लौकही । सुनसरीको कोसी गाउँपालिकाको लौकहीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । जिवन विकास लघुवित्त बित्तीय संस्था लिमिटेड शाखा कार्यालय लौकहीको आयोजनामा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
गरिब तथा निमुखा जनताको लागि आयोजना गरिएको शिविरमा कोसी गाउँपालिकाका दुई सय १० जनाले सेवा पाएका लौकहिका शाखा प्रमुख महेशकुमार यादवले जानकारी दिएका छन् । शिविरमा मुटु रोग, छाती रोग, थाइराइड, सुगर जाँच, स्त्री रोग, पेट सम्बन्धीलगायतका विशेषज्ञ डाक्टरद्वारा चेकजाँच गरी निःशुल्क औषधिसमेत वितरण गरिएको थियो ।
कोसी गाउँपालिका–१ का वडाध्यक्ष राजकुमार साहले चेकजाँच गरी शिविरको उद्घाटन गरेका थिए ।












