सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ ।
राजकुमार बगरको संगीत रहेको गीतमा गायक सिडी विजय अधिकारीको स्वर तथा अभिनय रहेको छ भने उनलाई कृति श्रेष्ठले साथ दिएकी छन् ।
अधिकारीको युटुव च्यानलमार्फत् हालै सार्वजनिक भएको गीत राजु कार्कीले एरेन्ज गरेका हुन् । सिडिएम म्युजिक क्रिएसनले म्युजिक भिडियोको निर्देशन गरेको हो ।











