई अनुदान रकम वितरण

Next Post

इनरुवामा गुरुदक्षिणा समर्पण उत्सव कार्यक्रम

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
इनरुवामा गुरुदक्षिणा समर्पण उत्सव कार्यक्रम

इनरुवामा गुरुदक्षिणा समर्पण उत्सव कार्यक्रम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शुक्र, बैशाख १८, २०८३
Fri, May 1, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In