हाटमा खाजा खाएर पान खानेको शानै बेग्लै
चौतर्फी माइक लाएर कान खानेको शानै बेग्लै
धर्मको भ्रम् फैलाएर स्वार्थ जहिले पूरा गर्ने
पन्डित र मौलवी जस्ता दान खानेको शानै बेग्लै
धान उब्जाउने किसान्ले कहिले दाम पाउदैनन
गद्द्दामा बस्ने सेठ जस्ता धान खानेको शानै बेग्लै
पसिना चुहाउनेको यो देस्मा कुनै मूल्य छैन ।
घर ज्वाइँ र नेता जस्ता मान खानेको शानै बेग्लै
निर्मला जस्ताको सुरक्षा दुर्लभ हुँदै गएको छ
बलात्कार र हत्या गरि जान खानेको शानै बेग्लै
लेखक : रमेन्द्र कोइराला
इनरुवा ९ बबिया सुनसरी