Sunday, September 27, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

संविधान कार्यान्वनमा सबै इमान्दार हुन आवश्यक : मन्त्री मण्डल

सुनसरी अनलाइन by सुनसरी अनलाइन
अशोज ३, २०८१
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
संविधान कार्यान्वनमा सबै इमान्दार हुन आवश्यक : मन्त्री मण्डल
42
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । कोसी प्रदेशका पर्यटन, वन तथा वतावरण मन्त्री सदानन्द मण्डलले संविधान कार्यान्वनमा सबै पक्ष इमान्दार हुन आवश्यक रहेको बताउनुभएको छ ।

संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८१ को अवसरमा बिहिवार सुनसरी सदरमुकाम इनरुवामा आयोजना गरिएको प्रभातफेरी कार्यक्रमलाई सम्बोधन गर्नुहुदै मन्त्री मण्डलले सो कुरा बताउनुभएको हो ।

संविधान निर्माण भएको हिसाबले राम्रो उत्कृष्ट भएपनि त्यसको पूर्ण कार्यान्वयनमा समस्या देखिएकाले कार्यान्वयन गर्न सबै इमान्दार हुन जरुरी रहेको मन्त्री मण्डलले उल्लेख गर्नुभयो ।

उहाँले संविधानमा भएका प्रावधान, संविधानलाई टेकेर बनेका कानुनको पूर्ण कार्यान्वयन गर्न आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति सुनसरीका प्रमुख एवम् जिल्ला समारोह समितिका अध्यक्ष राजन मेहताले संविधान सभाबाट पारित भई नेपालमा लोकतान्त्रिक गणतन्त्र सुदृढीकरणको जग तयार भएको नौ वर्ष पूरा हुँदा समेत सबैले अपनत्व ग्रहण गर्न नसकेकाले संशोधन सहित सबैको माग र मुद्दा सम्बोधन गरी अगाडि बढ्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा इनरुवा नगर प्रमुख केदार भण्डारीले संविधानले सात प्रदेशमा आधारित सङ्घीय शासन व्यवस्थाको प्रबन्ध गरेको र सबैको समानुपातिक सहभागीता सुनिश्चित गरेकाले त्यसको पूर्ण कार्यान्वयनमा समस्या देखिएको बताउनुभयो ।

गणतन्त्र, सङ्घीयता र समावेशीका तीन स्तम्भलाई यस संविधानले संरचनागत रूपमा स्वीकार गरेको बताउनुहुदै त्यसको कार्यान्वयन गरेको खण्डमा विश्वको उत्कृष्ट संविधान कुरामा मात्रै नभई व्यवहारमा पनि भन्न सकिने बताउनुभयो ।

जारी भएकै बखत यस संविधान प्रति केही असन्तुष्टिका स्वर निस्किएको उल्लेख गर्नुहुदै संविधानसभाका ९० प्रतिशतभन्दा बढी सभासदद्वारा पारित भएकाले सबैले रक्षा, संरक्षण र कार्यान्वयन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

संविधान जनताको अपनत्व कायम हुने आधार तयार भएपछि कार्यान्वयनमा लाग्नुपर्नेमा सहभागीको जोड रहेको थियो । दिवसको अवसरमा इनरुवामा प्रभातफेरी लगायतका विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ ।

दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय, भगवती मावि हुँदै नगरमा प्रभातफेरी गरी झण्डोतोलनको कार्यक्रम सम्पन्न गरेको हो । नेपालमा जनताद्वारा निर्वाचित संविधान सभाबाट निर्माण भई संविधान जारी भएको दिन २०७२ असोज ३ गतेको सम्झना गर्दै प्रत्येक वर्ष असोज ३ गते मनाउँदै आएको संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा बिहीबार यहाँ भव्य कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारी, प्रहरी उपरीक्षक विपिन रेग्मी, जिसस उप–प्रमुख कमला खतिवडा, इनरुवाका उपप्रमुख विनिताकुमारी मेहता, जिल्ला स्थित सबै सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधि, सरकारी कार्यालयका प्रमुख एवम् कर्मचारी, पत्रकार, उद्योग वाणिज्य सङ्घका प्रतिनीधि, नागरिक समाज, वडाध्यक्ष लगायत जनप्रतीनिधि तथा सरोकारवाल लगायतको सहभागीता रहेको थियो ।

कार्यक्रममा सहभगी सबैले हातमा नेपालको भण्डा बोकी इनरुवामा प्रभातफेरी गर्दै महानन्द पार्क प्राङ्गणमा सभामा परिणत भई सम्पन्न भएको थियो ।

Share17Tweet11SendScan
Previous Post

हरिनगरमा बाल दिवसको अवसरमा चारली च्याप्लीनको अभिनय देख्न पाइने

Next Post

जिल्ला अस्पताल इनरुवामा बस्दैन डाक्टर साह

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
जिल्ला अस्पताल इनरुवामा बस्दैन डाक्टर साह

जिल्ला अस्पताल इनरुवामा बस्दैन डाक्टर साह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, अशोज १०, २०८३
Sat, September 26, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In