Tuesday, April 21, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

शिक्षा क्षेत्रमा एक वर्षभित्र नयाँ परिवर्तन : मेयर मेहता

सुनसरी अनलाइन by सुनसरी अनलाइन
माघ १०, २०७७
in FEATURE, फाेटाे फिचर, मुख्य खबर, समाचार, स्थानीय समाचार
शिक्षा क्षेत्रमा एक वर्षभित्र नयाँ परिवर्तन : मेयर मेहता
85
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । इनरुवा नगरपालिकाका प्रमुख राजन मेहताले इनरुवा क्षेत्रमा शैक्षिक क्षेत्रको नयाँ परिवर्तन अनुभूत हुने गरी काम थालेको बताएका छन् ।

शनिबार इनरुवामा स्थानीय विद्यार्थीहरुको मेयरसँग अन्तर्क्रिया कार्यक्रममा सम्बोधन गर्दै प्रमुख मेहताले विज्ञानशास्त्रमा कक्षा १२ सम्म पठनपाठनका लागि आफू प्रयासरत रहेको बताएका हुन् ।

इनरुवा नगर क्षेत्रमा विद्यार्थी ओसार्नका लागि इनरुवा बाहिरका २२ वटा बस आइरहेको तथ्यलाई मध्यनजर गरी इनरुवामै विज्ञानशास्त्रको पठनपाठनका लागि अगामी शैक्षिक सत्रबाट पढाइ हुने गरी कक्षा सञ्चालनको तयारीमा रहेको बताएका छन् ।

प्रमुख मेहताले इनरुवाका विद्यार्थीहरु नजिकै विज्ञान र प्राविधिक क्याम्पसहरु नहुँदा धरान, इटहरी, विराटनगर र काठमाडौँ जान बाध्य भएकाले उनीहरुलाई आफ्नै घरमा खाएर उच्च शिक्षा लिनका लागि सहज हुने गरी शिक्षामा परिर्वतनको प्रयासमा लागेको बताए ।

विद्यार्थीहरुसँग पहिलो पटक साक्षात्कार भएका प्रमुख मेहताले विद्यार्थीहरुको समस्या, सवाल, चाहना र आवश्यकतालाई बुझ्नका लागि आफूले अन्तर्क्रिया कार्यक्रम राखेको बताउँदै शैक्षिक क्षेत्रमा केही परिर्वतन भए पनि चाहेजस्तो नभएकाले त्यसमा निरन्तर लागिपरेको दावी गरे । विद्यार्थीहरुका प्रश्नका जवाफ दिँदै मेहताले विज्ञानशास्त्रमा विद्यार्थीमैत्री पठनपाठन र वातावरणका लागि आफू लागिपरेको बताए ।

उनले आफ्नो कार्यकालमा धेरै काम गर्ने सोच राखेको भए पनि सीमित स्रोतसाधनका बीच काम गर्नुपर्दा केही समस्या रहेको सुनाउँदै आफूले सकेजति काम गर्ने प्रतिबद्धता जनाए । अबको क्याम्पस प्रविधियुक्त, विज्ञान प्रयोगशालाले भरिपूर्ण, आधुनिक पोशाक र विद्यार्थीमैत्री, भौतिक पूर्वाधारसमेत हुनुपर्ने भएकाले आफू त्यसका लागि क्रियाशील भएर लागेको सुनाए ।

उनले विद्यार्थीहरुको खेलकुदप्रतिको प्रश्नमाथि जवाफ दिँदै देशभरि खेलकुदको माध्यमबाट इनरुवाको पहिचान स्थापित गराएको दाबी गरेँ । विद्यार्थी विराट आचार्यले खेलकुदको आयोजना भए पनि खेलाडी उत्पादन किन नभएको ? खेलाडीलाई खेलकुद सामग्री किन नदिएकोेलगायतका प्रश्न राखेकोमा नगर प्रमुख मेहताले पहिचानका लागि खेलकुदले योगदान गरेको र खेलाडी उत्पादन गर्ने कामसमेत नगरपालिकाले गर्न लागेको जवाफ दिए ।

विद्यार्थी क्षितिजा निरौलाले इनरुवा–६ मा भएको विकास निर्माण काममा गुणस्तरहीन सामग्री प्रयोग भएको र निर्माण भएको छ महिना नपुग्दै भत्किएको प्रश्न राखेकोमा प्रमुख मेहताले त्यसको अनुगमन आजको भोलि नै गर्ने र बिग्रिएको पाइए निर्माण कम्पनीलाई नै मर्मत वा पुनःनिर्माण गर्न लगाउने प्रतिबद्धता जनाए ।

मेहताले इनरुवा–६ मधेसा क्षेत्रमा संघीय प्रदेशसहित ८० करोडको योजना रहेकाले सबैको निगरानी जरुरी रहेको बताए । विद्यार्थीले निःशुल्क शिक्षाका लागि पहल गर्नुपर्ने र छात्रवृत्तिमा सहयोग हुनुपर्ने सुझाव राखेकोमा प्रमुख मेहताले आफू इनरुवाको विद्यार्थी अध्ययनरत रहेको इनरुवा बाहिरका सबै क्याम्पससँग समन्वय, छलफल र प्रस्तावको तयारीमा रहेको बताउँदै प्रत्येक क्याम्पसलाई कम्तिमा दुईजना इनरुवाको विद्यार्थीलाई पूर्ण छात्रवृत्तिमा पढाउनुपर्ने प्रस्ताव राख्ने बताए ।

प्रमुख मेहताले नगरपालिका आफैँले सबैलाई शिक्षा दिन नसके पनि समन्वय भने गर्ने प्रतिबद्धता जनाए । उनले संघीय सरकारको शिक्षा कार्यविधि र नीति आएसँगै नगरपालिकाले समेत आफ्नो शिक्षा नीति सार्वजनिक गर्ने तयारीमा रहेको बताए ।

मेहताले आफूहरुको शिक्षा नीतिमा कक्षा–३ सम्म झोला र किताबविहीन पठनपाठनको तयारी गरेको सुनाए । कार्यक्रममा किशोर मेहता, दीपिका निरौला, सतिक्षा खड्कालगायतले प्रश्न गरेका थिए ।

कार्यक्रम इनरुवा इभेन्ट म्यानेजमेन्टको संयोजनमा भएको थियो भने सञ्चालन युवा अभियान्ता धीरज भट्टराईले गरेका थिए । कार्यक्रममा नगर क्षेत्रका विभिन्न तहमा अध्ययनरत दुई सयभन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

                      

Tags: अन्तर्क्रिया कार्यक्रमइनरुवा नगरपालिकानयाँ परिवर्तनमेयर राजन मेहताविद्यार्थीहरुको मेयरसँग अन्तर्क्रियाशिक्षा क्षेत्र
Share34Tweet21SendScan
Previous Post

भारतिय महिला सहित चार जना पक्राउ

Next Post

कांग्रेस प्रवेशमा युवाहरूको लहर बढ्यो

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
कांग्रेस प्रवेशमा युवाहरूको लहर बढ्यो

कांग्रेस प्रवेशमा युवाहरूको लहर बढ्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

मङ्ल, बैशाख ८, २०८३
Tue, April 21, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In