Saturday, May 2, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

इनरुवाका बिभिन्न पाँच स्थानमा अक्सिजन सहितको आइसोलेशन

नगरबासीको सहयोगका लागि चौबिसै घण्टा हेल्प डेस्क

सुनसरी अनलाइन by सुनसरी अनलाइन
जेष्ठ ६, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार, स्वास्थ्य
इनरुवाका बिभिन्न पाँच स्थानमा अक्सिजन सहितको आइसोलेशन
84
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको इनरुवा नगरपालिकाका भित्र कोरोना संक्रमण दिनप्रतिदिन बढ्दै गइरहेको बेला पालिकाले नगर क्षेत्रमा अक्सिजन सहितको आइसोलेशन केन्द्र स्थापना कार्यलाई अन्तिम चरणमा पु¥याएको छ ।

बिहिवार आकस्मिक रुपमा डाकिएको सर्वदलिय बैठकमा इनरुवा नगरपालिकाले हेल्प डेस्क स्थापना गर्ने र नगर क्षेत्रमा कोरोना सम्वन्धित कुनै पनि समस्या आए नगरपालिकामा स्थापना भएको हेल्प डेस्कलाई जानकारी गराउने बितिकै सेवा प्रवाह गर्ने निर्णय गरिएको छ । नगर क्षेत्रभित्र कोरोनाका लक्षणहरु देखा पर्ने व्यक्तिलाई पीसीआर परीक्षण शुक्रवारदेखी पुनः सञ्चालन गर्ने समेत निर्णय गरेको छ ।

कोरोना रोकथाम र नियन्त्रण गर्नका लागि जनप्रतिनिधिहरुले दिनरात अहोरोत्र खटेपनि उपलब्धि मुलक सन्देश प्रवाह नभएकोले प्रत्येक दिन हेल्प डेस्कले जनताका समस्याहरु बारे गुनासाहरु सुन्ने र तत्काल समस्या समाधानका निम्ति भूमिका निर्वाह गरि जनतालाई चाहिएको सेवा सुविधा तथा उपचार तत्काल उपलब्ध गराउने तथा जनप्रतिनिधिहरुले दिनभर गरेका गतिविधिहरुलाई सञ्चारकर्मीहरुमाझ जानकारी गराउने भएको छ ।

पीसीआर परीक्षण गर्ने कार्यलाई बिशेष प्राथमिकताका साथ कामलाई अगाडी बढाउने इनरुवाका नगरप्रमुख राजन मेहताले बताए । जनताको साथमा रहदै आएको र कोरोना रोकथाम र नियन्त्रण गर्नका लागि आफू दिनरात अहोरात्र खटेको उनले बताए ।

कोरोना संक्रमित भएर घरमै बस्ने गरेको र जनप्रतिनिधिहरुलाई कुनै जानकारी नगरीकन उनीहरु आफनै इच्छाले बिभिन्न अस्पतालमा लैजाने गरेकोले समस्या आएको उनको तर्क छ । उनले नगरबासीलाई संक्रमण भए उपचारका निम्ति नगरपालिकासँग समन्वय गरे संक्रमितको उपचारमा सहजता ल्याउन कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

कोरोना संक्रमित भएका व्यक्तिहरुलाई कोभिड अस्पताल लैजानु पर्ने भएको खण्डमा आफूहरुलाई जानकारी गराए तत्काल उनीहरुलाई सबै व्यवस्था मिलाई दिने नगरप्रमुख मेहताको कथन छ । इनरुवा नगरपालिकामा अक्सिजनको अभाव नहुने दावी गर्दै नगरप्रमुख मेहताले जनतालाई चाहिने बितिकै आफूहरुले आइसोलेशन केन्द्रमा उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

इनरुवा नगरपालिकाकी उपप्रमुख जमुना गौतम पोखरेलले कोरोना महामारीको बेला आफूहरु जनतामाझ नै रहेको बताईन् । कोरोना संक्रमितहरुको घरघरमा पुग्ने गरेको बताउँदै उनले विषम परिस्थितीमा पनि जनताको समस्या बुझन घरघरमा पुग्ने कार्यलाई निरन्तरता दिएको बताईन् ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य इकवाल अहमदले नगरपालिकाका जनप्रतिनिधिहरुले एक आपसमा समन्वयकारी भूमिका खेल्नुपर्नेमा जोड दिए । नगरबासीको हकहितमा नगरपालिका आलोपालो प्रणालीबाट भएपनि चौबिसै घण्टा जनताको समस्या समाधान गर्नका निम्ति उभिनुपर्नेमा उनले सुझाव दिए । नगरपालिकाले गरेका गतिविधिहरुलाई प्रत्येक दिन सार्वजनिक गर्नुपर्ने र कोरोना संक्रमण भएका व्यक्तिहरुको सवालमा नगरपालिका चनाखो हुनुपर्ने उनले बताए ।

नगरबासीका समस्या सुन्नका निम्ति र समाधानका निम्ति चौविसै घण्टा जनगुनासो सुन्नका लागि हेल्प डेस्क स्थापना गर्न समेत अहमदले सुझाएका थिए ।

नेपाली कांग्रेस सुनसरीका सचिव केदार भण्डारीले कोरोना महामारीको बेला जनप्रतिनिधिहरुले अहम भूमिका खेल्नुपर्ने बताए । कोरोना रोकथाम र नियन्यण गर्नका लागि सबै एकजुट भएर समस्या समाधान गर्न अग्रसर हुनुपर्ने बताउँदै नगरबासीको पीसीआर परीक्षण तत्काल सुरु गर्नुपर्ने उनले बताए ।

इनरुवा नगरपालिकाद्धारा हालसम्म ४०५ जनाको पीसीआर परीक्षण
इनरुवा नगरपालिकाले कोरोना रोकथाम र नियन्त्रणका लागि समुदाय स्तरमा कोरोना संक्रमित व्यक्तिहरुको पहिचान पीसीआर परीक्षण गरिएको सर्वदलिय बैठककमा प्रतिवेशन समेत प्रस्तुत गरिएको छ । बैशाखदेखी हालसम्म ४०५ जनाको पीसीआर गरिएको छ । त्यसमा एकसय ४८ जना महिला, २५७ जना पुरुष रहेका छन् । ५० जना महिला, ७४ जना पुरुषको पीसीआर रिपोर्टमा पोजेटिभ देखिएको छ । १०२ जनाको पीसीआर रिपोर्ट नगेटिभ देखिएको छ ।
जेठ ३ गते १०८ जना र जेठ ५ गते ८१ ज्नाको पीसीआर परीक्षण गरिएपनि उनीहरुको रिपोर्ट आउन नसकेको इनरुवा स्वास्थ्य शाखाले जनाएको छ ।

इनरुवाको कुन कुन ठाउँमा आइसोलेशन केन्द्र ?
इनरुवा नगर क्षेत्रमा अक्सिजन सहितको आइसोलेशन केन्द्र स्थापना गरेको छ । नयाँ बसपार्कको इनरुवा–४को भवनमा २० बेड, तोयानाथ नवर्दा खतिवडा बहुमुखी क्याम्पस इनरुवा–५ मा २० बेड, राजाजी रामजी दास माध्यमिक विद्यालय इनरुवा–२मा २० बेड, कर्वड हल, रंगशाला इनरुवा–१ मा १५ बेड र इनरुवा वडा नम्बर ३ मा १५ बेड सहितको आइसोलेशन केन्द्रहरुमा अक्सिजन, ऐम्बुलेन्स सेवा र बिरामीहरुलाई दैनिक प्रयोग गर्नका लागि चाहिने आवश्यक औषधी तथा सामग्रीहरुको सहितको सेवा सुविधा उपलब्ध गराएको नगरप्रमुख मेहताद्धारा हस्ताक्षरित प्रतिवेदनमा उल्लेख गरिएको छ ।

 

Share34Tweet21SendScan
Previous Post

पूर्व सांसद योगनारायण यादवको कोरोना संक्रमणबाट निधन

Next Post

सामाजिक अभियन्ता निरौलाद्धारा स्वास्थ्य सामग्री वितरण

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
सामाजिक अभियन्ता निरौलाद्धारा स्वास्थ्य सामग्री वितरण

सामाजिक अभियन्ता निरौलाद्धारा स्वास्थ्य सामग्री वितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, बैशाख १९, २०८३
Sat, May 2, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In