इनरुवा । जिल्ला अदालत सुनसरीमा कार्यरत पाँच जना कर्मचारी सम्मानित भएका छन् ।
निजामती सेवा दिवस २०८१ को अवसरमा अदालतमा कार्यरत पाँच जना कर्मचारी सम्मानित भएका हुन् ।
जिल्ला अदालत सुनसरीमा इजलास अधिकृतमा कार्यरत अरुणकुमार मेहता सहित पाँच जना कर्मचारी सम्मानित हुनुभएको हो ।
कार्यालयले उत्कृष्ट कर्मचारी पुरस्कार सहित सम्मान पत्र र दौसल्ला ओढाएर सम्मान गरेको हो ।