Monday, September 28, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

प्रदेश १ अधिवेशन: देउवा–सिटौला प्यानलबाट सभापतिमा थापा निर्वाचित

सुनसरी अनलाइन by सुनसरी अनलाइन
मंसिर २०, २०७८
in FEATURE, मुख्य खबर, समाचार
प्रदेश १ अधिवेशन: देउवा–सिटौला प्यानलबाट सभापतिमा थापा निर्वाचित
59
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत प्रदेश–१ को निर्वाचनबाट सभापति पदमा उद्धव थापा निर्वाचित भएका छन् । सभापति पदमा थापाले ८ सय ४४ मत ल्याएर निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी गुरुराज घिमिरेले ८ सय ४२ मत प्राप्प गरेर पराजित भएका छन् । २ मतान्तरले थापा निर्वाचित भएका थिए । सोमवार सम्पन्न मतगणनाबाट आएको नतिजाले थापा सभापति पदमा निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

प्रदेश–१ मा देउवा–सिटौलाको प्यानलबाट सभापति पदमा झापाका थापा निर्वाचित भएको थियो । प्रदेश–१ मा संस्थापन पक्षको वर्चस्व कायम राख्नका लागि सभापति सहित अन्य पदाधिकारीहरुलाई निर्वाचित गराउन देउवा–सिटौलाको गठवन्धन सक्रिय भएको थियो । सभापति पदमा कडा प्रतिस्पर्धा भएपनि थापाले बाजी मारेको छ । निर्वाचनको दिन दुबै पक्षले आ–आफना प्यानललाई निर्वाचित गराउनका लागि मतदातहरुसँग मत मागेका थिए । तथापी संस्थापन इतर पक्षबाट महामन्त्री पदमा एक जना बाहेक अन्य पदाधिकारी पदमा संस्थापन पक्षका उम्मेदवारहरु बिजयी भएका छन् ।

सभापति पदमा गुरुराज घिमिरे पराजित भएपछि पुनः मतगणनाको माग गर्दै निवेदन दर्ता गराएका छन् । मतगणनामा चित नबुझेकाले पुनः मतगणना गर्नुपर्ने माग सहित निर्वाचन समितिमा निवेदन दर्ता गराएका हुन् ।

त्यसैगरी संस्थापन पक्षबाट उपसभापति पदमा रमेशजंग रायमाझीले ८९१ मत र टंक प्रसाद राईले ८४७ मत ल्याएर निर्वाचित भएका छन् भने संस्थापन इतर पक्षबाट विश्वनाथ रिजालले ६६९ र गोविन्द प्रसाद ढुंगानाले ७६५ मत प्राप्त गरेर पराजित भएका हुन् । यस पदमा दुई जना निर्वाचित भएका हुन् ।

त्यसैगरी संस्थापन इतर पक्षबाट महामन्त्री पदमा सुनसरीका उमेश थापाले ८२३ मत प्राप्त गरेर निर्वाचित भएका छन् । त्यसैगरी संस्थापन पक्षबाट भुपेन्द्र राईले ८२४ मत ल्याएर निर्वाचित भएका छन् । यस पदमा संस्थापन इतर पक्षबाट एक जना र संस्थापन पक्षबाट एक जना निर्वाचित भएका हुन् । सोही पदमा संस्थापन पक्षबाट पदम सुन्दर पालुङ्वाले ८०७ मत र संस्थापन इतर पक्षबाट दिपन कुमार श्रेष्ठले ७६४ मत प्राप्त गरेर पराजित भएका हुन् ।

नेपाली कांग्रेस प्रदेश–१ कार्यसमितिको सह–महामन्त्री पदमा संस्थापन पक्षबाट प्रमिला कुमारी गच्छदारले ८३७ मत ल्याएर निर्वाचित भएकी छिन भने संस्थापन इतर पक्षबाट सीता कार्कीले ७३३ मत प्राप्त गरी पराजित भएकी छिन् । यस पदमा एक जना महिलाको मात्र सिट रहेकोले संस्थापन पक्षबाट गच्छदारले बिजयी भएकी हुन् ।

त्यसैगरी सह–महामन्त्री पदमा संस्थापन पक्षबाट खड्ग फागोले १०२६ मत र विनोद कुमार बस्नेतले ७४७ मत ल्याएर निर्वाचित भएका छन् भने रोहित कुमार साहले ६६५ मत, वीरकाजी राईले ६४७ मत र शुभचन्द्र राईले ८४ मत ल्याएर पराजित भएका हुन् ।

नेपाली कांग्रेसका सभापति तथा वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा र कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाबीच गठवन्धन भएपछि प्रदेश–१ को सभापति पदमा उद्धव थापालाई उम्मेदवार बनाएका थिए । प्रदेश–१ मा संस्थापन इतर पक्ष बलियो हुदाँ हुदै पनि केन्द्रीय नेताहरुले मतदान नगरेका कारणले सभापति लगायतका पदमा पराजित भोग्नु परेको कांग्रेसी नेताहरुको भनाई छ ।

यता नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले कानुनी अडचनका कारण आफुले मतदान नगरेकाले माफी समेत मागेका छन् ।

Tags: नेपाली कांग्रेस
Share24Tweet15SendScan
Previous Post

सेभ द अर्थको २२ औं साधारण सभा सम्पन्न

Next Post

नेकपा माओवादी केन्द्र इनरुवाकी अध्यक्षमा तोया निर्वाचित

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
नेकपा माओवादी केन्द्र इनरुवाकी अध्यक्षमा तोया निर्वाचित

नेकपा माओवादी केन्द्र इनरुवाकी अध्यक्षमा तोया निर्वाचित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, अशोज १२, २०८३
Mon, September 28, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In