Tuesday, September 29, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

धार्मिक विधिअनुसार जितिया पर्व सुरु

सुनसरी अनलाइन by सुनसरी अनलाइन
अशोज १२, २०७८
in FEATURE, मुख्य खबर, समाचार
धार्मिक विधिअनुसार जितिया पर्व सुरु
111
SHARES
Share on FacebookShare on Twitter

डुमरलाल मेहता
सुनसरी । सुनसरी लगायत मिथिलाञ्चल क्षेत्रमा ‘नहा, खा’ (नुहाएर खानु) गर्दै सोमबारदेखि धार्मिक विधिअनुसार जितिया पर्व सुरु भएको छ । सन्तानको दीर्घायुको कामनाका साथ मनाइने जितिया पर्व सोमवारबाट सुरु भएको हो ।
व्रत बस्नुअघि आश्विन कृष्णसप्तमी तिथिका दिन बिहान व्रतालुहरुले विभिन्न जलाशयमा स्नान गरी घिरौलाको पातमा पिना, शख्खर र तोरीको तेल बाबा जितमहान देवतालाई चढाइ पूजापाठ गरेका छन् ।

चढाएको तेल सन्तानलाई टाउकोमा लगाइदिनाले रोगव्याधि नलाग्ने तथा दीर्घायु हुने धार्मिक विश्वास रहेको सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाको कार्यबाहक अध्यक्ष पुनम मेहताले बताए । व्रतको पहिलो दिन सोमबार महिलाहरुले घिरौलाको पातमा भगवान् जितमहाना र दिंवगत पितृलाई प्रसाद चढाइ चिउरा, दही र अमोट खाएका छन् । व्रतालु महिलाले पूजापछि कोदोको रोटी, नुनीको साग र माछा खान्छन्, जसलाई स्थानीय भाषामा माछ मरुवा (कोदो) भनिन्छ । एकल महिला र ब्रत बसेका महिलाहरुले भने कोदोको रोटी, साग, फलफूल खाएका छन् ।

मैथिल र थारु समुदायका महिलाहरूले सन्तानको दीर्घायुका लागि मनाउने यो पर्व यस वर्ष मंगलबार विहान ३ बजेदेखि विधिवत रुपमा उपवासमा बसेपछि शुभारम्भ हुँदैछ । आश्विन कृष्ण अष्टमी तिथि मंगलबार विहान ३ बजेदेखि सुरु भएको र बुधबार बेलुका ५ः२० बजे समाप्त भई पारायण गरी प्रसाद ग्रहण गरेपछि मात्र सम्पन्न हुने प्रेम झाले बताए । उनका अनुसार यस वर्ष बिहान महिलाहरुले खाने अंगुठन नरहेकोले यस वर्ष जितियाको अंगुठन नखाइने भएको छ ।

अष्टमी तिथि लाग्नुभन्दा पहिले नै व्रतालु महिलाले भोजन गरिसक्नुपर्ने हुन्छ । त्यसपछि, पानी पनि पिउन नपाउने, थुक पनि निल्न नपाउने र नवमी तिथि अर्थात बुधबार बेलुका ५ बजेर २० मिनेटमा मात्र पारायणको प्रसाद ग्रहण गरी भोजन गर्न पाउँछन् । तिथिको समयको हेरफेरका कारण ओटघनको मंगलबार बिहान (खानेकुरा ओठमा लगाउने विधि) साइत रहेको यस वर्ष व्रतीहरुलाई ३६ घण्टाको उपबास बस्नुपर्नै झाले बताए ।

पूजा गर्नाले आफ्नो पुत्रको आयु वृद्धि हुने जनविश्वासका कारण जितिया पर्व मनाउँदै आएको हरिनगर गाउँपालिका–३ गौतमपुरको सन्जु मेहताले बताईन् । व्रतालुहरुले पितृपक्ष परेकाले दिवङ्गत सासू, आमाको नाममा आत्माको शान्तिका लागि उनीहरूको नाममा सधवा महिलालाई निम्तो दिई भोजन गराएका छन् । भोजन गर्ने महिलालाई पितराइन भन्ने गरिन्छ ।

व्रतालुहरुले मङ्गलबार नजिकको पोखरी, तलाउमा स्नान गरी भगवान सूर्यलाई अर्घ अर्पण गरी व्रतको सङ्कल्प गरेर घरमा आई डाली भर्छन् । डालीमा बाँसको पात, ओखरी (फुलाएको केराउ, मुंग) नरिवल, काँक्रा, स्याउ, केरालगायतका फलफूल राखेर नयाँ कपडाले छोपिन्छ । मध्याह्नतिर टोलभरिका महिला भेला भएर जितवाहन व्रतको महत्व, पर्वको शुभारम्भका बारेमा महिलाले कथावाचन गर्छिन् र सबैले कथा श्रवण गरेपछि आ–आफ्ना घर फर्किन्छन् ।

जितिया पर्वको अवसरमा मिथिलामा धेरै जसो ठाउँहरुमा जितिया प्रतिमा राखेर पूजाआजासँगै विभिन्न सांस्कृतिक कार्यक्रहहरु समेत गर्ने गर्दछन् । यसैगरी हरिनगर–४ को बालुवानमा जितिया पर्वको अवसरमा २४ सैं घण्टा अष्टयामको आयोजना गरिएको छ ।

Share44Tweet28SendScan
Previous Post

“इनरुवा मृत नगर भएको छ, जनता मुर्दा जस्ता बनेका छन्”

Next Post

जंगली स्यालको टोकाईबाट आधा दर्जन बढी घाइते

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
जंगली स्यालको टोकाईबाट आधा दर्जन बढी घाइते

जंगली स्यालको टोकाईबाट आधा दर्जन बढी घाइते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In