Wednesday, September 30, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

भोक्राहा-नरसिंह कांग्रेसमा सहमति हुने सम्भावना नदेखिएपछि मेहता र दाहालबीच कडा प्रतिस्पर्धा

सुनसरी अनलाइन by सुनसरी अनलाइन
भदौ २९, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
भोक्राहा-नरसिंह कांग्रेसमा सहमति हुने सम्भावना नदेखिएपछि मेहता र दाहालबीच कडा प्रतिस्पर्धा
150
SHARES
Share on FacebookShare on Twitter

टोमराज मेहता
इनरुवा । नेपाली कांग्रेसको भोक्राहा–नरसिंह गाउँपालिकाको सभापति पदमा दुई जनाको व्यापक नाम चर्चामा आइरेहेको छ ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा भोक्राहा–नरसिंहको ८ वटा वडा मध्ये पाँच वटा वडामा निर्वाचन भएको थियो । सुनसरीको १ सय २४ वटा वडाहरु मध्ये भोक्राहा–नरसिंह गाउँपालिकामा चुनावबाट पदाधिकारीहरु चयन भएको थियो ।

वडा अधिवेशनमा केन्द्रीय नेतादेखी आम जनताको आँखा नै भोक्राहा–नरसिंह गाउँपालिकामै थियो ।

तथापी सो वडाहरुमा गुटका कारण एक आपसमा सहमित नगरी चुनाव प्रक्रियाबाट पदाधिकारीहरु निर्वाचित भएपछि पुनः अहिले केन्द्रीय नेतादेखी आमजनताको चासो भोक्राहा–नरसिंह गाउँपालिकाको नेतृत्व चयन कसरी हुन्छ भन्ने कुरामा सबैको ध्यान केन्द्रीत  रहेको छ ।

नेपाली कांग्रेस भोक्राहा नरसिंह गाउँपालिकाको सभापति पदमा वर्तमान नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर–४ का सचिव राजेन्द्र प्रसाद मेहता र नेपाली कांग्रेस भोक्राहा–नरसिंह गाउँपालिकाका वर्तमान सभापति युवराज दाहालले उम्मेदवारी घोषणा गरेका छन् ।

भोक्राहा–नरसिंको सभापतिमा राजेन्द्र प्रसाद मेहता र युवराज दाहालबीच सहमति हुन नसकेपछि दुई उम्मेदवाहरहरु ८ वटै वडाका निर्वाचित वडा सभापति र १ सय ३१ क्षेत्र प्रतिनिधिहरुसँग मत माग्न सुरु गरेका छन् ।

भदौ २७ गते भनिएको पालिका अधिवेशन कारणवश असोज ९ गते हुने भएकोले अहिले दुई उम्मेदवारहरु मतदाताहरुसँग भेटघाट र छलफलमा व्यस्त भएका छन् ।

असोज ९ गतेको तयारीमा जुटेका मेहता र दाहाल अहिले चुनावी प्रचार प्रसारमा व्यस्त भएका छन् भने दुवैजना चुनाव कसरी जित्ने भन्ने रणनीति तय गर्दै अगाडि बढिरहेका छन् ।

वर्तमान सुनसरी क्षेत्र नम्बर–४ का सचिव र वर्तमान पालिकाका सभापति दाहालबीच कडा प्रतिस्पर्धा हुने कांग्रेसी नेताहरुको भनाई छ । मेहता र दाहालबीच प्रतिस्पर्धा हुनेमा कुनै शंका छैन कांग्रेसका एक नेताले भने ।

भोक्राहा–नरसिंह वडा नम्बर–१,२,३,६,७ मा सहमति हुन नसकेपछि निर्वाचन भएको थियो र ४,५,८ मा सर्वसम्मतबाट नेतृत्व चयन गर्न सफल भएको उनको भनाई छ । मेहता र दाहालबीच प्रतिस्पर्धा हुने निश्चित छ एक नेताले सुरसेर दैनिकसँगको कुराकानीमा बताए ।

दुबैजना बलियो उम्मेदवार भएकोले कोही एक जना बिजयी हुने र एक जना पराजित हुनेछ । को हुन राजेन्द्र प्रसाद मेहता नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर–४ का सचिव राजेन्द्र प्रसाद मेहता लामो संघर्षपछि नेपाली राजनीतिमा उदयमान युवा नेताका रुपमा परिचित भएका छन् ।

नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघको राजनीतिबाट उदय भएका मेहता ग्रामिण क्षेत्रबाट विद्यार्थी जिवनबाट राजनीतिको यात्रालाई निरन्तरता दिदै अगामी असोज ९ गते हुने पालिका स्तरीय अधिवेशनमा सभापति पदमा उम्मेदवारको रुपमा प्रस्तुत गरेका छन् । सुनसरीको भोक्राहा नरसिंह वडा नम्बर–७ निवासी हुन राजेन्द्र प्रसाद मेहता ।

तत्कालिन नेपाल विधार्थी संघ नरसिंह–३ को वडा सभापति, जनता माविमा नेविसंघको सभापति, नरसिह गाविस सभापति, सुनसरी क्षेत्र नम्बर–५को नेविसंघ सभापति, नेविसंघ जिल्ला उपसभापति र सचिव पदमा रहेको कांग्रेसको संगठनलाई बलियो बनाउन अहोरात्र खटेर इमान्दार कार्यकर्ताको परिचय दिएपछि अहिले योग्य र समक्ष भएका मेहता युवाको नेतृत्व लिन तयार हुदै भोक्राहा नरसिंह गाउँपालिकाको सभापति पदका उम्मेदवारको रुपमा चर्चा हुन थालेको छ ।

वर्तमान सुनसरी क्षेत्र नम्बर–४ का सचिव समेत रहेका मेहता २०५६ सालमा सुनसरी बहुमुखी क्याम्पस इनरुवाको उपसभापति पदमा २ मतले पराजित भएपनि संघर्षलाई निरन्तरता राजनीतिमा सक्रिय भूमिका निर्वाह गर्दै आइरहेका छन् ।

नेपाली कांग्रेसको भोक्राहा नरसिंह गाउँपालिकाको सभापतिमा बिजयी भएपछि भोक्राहा नरसिंहमा स्थानीय तहको निर्वाचनमा सबै वडामा कांग्रेसको उम्मेदवारहरुलाई विजयी बनाउने र पालिकामा अध्यक्ष र उपाध्यक्ष पदमा समेत निर्वाचित गराउन भूमिका निर्वाह गर्ने महेताको भनाई छ ।

त्यसैगरी भोक्राहा नरसिंह गाउँपालिकामा आन्तरीक विवादलाई मेलमिलाप ढङ्गबाट एक ढिक्का बनाउन प्रयास गर्ने, नेपाली कांग्रेस भोक्राहा–नरसिंहमा पार्टी कार्यालय भवन निर्माण गर्ने, सभापति पद सम्हालेको एक कार्यकाल भन्दा बढी नेतृत्व नगर्ने र नयाँ पुस्तालाई हस्तान्तरण गर्ने, आर्थिक अवस्था कमजोर भएकालाई क्षमता विकाससँगै आत्मनिर्भरता बढाउने, कांग्रेसको संगठनलाई मजबुत बनाउने र कांग्रेसको नमुना गाउँपालिका बनाएपछि बाहिरका व्यक्तिहरुले हेर्न आउनुपर्ने लगायतका कुराहरु मेहताले प्रतिवद्धता व्यक्त गरेका छन् ।

मेहताले सहमति,सहकार्य र एकताबाट नेतृत्व चयन गर्न सबैले पहलकदमी भूमिका निर्वाह गर्न आवश्यक रहेको बताउँदै सहमति हुन नसके निर्वाचन लोकतान्त्रिक अभ्यासबाट अगाडी बढ्नुको विकल्प नरहेको बताए ।

भोक्राहा–नरसिंहमा वडा अधिवेशनबाट नवनिर्वाचितहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्दै सभापति पदका उम्मेदवार राजेन्द्र प्रसाद मेहताले असोज ९ गते आफनो जित सुनिश्चित भएको दाबी समेत गरेका छन् ।

को हुन् युवराज दाहाल

नेपाली कांग्रेस भोक्राहा–नरसिंह गाउँपालिकाका वर्तमान सभापति युवराज दाहाल भोक्राहा नरसिंह–१ निवासी हुन । २०५१ सालमा नेपाली कांग्रेसको भातृसंगठन नेपाल तरुण दल भोक्राहा इकाई सदस्य भएर काम गरेका थिए ।

दाहाल २०५३ सालमा सुनसरी बहुमुखी क्याम्पसका इकाई सदस्य समेत भएका थिए । नेपाली कांग्रेसको १२ औं महाधिवेशनमा भोक्राहा गाविसको सचिव पदमा इमान्दार भएर काम गरेका अनुभवी युवा नेता हुन दाहाल ।

१३ औं महाधिवेशनबाट भोक्राहा गाविसको सभापति एव समायोजन पछि भोक्राहा नरसिंह गाउँपालिकाको सभापति पदमा हालसम्म भूमिका निर्वाह गर्दै आएका दाहाल १४ औं महाधिवेशनमा पालिकामा पुनः सभापति पदमा दाहालले उम्मेदवारी घोषणा गरेका छन् ।

२०४८ सालमा मिरमिरे क्लव भोक्राहाको सचिव, हाल नेपाल रेडक्रस सोसाइटी उपशाखाका सभापति पदमा रहेर दाहाल कार्यरत रहेका छन् । २०७६ सालमा नेपाल रेडक्रस सोसाईटी उपशाखाको संस्थापक भएर हालसम्म रेडक्रसको सभापतिमा रहेको कार्यरत नै रहेका छन् ।

नेपाली कांग्रेस भोक्राहा–नरसिंहका सभापति पदमा पुनः निर्वाचित भएपछि पालिकाभित्र कांग्रेसको जनप्रतिनिधि बिजयी बनाउने भूमिका निर्वाह गर्ने, असन्तुष्ट रहेका पक्षलाई सम्वोधन गर्ने, सबै कांग्रेसीको भन्ने आभास गर्ने, पालिकाभित्र रहेको बिकृति बिसंगतीलाई अन्त्य गर्ने, नेपाली कांग्रेसमा नेतृत्व परिर्वतन गर्ने भूमिका निर्वाह गर्ने, सहमतिको प्रयास जारी राख्ने लगायतको गतिविधि गर्दै पार्टी संगठनलाई बलियो बनाउने तर्फ अग्रसर रहने दाहालले प्रतिवद्धता व्यक्त गरेका छन् ।

भोक्राहा–नरसिंहका निर्वाचित भएका वडा सभापति र क्षेत्र प्रतिनिधिहरुले अत्याधिक मतले विजयी गराउने विश्वस्त रहेको सभापति पदका उम्मेदवार युवराज दाहालको भनाई छ ।

Share60Tweet38SendScan
Previous Post

राप्रपाको सुनसरी क्षेत्र नम्बर ४ ‘क’ चौलागाईंको नेतृत्वमा समिति गठन

Next Post

हरिनगरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
हरिनगरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

हरिनगरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, अशोज १४, २०८३
Wed, September 30, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In