इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्।
सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष स्थित अक्वा बर्ड रिसोर्टमा सम्पन्न महासंघको तेस्रो जिल्ला अधिवेशनबाट गड्ताैलालाई अध्यक्षमा चयन गरिएको हो।
अधिवेशनले १७ सदस्यीय नयाँ कार्यसमिति पनि गठन गरेको छ। उपाध्यक्षमा सनम तमाङ र साेहन श्रेष्ठ सचिवमा नसीम अन्सारी,सह-सचिवमा विक्रान्त श्रेष्ठ र कृष्ण श्रेष्ठ चयन भएका छन्।
त्यस्तै कोषाध्यक्षमा स्नेहा श्रेष्ठ र सह–कोषाध्यक्षमा शुक्रान्त राई चयन भएके छन्।
यसैगरी सदस्यहरूमा चन्द्रकला चाैधरी, हिरण कार्की, प्रतीक राई, विवेक श्रेष्ठ, प्रवेश कुमार लिम्बू, संगीता राई, रुपेश कुमार माेची, दिपेश याेञ्जन र राेहन थापा चयन भएका छन्।
नयाँ कार्यसमितिले आगामी कार्यकालमा फोटो पत्रकारिताको विकास, पत्रकारहरूको हकहित संरक्षण तथा पेशागत सुदृढीकरणमा सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ।
नेपाल फाेटाे पत्रकार महासंघका कार्यबाहक अध्यक्ष नवीन गड्ताैलाको अध्यक्षता तथा काेशी प्रदेशका उद्योग कृषि तथा सहकारी मन्त्री डा. इस्राइल मंसुरीको प्रमुख आतिथ्यतामा अधिवेशनको उद्घाटन गरिएको थियो।
कार्यक्रमको विशेषहरु अथिति काेशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारी, र हरिनगर गाउँपालिकाका अध्यक्ष हाजी गफार अन्सारी, अथितिहरु, नेपाल पत्रकार महासंघ सुनसरीका पुर्व अध्यक्षहरु, कृष्ण अधिकारी, अमर खड्का, जनकऋषी राई, वर्तमान अध्यक्ष संतोष काफ्ले, अग्रज पत्रकार सुविद गुरागाई लगायत विभिन्न व्यक्तिहरुकाे सहभागीता रहेको थियो ।
कार्यक्रममा सहभागीहरूले फोटो पत्रकारिताको महत्व झनै बढ्दै गइरहेको सन्दर्भमा यस क्षेत्रलाई अझ व्यवस्थित, मर्यादित र व्यवसायिक बनाउने आवश्यकता औँल्याएका थिए।
नवनिर्वाचित अध्यक्ष गड्ताैलाले फोटो पत्रकारहरूको क्षमता अभिवृद्धि, प्रविधिमैत्री पत्रकारिता र संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, उनले फोटो पत्रकारहरूको हकहित संरक्षणका लागि सरोकारवाला निकायसँग समन्वय गर्दै अघि बढ्ने बताएका हुन् ।











