Friday, May 1, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

लौकहीमा गुप्ता र पौदारको भिडन्त

सुनसरी अनलाइन by सुनसरी अनलाइन
फाल्गुन २२, २०७७
in समाचार, स्थानीय समाचार
लौकहीमा गुप्ता र पौदारको भिडन्त
156
SHARES
Share on FacebookShare on Twitter

पवन रौनियार
लौकही । उद्योग वाणिज्य संघ लौकहीको अध्यक्ष पदमा दुई जनाले उम्मेदावरी दिएका छन् । शनिबार उद्योग वाणिज्य संघ लौकहीको छैठौं साधारणमा नयाँ नेतृत्व चयनका लागि आपसी सहमति हुन नसकेपछि फागुन २४ सोमबार निर्वाचन हुने भएको छ ।

उवासंघ लौकहीको अध्यक्ष पदमा दुई जनाले उम्मेदवारी दिएका हुन् । उद्योग वाणिज्य संघ लौकहीको अध्यक्ष पदमा विश्वेश्वरप्रसाद गुप्ता र रामनारायण पौदारबीच प्रतिस्पर्धा हुने भएको छ ।

उद्योग वाणिज्य संघ लौकहीको छैठौं साधारणसभामा उपाध्यक्ष पदमा चन्दनकुमार यादव निर्विरोध निर्वाचित भएका छन् । सचिव पदमा सत्यवान मण्डल र रोशनीकुमारी मेहता (यादव) बीच प्रतिस्पर्धा हुनेछ ।

उद्योग वाणिज्य संघ लौकहीको कोषाध्यक्षमा विनोदकुमार यादव निर्विरोध निर्वाचित भएका छन् । सदस्यहरुमा अर्जुन मेहता, दीलिप झा, दानालाल यादव, नारायण साह, प्रमोदकुमार साह, राजीवप्रसाद गुप्ता, लक्ष्मीनारायण शरण निर्विरोध निर्वाचित भएकोे निर्वाचन समितिले जनाएको छ ।

उवासंघ लौकहीको अध्यक्ष पदमा उम्मेदवारी दिएका इलियास आलमले अध्यक्ष पदमा उम्मेदवारी फिर्ता लिएपछि उवासंघ लौकहीको अध्यक्ष पदमा दुई जना उम्मेदवार भएका छन् । यसैगरी सदस्यहरुमा कालु साह र रविन्द्र कुमार यादवले उम्मेदवारी फिर्ता लिएपछि सदस्यहरुमा सात जना निर्विरोध चयन भएका हुन् ।

उद्योग वाणिज्य संघ लौकहीको छैठौं साधारणसभाको उद्घाटन कोसी गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीले गरेका थिए । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै कोसीका अध्यक्ष अन्सारीले आउँदो दिनमा उवासंघ र व्यापारीहरुलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

अध्यक्ष अन्सारीले गाउँपालिकाबाट उवासंघलाई व्यवस्थापन गर्नका लागि पालिकाबाट बजेट विनियोजन गरी सहयोगसमेत गर्ने बताए । व्यापारीहरुको हक अधिकारका लागि आफू आवाज उठाउने र समस्यामा साथ–सहयोगसमेत रहने उनले बताए ।

कार्यक्रममा कोसी गाउँपालिकाकी उपाध्यक्ष अनिता यादव, उद्योग वाणिज्य संघ इनरुवाका अध्यक्ष वीरेन्द्र साह, कोसी–१ का वडाध्यक्ष राजकुमार साह, नेपाली कांग्रेस क्षेत्र नम्बर ४ का क्षेत्रीय उपसभापति सदान्नद मण्डललगायतले धारणा व्यक्त गरेका थिए ।

अध्यक्ष र सचिव पदका लागि सहमति हुन नसकेपछि फागुन २४ गते सोमवार निर्वाचनबाट टुङ्गो लाग्ने निर्वाचन समितिका संयोजक तथा उद्योग वाणिज्य संघ इनरुवाका उपाध्यक्ष गिरिराज अटलले जानकारी दिए । उवासंघ लौकहीको अध्यक्ष अरुण यादवको अध्यक्षतामा उद्घाटनसत्र सम्पन्न भएको सो कार्यक्रममा सचिव सत्यवान मण्डलले स्वागत मन्तव्य राखेका थिए भने कोषाध्यक्ष विनोद यादवले प्रतिवेदन प्रस्तुत गरेका थिए ।

उवासंघ इनरुवाका सचिव तथा निर्वाचन समिति सदस्य रोशनकुमार खड्का, निर्वाचन समिति सदस्य चन्द्रप्रसाद रिजाल, पूर्व लौकही गाविस अध्यक्ष देवकृष्ण यादव उर्फ (गोबर्धन), व्यापारी रामचन्द्र यादव लगायतले वर्तमान अवस्थामा व्यापारीहरुले खेल्नुपर्ने भूमिका बारेमा धारण राखेका थिए ।

Tags: उद्योग वाणिज्य संघ लौकहीभिडन्तलौकही
Share62Tweet39SendScan
Previous Post

भोक्राहा नरसिंहको नवौं गाउँसभा सम्पन्न

Next Post

दरबन्दी अनुसारको चिकित्सक मागे इनरुवाबासीले

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
दरबन्दी अनुसारको चिकित्सक मागे इनरुवाबासीले

दरबन्दी अनुसारको चिकित्सक मागे इनरुवाबासीले

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शुक्र, बैशाख १८, २०८३
Fri, May 1, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In