बाबुराम मुडियारी
मोरङ/ रंगेली नगरपालिका-२ दौलतपुरको आयोजनामा एक दिने नि : शुल्क आँखा शिबिर हिजो मंगलबार सम्पन्न भएको छ ।
सो आखाँ शिविरमा १ सय ३० जनाले आखाँ जाँच तथा परिक्षण गराएको थियो । शिविरमा २० जनामा मोतिया बिन्दु फेला परेको आयोजकले जनाएको छ ।
राम लाल गोल्छा आखाँ अस्पताल विराटनगरको प्राविधिक सहयोगमा शिविर संञ्चालन गरिएको रंगेली नगरपालिका वडा नं २ का वडा अध्यक्ष सन्तलाल खवासले जानकारी दिनुभयो ।
आँखा शिविरमा फेला परेको २० जन मोतिया बिन्दुका बिरामीलाई नि:शुल्क शल्यक्रिया गरिएको वडा अध्यक्ष खवासले जानकारी दिनुभयो ।
शिविरमा आँखा सम्बन्धी सम्पूर्ण स्वास्थ्य परीक्षण, परामर्श, र आवश्यक औषधि वितरण गरिएको थियो।
रङ्गेली वडा नम्बर २ को कार्यालयले नि : शुल्क आखाँ शिविर संञ्चालन गरिएकोले रंगेलीका स्थानीयहरूको आखाँ जाँच तथा परिक्षण गरी स्वास्थ्य अवस्थामा सुधार ल्याउने अपेक्षा गरिएको छ। वडा कार्यालयले स्वास्थ्य शिविरहरू संञ्चालन गदै आइरहेको छ।