इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाकी कार्यवाहक अध्यक्ष पुनम कुमारी मेहताले ग्रामिण क्षेत्रमा सहकारीको विकासले किसानहरुमा आत्मनिर्भता बढेको बताईन् । पश्चिम टोल कृषि सहकारी संस्था लिमिटेड भोक्राहा नरसिंह–५ को १० औं वार्षिक साधारण सभामा त्यसो बताएकी हुन् ।
पश्चिम टोल कृषि सहकारी संस्था लिमिटेड भोक्राहा नरसिंह–५ को १० औं वार्षिक साधारण सभाकी प्रमुख अतिथि रहेकी कार्यवाहक अध्यक्ष मेहताले सहकारीको विकासबाट किसानहरुको जीवनशैलीमा परिर्वतन भएको बताईन् । सहकारीको माध्यमबाट बचत गर्ने र आवश्यक ऋण लिई समस्या समाधान गर्नका लागि सहकारीले भूमिका खेलेको उनले बताईन् ।
पश्चिम टोल कृषि सहकारी संस्था लिमिटेड भोक्राहा नरसिंह–५ को १० औं वार्षिक साधारण सभा कार्यक्रमलाई सम्वोधन गर्दै कार्यवाहक अध्यक्ष मेहताले सहकारीको माध्यमबाट विकास गर्न सहज हुने बताईन् । नेपाल सरकारले पनि सहकारीमैत्री बनाउने प्रयास गरेको हुदाँ सहकारीमा आवद्ध भएका किसानहरुको लागि भोक्राहा नरसिंह गाउँपालिकाबाट अनुदान प्रदान गरिने बताउँदै उनले पालिकाको अनुदानबाट किसानहरुले लाभ लिनका लागि अग्रसर हुन आवश्यक रहेको समेत बताईन् ।

सहमति, सहकार्य र एकताबाट सहकारीको विकासलाई निरन्तरता दिन समेत उनले आग्रह गरिन् । पश्चिम टोल कृषि सहकारी संस्था लिमिटेड भोक्राहा नरसिंह–५ ले पालिकाको मुहार फेर्न भूमिका खेल्न आवश्यक रहेको उनको भनाई छ । पालिकाभित्र समय अनुसार नयाँ सहकारी खुल्ने क्रम पनि जारी रहेकोले सहकारीको संरक्षण र सम्वद्र्धन गर्न आवश्यक रहेको समेत उनको कथन छ ।
पश्चिम टोल कृषि सहकारी संस्था लिमिटेड भोक्राहा नरसिंह–५ को १० औं वार्षिक साधारण सभा शनिवार एक कार्यक्रमकाबीच सम्पन्न भएको छ । पश्चिम टोल कृषि सहकारी संस्था लिमिटेड भोक्राहा नरसिंह–५ ले साधारण सभाको अवसरमा उत्कृष्ट बचतकर्ताहरु रामेश्वर यादव, शिवचरण यादव, मोहनप्रसाद यादव, मिश्रिलाल मेहता, तारानन्द मेहतालाई सम्मान पत्र सहित खदा ओढार सम्मान गरेको हो ।
त्यसैगरी उत्कृष्ट ऋणकर्ताहरु सकुन्तला देवी मेहता, अर्जुन मेहता,भिमलाल मेहता र शेयरकर्ता सुगादास चमारलाई समेत सम्मान पत्र सहित खदा ओढाएर सम्मान गरिएको सहकारीका उपाध्यक्ष रंजित कुमार रामले जानकारी दिए । पश्चिम टोल कृषि सहकारी संस्था लिमिटेड भोक्राहा नरसिंह–५ का अध्यक्ष किसुनदेव यादवले आर्थिक वर्ष २०७७÷०७८ को आय व्यय प्रतिवेदन प्रस्तुत गरेका थिए ।
अध्यक्ष यादवले १ करोड १४ लाख ४७ हजार ४ सय ७४ रुपैयाँ २२ पैसा आय र १ करोड १० लाख २० हजार ४ सय २९ रुपैयाँ ४७ रुपैया बराबरको व्यय प्रतिवेदन प्रस्तुत गर्दै सार्वजनिक गरेका थिए । पश्चिम टोल कृषि सहकारी संस्था लिमिटेड भोक्राहा नरसिंह–५ का अध्यक्ष किसुनदेव यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
भोक्राहा नरसिंह–३ का कार्यवाहक वडाध्यक्ष बिन्देश्वर साह, कृषि प्राविधिकी रेणुका चौधरी, सीताराम मेहता, मोहन प्रसाद यादव, पत्रकार टोमराज मेहता लगायतकाले सहकारीको सफलताको शुभकामना व्यक्त गरेका थिए । ओम प्रकाश यादवले उद्घोषण गरेका थिए ।












