इनरुवा । सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर–९ को वडाध्यक्ष पदमा पुनः नेकपा एमालेको उम्मेदवार बसिरमुद्धीन मन्सुरी विजयी भएको छ । स्थानिय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका बसिरमुद्दिन मन्सुरी मंगलबार विजय भएका हुन् ।
नेपाली काङ्ग्रेसका उम्मेदवार कृष्ण देव मेहतालाई ४४ मतले पछि पार्दै वडा नम्बर–९ को अध्यक्षमा मन्सुरी विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ । मन्सुरीले ११७१ मत ल्याउदै विजयी भएका हुन । त्यसैगरि नेपाली काँग्रेसका चार जना सदस्य पदमा विजयी भएका छन् ।
मन्सुरी विजय भएको खवर पाउँनासाथ वडा नम्बर–९ का वडाबासीहरुले खुशयाली मनाउँदै बिजयी जुलुस निकालेकाल्दै मन्सुरीलाई बबियामा भव्य स्वागत गरेका छन् ।

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...












