इनरुवा । सुनसरी धरान उपमहानगरपालिकामा खुकुरी प्रहारबाट एक जनाको मृत्यु र एक जना घाईते भएको २४ घण्टा नबित्दै इटहरीमा अर्को चार जना युवाले एक युवकलाई लखेटीलखेटी खुकुरी प्रहार गरेका छन् ।
बुधबार साझ एक युवकमाथि खुकुरी प्रहार भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
इटहरी६ स्थित सङगीत चौकबाट चारजना युवकले लखेटीलखेटी कुवेर चौकमा पुगेर खुकुरी प्रहार गरेको सुनसरीका प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।
बुधबार इटहरीमा भएको खुकुरी प्रहारबाट इटहरी १६ का अन्दाजी २१ वर्षीय प्रवेश बुढाथोकी घाईते भएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताउनुभयो ।
घाइते बुढाथोकीको हात र टाउँकोमा चोट लागेपछि स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घटनामा संलग्न पाँचजनालाई सुनसरी प्रहरीले नियन्त्रणमा लिएको छ । घटनामा सलग्न पाँचजनालाई विराटनगरको बरगाछीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न पूर्वतर्फ भागेको भन्ने प्रारम्भिक जानकारीको आधारमा खोजी तीव्र पारेको प्रहरीले जनाएको छ । घटना स्थलमा सिसी टिभी फुटेज हेरेर विभिन्न कोणबाट अनुसन्धान सुरू गरेकोमा पक्राउ परेका माध्यै कोको घटनामा संलग्न हुन् भन्नेबारे अनुसन्धानबाट खुल्ने प्रहरीको भनाई रहेको छ ।
इलाका प्रहरी कार्यालय इटहरी, सिभिलमा खटिएका प्रहरी र अनुसन्धानका प्रहरी सहित कोशी प्रदेश प्रहरी कार्यालयसँगको सहकार्यमा घटनामा संलग्नको खोजी गरिएको थियो ।
प्रहरीले पक्राउ परेकाको पहिचान तत्काल गोप्य राखेको छ । प्रारम्भिक अनुसन्धानपछि घटनामा संलग्नलाई कर्तव्य ज्यान मुद्दामा म्याद थप गरिने प्रहरीको तयारी छ ।
बिहीबार जिल्ला अदालत सुनसरीबाट कर्तव्य ज्यान मुद्दामा म्याद थप गरेपछि घटनामा संलग्नलाई सार्वजनिक गर्ने इटहरी प्रहरीले जनाएको छ ।