इनरुवा। सुनसरी सदरमुकाम इनरुवा-४ बस चौकमा बुधबार साँझ सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भोक्राहा नरसिंह गाउँपालिका २ का रमानन्द मेहता रहेको सुनसरीका प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।
पूर्वबाट पश्चिम तर्फ जादै गरेको ना ३ ख १४५ नम्वरको ट्रकले को २२ प ४०८० नम्वरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार मेहताको घटना स्थलमै मृत्यु भएको हो ।
मेहता नोबेल अस्पताल विराटनगरबाट उपचार गरि घर फर्किएका थिए । मेहताको शव परिक्षणका लागि जिल्ला अस्पताल इनरुवामा राखिएको छ ।
ठक्कर दिने सवारी र चालक जिल्ला प्रहरी कार्यालय सुनसरीको नियन्त्रणमा रहेको छ ।