सुकदेब चौधरी
इनरुवा । बाल दिवसको अवसरमा सुनसरीमा पहिलो पल्ट मौन कलाकारीताबाट विश्वलाई हसाउने चारली च्यापलीनको अभिनय देख्न पाइने भएको छ ।
चारली च्यापलीनको अभियन गरेर विश्व रेकर्ड बनाएका बलिउड कलाकार राजन कुमारले आगामी भदौं २९ गते सुनसरीको हरिनगर गाउँपालिकामा आफ्नो प्रस्तुती देखाउने भएको हो ।
कोशी किशोरा समूह, रामनगर भुटाहाले बाल दिवसको अवसरमा आयोजित कार्यक्रममा चारली च्यापलीन २ अर्थात गिनिज बुक अफ द वल्र्ड रेकर्ड समेत बनाएका राजन कुमारले आफ्नो प्रस्तुती देखाउने कार्यक्रमका संयोजक तबरेज आलम अंसारीले जानकारी दिनुभयो ।
उक्त बाल दिबस कार्यक्रमको प्रमुख अतिथिको रुपमा हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीको हुनेछ भने किशोरा समूहकी अध्यक्ष सना प्रविणको अध्यक्षता रहने र सो कार्यक्रम बालकृष्ण मावि रामनगरभुटाहाको खैल मैदानमा हुने आयोजनकले जानकारी गराएको छ ।
चारली च्यापलीन २ को भुमिका प्रस्तुत गरिने भारतिय कलाकार राजन कुमारले गिनिज वल्र्ड रकर्डको आलाबा बलिवुडमा समेत एक दर्जन बढि फिल्स खेलिसकेका छन् ।
वहाँले विश्वभरमा चारलीको क्यारक्टरमा करिब ६ हजार बढी कार्यक्रममा सहभागी समेत भईसकेको जनाइएको छ । भारत मुगैर घर भएका राजन कुमारलाई चारली च्यापलीन बन्न करिब ३ घण्टा लाग्छ ।
चारली कै अभिनयमा चारली २ ले पनि विश्वलाई मौन कलाबाट हसाउने प्रयत्न गर्ने गरेका छन् । सामान्य परिवारमा जन्मेका राजन कुमार आफू भित्र जति सुकै पिडा भएपनि अरुलाई आफ्नो कलाको माध्यमले हसाउँन पाउदा गर्व महसुस हुने गरेको बताउछन् ।
४५ वर्षिय राजन कुमार शालिन, सरल व्यक्ति हुन् भने नमस्ते बिहार लगायत एक दर्जन फिल्ममा समेत अभिनय गरिसकेका छन् ।