सुनसरी । अगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि सुनसरी-४ मा उम्मेदवारी दिएका उम्मेदवारहरुलाई मतदाताहरुले जित र विदाईको पर्खाईमा छन् ।
सुनसरी निर्वाचन क्षेत्र नम्बर-४ मा नेपाली काङ्ग्रेसको तर्फबाट उम्मेदवार बन्नुभएको पुर्व नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा मन्त्री ज्ञानेन्द्र बहादुर कार्की निर्वाचनमा होमिएपछि मतदाताहरुमा उत्साह थपिएको छ ।
सुनसरी-४ मा तेस्रो पटक कार्की उम्मेदवार बनेपछि अहिले क्षेत्रमा बहस सुरुसङ्गै मतदाताहरुले नयाँ अनुहार कि पुरानै अनुहारलाई मतदान गर्ने बिषय अहिले चर्चा रहेका छन् । हुन त कार्की दुई पटक निर्वाचित भैसकेका छन् । अगामी फागुन २१ पछि कुन उम्मेदवारको जित हुने र कसको हार हुने कुरा अहिले मतदाताहरुले बहस चलाईरहेका छन् ।
सुनसरी-४ का मतदाताहरुले कसलाई विजयी बनाउने हो त्यो हेर्न वाकी नै छ । यस पटक निर्वाचनमा सबै उम्मेदवारहरुलाई चुनौती थपिएको छ । आ-आफ्ना उम्मेदवारलाई जिताउन चुनावी अभियान मार्फत प्रचारप्रसारलाई तिव्रता दिएको पनि पाइन्छ ।
२०७९ मा झिनो मतान्तरले पराजित हुनुभएका नेकपा एमालेको तर्फबाट उम्मेदवार बन्नुभएको जगदीश प्रसाद यादव पनि पुनः कार्कीसङ्ग चुनावी प्रतिस्पर्धामा उत्रिनु भएको छ ।
सुनसरी-४ मा विकास फड्को मारेको दाबी गर्दै आउनुभएका पुर्व मन्त्री कार्कीले गफ भन्दा पनि काम गरेर देखाएको हुँदा मतदाताहरुले आशीर्वाद दिइने कुरामा विश्वस्त रहनुभएको छ ।
नेपाली काङ्ग्रेसको संगठनको बलियो भएको र विकासका गतिविधिहरुलाई अगाडी बढाएको तथा विभिन्न योजनमा बजेट बिनियोजन गराउन भुमिका खेलेको हुँदा आफ्नो जित सुनिश्चित भएको कार्कीको भनाई छ ।












