काठमाडौं । नेपालले सन् २०२३ मा चीनमा हुने एसिया कप फुटबल प्रतियोगितामा छनोटका लागि प्लेअफ खेल्न नपर्ने भएको छ ।
एसियाली फुटबल महासंघ ९एएफसी० को नयाँ नियम अनुसार नेपालले अब एसिया कप छनोटको तेस्रो चरणको खेल खेल्नेछ ।
विश्वकप २०२२ र एसिया कप २०२३ को दोस्रो चरणको छनोट खेल सकिएपछि एएफसीले बुधबार एसिया कप छनोटको तेस्रो चरणको खेल खेल्ने टिमको नाम सार्वजनिक गरेको छ ।
एसियाली क्षेत्रको छनोट खेलेका ८ समूहका शीर्ष ८ टिम र दोस्रो हुनेमध्ये उत्कृष्ट चार टिमसंगै आयोजक चीन सिधै एसिया कपका लागि छनोट भएका छन् ।
त्यसबाहेक छनोट खेलमा दोस्रो हुने ३ टिम, तेस्रो हुने र चौथो हुने ८(८ टिम अनि पाँचौ हुनेध्ये उत्कृष्ट ३ टिम गरी २२ टिमले एसिया कपको तेस्रो चरणको छनोट खेल खेल्नेछन् । यसअघि चौथो हुने ८ मध्ये उत्कृष्ट ४ टिममात्रै तेस्रो चरणमा छनोट हुने र बाँकीले प्लेअफ खेल्ने एएफसीको नियम थियो ।
एसिया कप छनोटका लागि कुल २४ टिमले प्रतिस्पर्धा गर्नेछन् । अब दोस्रो चरणको छनोटमा अन्तिम हुने ४ टिमले प्लेअफ खेल्नेछन् र त्यसबाट शीर्ष दुई टिम तेस्रो चरणको छनोटमा पुग्नेछन् ।
श्रोत अनलाइनखबर