Wednesday, October 14, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

रामधुनीमा सार्वजनिक सुनवाई सम्पन्न

सुनसरी अनलाइन by सुनसरी अनलाइन
पुस २९, २०७७
in समाचार, स्थानीय समाचार
रामधुनीमा सार्वजनिक सुनवाई सम्पन्न
41
SHARES
Share on FacebookShare on Twitter

झुम्का । सुनसरीको रामधुनी नगरपालिकामा प्रथम चौमासिक सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ ।

रामधुनी नगरपालिकाले चालु आर्थिक वर्षमा सञ्चालन गरेका योजना तथा सम्पन्न गरेका कार्यक्रमहरुको आय ब्यय विवरण सार्वजनिक गर्दै सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न गरेको हो ।

झुम्का एफएमको सहजीकरणमा नगरपालिकाको सबै विषयगत शाखा र उपशाखाले सञ्चालन गरेको योजना तथा कार्यक्रम तथा सम्पन्न गरेका आय ब्ययको विवरण प्रस्तुत गरी सार्वजनि सुनवाई कार्यक्रम सम्पन्न गरेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमकार न्यौपानेले जानकारी दिए ।

न्यौपानेका अनुसार चालु आर्थिक वर्षमा पहिलो चौमासिक सम्मको क्षेत्रगत विकासको समिक्षात्मक प्रतिवेदन प्रस्तुत गरिएको छ । सो प्रतिवेदन अनुसार चालुतर्फ २६ दशमलव शून्य नौ प्रतिशत र पुँजीगत तर्फ १० दशमलव १६ प्रतिशत खर्च गरिएको छ ।

नगरपालिकाको आर्थिक विकास तर्फ उधम विकासमा सातवटा योजनाहरु रहेकोमा तीनवटा क्रमागत रुपमा रहेको एउटा पाइपलाइनमा रहेको र तीनवटा सुरु हुन बाँकी रहेको छ । यस योजना अन्र्तगत बिनियोजित बजेट ३६ लाख ५९ हजार चार रुपैयाँ रहेकोमा हालसम्म दुई लाख २० हजार पाँचसय २० रुपैयाँ खर्च भई सात दशमलव १६ प्रतिशत प्रगति भएको छ ।

त्यसैगरी कृषि विकासतर्फ ६४ वटा योजना रहेकोमा १५ वटा सम्पन्न गरेको, पाँच वटा क्रमागत रुपमा रहेको, दुईवटा पाइप लाइनमा रहेको र ४२ वटा सुरु हुन बाँकी रहेको छ । यो कार्यक्रम अन्र्तगत कुल एक करोड ६२ लाख ७१ हजार रुपैयाँ बजेट बिनियोजन भएकोमा २२ लाख ४४ हजार आठसय रुपैयाँ खर्च भई १३ दशमलव ८० प्रतिशत प्रगति हासिल गरेको छ । जलस्रोत तथा सिचाई तर्फ ४ वटा योजना रहेकोमा चारवटै बाँकी रहेको छ ।

त्यसैगरी पर्यटनतर्फ २५ वटा योजना रहेकोमा चारवटा क्रमागत , एउटा पाइपलाइनमा र २२ वटा सुरु हुन बाँकी रहेको छ । यो शिर्षकतर्फ एक करोड ११ लाख ६० हजार बजेट बिनियोजन भएकोमा तीन लाख नौ हजार एकसय १५ रुपैयाँमात्रै खर्च गरी दुई दशमलव ७१ प्रतिशत प्रगति गरेको छ ।

त्यस्तै पशुपंक्षी विकासतर्फ १६ वटा योजना रहेकोमा पाँचवटा सम्पन्न गरेको, चारवटा क्रमागत योजनामा रहेको, एउटा पाइपलाइनमा रहेको र ६ वटा सुरु हुन बाँकी रहेको छ । यसमा आर्थिक विकासतर्फ सबैभन्दा बढी प्रगति ४९ दशमलव ४८ प्रतिशत रहेको छ । यसमा बिनियोजित २८ लाख ९० हजार बजेट मध्ये १४ लाख ३० हजार ३४ रुपैयाँ २९ पैसा खर्च भएको छ ।

सहकारीको लागि दुईवटा योजना रहेकोमा दुवै सुरु हुनबाँकी रहेको र त्यसका लागि दुई लाख रुपैयाँ बिनियोजन भएको सार्वजनिक सुनवाई कार्यक्रममा पालिकाका प्रमुख जयप्रकाश चौधरीले जानकारी दिए ।

नगर प्रमुख चौधरीका अनुसार आर्थिक विकासतर्फ कुल एक सय १८ वटा योजना रहेकोमा २० वट सम्पन्न भएको , १६ वट क्रमागत रुपमा रहेको, पाँचवटा पाइपलाईनमा रहेको, ७७ वटा सुरु हुन बाँकी रहेको छ । यसमा बिनियोजित तीन करोड ४९ लाख, ९० हजार चार रुपैयाँ मध्ये ४२ लाख ३९ हजार तीन सय चार रुपैयाँ २९ पैसा खर्च भई १२ दशमलव १२ प्रतिशत प्रगति भएको छ ।

नगरपालिकाको समग्र योजना कार्यक्रम अन्र्तगत एक हजार दुई सय ६५ योजना रहेकोमा ७८ वटा योजना सम्पन्न भएको, एक सय ६१ वटा क्रमागत रुपमा रहेको, चार सय पाँच वटा पाइपलाइनमा रहेको र ६ सय ८३ वटा सम्झौता भई सुरु हुन बाँकी रहेको पालिकाले जनाएको छ ।

सार्वजनिक सुनवाई कार्यक्रममा प्रस्तुत गरिएको प्रतिवेदन अनुसार ६४ करोड २९ लाख, ४१ हजार नौ सय ३९ बिनियोजित बजेट मध्ये हालसम्म १३ करोड ७६ लाख ६८ हजार नौ सय ९५ रुपैयाँ ७४ पैसा खर्च भई २१ दशमलव ४१ प्रतिशत प्रगति हासिल गरेको छ ।

सम्पन्न कार्यक्रममा नगरपालिकाकी उपप्रमुख सबिना चौधरी, वडाध्यक्षहरु महेश चौधरी, डेगराज फूयाँल, धनश्याम चौधरी, मनेश कुमार चौधरी, हेमनारायण राजधामी, केशव गौतम, रामनारायण चौधरी, लगायतका जनप्रतिनिधिहरुले उठेका सवालको जवाफ दिएका थिए ।

सार्वजनिक सुनवाईमा नेपाली कांग्रेसका नगर सचिव दिलबहादुर राई, नेकपाका नगर सचिव उत्तम पौडेल, सभे द अर्थका अध्यक्ष पुष्प भट्टराई, पत्रकार जयकृष्ण यादव लगायतका सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।

 

Share16Tweet10SendScan
Previous Post

निर्वाचानको लागि जुटन अपिल : कार्की

Next Post

हरिनगरमा सातौं गाउँसभा बैठक सम्पन्न

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
हरिनगरमा सातौं गाउँसभा बैठक सम्पन्न

हरिनगरमा सातौं गाउँसभा बैठक सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, अशोज २८, २०८३
Wed, October 14, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In