Wednesday, September 23, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

नेपाली कांग्रेसको टोल विस्तारमा लाग्नुुस् : क्षेत्रीय सभापति अन्सारी

टोल टोलमा कांग्रेसको झण्डा अभियान संचालन गरिने

सुनसरी अनलाइन by सुनसरी अनलाइन
फाल्गुन २, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
नेपाली कांग्रेसको टोल विस्तारमा लाग्नुुस् : क्षेत्रीय सभापति अन्सारी
61
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर–४ का क्षेत्रीय सभापति ऐयुव अन्सारीले कांग्रेसको विद्यान अनुसार टोल टोलमा कार्य समिति गठन गर्नका लागि एकजुट भएर लाग्न नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्रीय कार्य समिति क्षेत्र नम्बर–४ सुनसरीको परिचयात्मक तथा आसन्न स्थानीय तहको निर्वाचन विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै क्षेत्रीय सभापति अन्सारीले प्रत्येक वडाको टोल–टोलमा पुगेर टोल समिति गठन गर्नुपर्ने बताए । नेपाली कांग्रेसको संशोधित विद्यान अनुसार टोल कार्य समिति गठन गर्नुपर्ने उल्लेख गरिएको हुनाले कांग्रेसलाई बलियो बनाउनका लागि टोल विस्तारमा लाग्नुपर्ने उनले बताए ।

नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर–४ का क्षेत्रीय सभापति तथा कोसी गाउँपालिकाका अध्यक्ष अन्सारीले संगठन बनाउने अभिभारा वडा, पालिका, प्रदेश, क्षेत्र र जिल्लाका प्रतिनिधिहरुको काँधमा आएकाले तल्लो तह टोल भएकाले सुनसरी क्षेत्र नम्बर–४ को सबै वडाहरुको टोलमा कार्य समिति गठन गर्न लाग्नुपर्ने बताए । वडाका सभापतिहरु सक्रिय भएर टोल समितिलाई मजबुत बनाउनुपर्ने उनले बताए ।

टोल कार्य समिती निर्माण गर्न ढिलासुस्ती नगरी फागुन १० गतेभित्र सबै टोलमा समिति गठन गरी स्थानीय तहको निर्वाचनमा होमिनुपर्ने उनको तर्क थियो ।

स्थानीय तहको निर्वाचनमा जनताको चाहना र काम गर्ने निष्ठावान नेताहरुलाई वडामा टिकट दिनेछु, उनले भने,‘ त्यसका लागि जनताकाबीच जानुपर्ने र सबैले मिलेर संगठन निर्माणका लागि एकजुट हुनुपर्छ । संगठन निर्माण गर्ने सबैको दायित्व हो । टोल,वडालाई चुस्त र दुरुस्त बनाए मात्र संगठन बलियो हुन्छ । कांग्रेसको संगठन निर्माणमा पार्टीको अधिवेशनमा अटाउन नसकेकाहरुलाई पनि जोड्ने प्रयास गर्छु । ८० प्रतिशत हारेकोलाई समेटेर लग्नेछु ।’

नेपाली कांग्रेस पार्टीको संगठन सबैलाई आवश्यकता छ, त्यसैले सबैले मिलेर संगठन निर्माण गरौं र मजबुत बनाऔं उनले भने,‘ स्थानीय तहको निर्वाचनमा टिकटका लागि धेरै आंकाक्षीहरु हुन् सक्छ । टिकटको दौडमा धेरै हुन्छ, त्यसैले संगठन मजबुत भएमात्र कांग्रेस पार्टीले जित हासिल गर्न सक्छ । काम सहज गर्नका लागि सुनसरी क्षेत्र नम्बर–४ मा कार्य सम्पादन समिति समेत निर्माण गर्नेछु ।

सरकारले बैशाख ३० गते स्थानिय तहको निर्वाचन घोषणा गरेकोले कांग्रेसलाई जिताउने अभियान सुरु गर्ने र प्रत्येक वडाको टोल–टोलमा नेपाली कांग्रेसको झण्डा राख्ने अभियान सुरु गर्ने समेत क्षेत्रीय सभापति अन्सारीको भनाई छ ।

कार्यक्रममा नेपाली कांग्रेसलाई आउँदो निर्वाचनमा कसरी जिताउने रणनीति सहित वडाका सभापति, पालिकाका सभापति र प्रदेशका सभापति सहितका जिम्मेवार व्यक्तिहरुले आप्mना भनाई र कार्य प्रगतिहरु प्रस्तुत गरेका थिए ।

कार्यक्रममा इनरुवा नगरपालिकाका नगर प्रमुख राजन मेहता, प्रदेश(ख) का सभापति भिखारी मण्डल, नेपाली कांग्रेस प्रदेश–१ का सदस्यहरु जुलेखा खातुन र अम्बिका घिमिरे, बिनिता दाहाल, परमानन्द मेहता, सदानन्द मण्डल, अनु गुरुङ, , रेवतिरमण दुलाल,अजमल अख्तर आजाद, हारुन अन्सारी लगायतकाले बोलेका थिए । नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर–४ का क्षेत्रीय सचिव रोशन कुमार खड्काले कार्यक्रम संचालन गरेका थिए ।

Share24Tweet15SendScan
Previous Post

इनरुवाको बसपार्क एक महिनाभित्र संचालन हुन्छ : मेयर मेहता

Next Post

सुनसरी जिल्ला बार एशोसिएसनको नेतृत्व सर्वसम्मत चयन

Related Posts

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन
FEATURE

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

by सुनसरी अनलाइन
भदौ २, २०८३
0

सुनसरी । साउन १० गते सुनसरीको कप्तानगञ्जमा तीन जनाको ज्यान जाने गरी भएको घटनापछि कोशी र मधेस प्रदेशमा भएको हिंसाको...

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
Next Post
सुनसरी जिल्ला बार एशोसिएसनको नेतृत्व सर्वसम्मत चयन

सुनसरी जिल्ला बार एशोसिएसनको नेतृत्व सर्वसम्मत चयन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

मङ्ल, अशोज ६, २०८३
Tue, September 22, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In