इनरुवा । अन्तर्राष्ट्रिय महिला दिबस (८ मार्च) को अवसरमा सुनसरी सदरमुकाम इनरुवामा विधालय स्तरिय बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । हाम्रो सहयात्रा मञ्चको आयोजनामा स्मल हावेन एकेडेमी स्कूलमा विधालय स्तरिय बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको संस्थका अध्यक्ष विनीता दाहालले जानकारी दिईन ।
सो प्रतियोगितामा प्रिया कार्की प्रथम, सुजता मेहता द्धितिय र प्रिंयक साहले तृतिय र अंजली साह सान्तवाना भएका थिए । विजयी भएका प्रतियोगीहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो । स्मल हावेन एकेडेमी स्कुलका कक्षा १० र ११ का विद्यार्थीहरुले भाग लिएका थिए ।
महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...












