Saturday, May 30, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

इनरुवा जेसीजमा कोइराला

सुनसरी अनलाइन by सुनसरी अनलाइन
माघ १५, २०७७
in FEATURE, फाेटाे फिचर, मुख्य खबर, स्थानीय समाचार
इनरुवा जेसीजमा कोइराला
206
SHARES
Share on FacebookShare on Twitter

गनेश कुमार यादव
इनरुवा। इनरुवा जेसीज २०२१ को अध्यक्षमा निर्वाचित संयम कोइरालाले बिहीबार एक समारोहबीच जिम्मेवारी पाएका छन् । इनरुवाको बसपार्कमा आयोजित ३७ औं पदस्थापना तथा पुरस्कार समारोहबीच उनलाई अध्यक्ष पदको जिम्मेवारी हस्तान्तरण गरिएको हो ।

सो अवसरमा अध्यक्ष कोइरालाको नेतृत्वमा १० जनाको कार्यसमिति समेत बिस्तार गरिएको छ । इनरुवा जेसीजको उपाध्यक्षहरु सत्यनारायण यादव, सञ्जय मेहता, स्वेता साह र साकार पोखरेल रहेका छन् भने कार्यकारी उपाध्यक्षहरुमा खेमराज थापा र मनोज निरौला रहेका छन् ।

नेपाली कांग्रेस सुनसरीका सभापति राजीव कोइराला

यसैगरी महासचिवमा राकेश निरौला र कोषाध्यक्ष पुष्पा खरेल तथा कानुनी सल्लाहकारमा विकेश मेहता रहेका छन् । अरु बाँकी पदमा अध्यक्ष कोइरालाले पहिलो बैठकबाट मनोनित गर्ने बताएका छन् । इनरुवा जेसीजको ३७ औं पदस्थापना कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष अरुण खनालले इनरुवा जेसीज नेपालको उत्कृष्ट रहेको बताएका छन् ।

जेसीजले युवाहरुको नेतृत्व गर्ने साझा संस्था भएकाले अगामी दिनमा इनरुवा जेसीजले राष्ट्रिय अध्यक्ष पाउनुपर्ने जिकिर गरेका छन् । त्यसैगरी इनरुवा जेसीजका पूर्वअध्यक्ष तथा नेपाली कांग्रेस सुनसरीका सभापति राजीव कोइरालाले जेसीजले युवाहरुको नेतृत्व र व्यक्तित्व विकास गर्ने संस्था भएकाले यसमा लाग्न अनुरोध गरेका छन् ।

जेसीजले युवाहरुको क्षमता विकाससँगै नयाँ पुस्तालाई हस्तान्तरण गर्ने परिपार्टीको विकास गर्नुपर्नेमा जोड दिएका थिए । नयाँ पुस्ताका युवाहरुलाई प्रोत्साहन र अगाडि बढाउनुपर्ने र जेसीजमा लागेर परिमार्जन गरी व्यावहारिक जीवनमा परिवर्तन ल्याउन सक्ने साझा संस्था भएको हुँदा युवाहरुलाई बढी प्राथमिकतामा राख्नुपर्नेमा उनले जोड दिएका थिए ।

नेपाली कांग्रेस १ नम्बर प्रदेशका सचेतक केदार कार्कीले जेसीज गोल्डेन उमेरका लागि उपयुक्त भएको बताउँदै जेसीजले व्यक्तित्व विकाससँगै समाज रुपान्तरण गर्ने, समुन्नत समाज बनाउन सहयोग गर्ने बताएका छन् । इनरुवा जेसीजका पूर्वअध्यक्ष तथा इनरुवा नगरपालिकाका नगर प्रमुख राजन मेहताले युवाहरुले बढी चासो राखेर जेसीजमा लागेर नेतृत्व र व्यक्तित्वको विकास गरी राजनीतिमा आउन आग्रहसमेत गरेका छन् ।

उनले भने, ‘युवाहरु हावाहुरी बतास हो ।’ समयसँगै युवाहरुलाई अवसर दिए समुन्नत समाजसँगै रुपान्तरण गर्न अहम भूमिका खेल्ने उनले बताए । युवाहरुको उज्जव भविष्य राजनीतिमा भएकाले युवापुस्ताहरुले अहम भूमिका खेल्नुपर्नेमा जोड दिँदै जेसीजले नै नेतृत्व गर्न सिकाउने संस्था भएकाले आउने दिनमा २०२१ का अध्यक्ष संयम कोइराला इनरुवा नगरपालिकाको मेयर बन्न सक्ने क्षमतावान व्यक्तिले अवसर र चुनौतीलाई चिर्दै अगाडि बढनुपर्ने बताए ।

कार्यक्रममा इनरुवा जेसीजका पूर्वअध्यक्ष वीरेन्द्र साह, विनोद मिश्रा, सुनोज निरौला, धीरज भट्टराई, शिवनारायण यादल, महिचन्द्र साहलगायतको सहभागिता रहेको थियो । २०२० का अध्यक्ष चन्दन यादवले २०२१ का अध्यक्षलाई पद हस्तान्तरण गरेका थिए ।

Tags: इनरुवाइनरुवा जेसीजजेसीजमा कोइरालानेपाली कांग्रेस सुनसरीका सभापति राजीव कोइराला
Share82Tweet52SendScan
Previous Post

हरिनगरका अग्निपीडितलाई सहयोग

Next Post

इनरुवामा शहीद दिवस मनाइयो

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
इनरुवामा शहीद दिवस मनाइयो

इनरुवामा शहीद दिवस मनाइयो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In