काठमाडौं । काठमाडौं मेडिकल कलेजले मंगलबार काठमाडौंको मनोहरा नगरपालिकामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । मनोहरा नगरपालिका वडा नं. २ सँगको सहकार्यमा स्थानीय आलापोट स्वास्थ्य चौकीमा शिविर सञ्चालन गरिएको हो ।
शिविर उद्घाटन कार्यक्रममा बोल्दै मनोहराका मेयर कृष्णहरी थापा, केएमसीका चिफ म्यानेजमेन्ट कन्सल्टेन्ट डा.केपी शर्मा, नोबेल मेडिकल कलेजका प्रवन्धक एवं शिविरका व्यवस्थापक नारायण दाहाल लगायलते गरिब तथा बिपन्न बिरामीलाई लक्षित गरी निःशुल्क शिविर आयोजना गरिएको बताए ।
शिविरमा ९ सय ६३ जना विरामीको निःशुल्क उपचार गरिएको शिविरका व्यवस्थापक दाहालले जानकारी दिए । उनका अनुसार २१३ जनाको ल्याव टेष्ट, १९८ जनाको भिडियो एक्सरे र १५३ जनाको इसीजी गरिएको छ । त्यस्तै दाँतमा समस्या भएका ४२ जनाको दाँत निकालिएको छ ।
शिविरमा बिशेषज्ञ डाक्टरसहितको टोलीले मेडिसिन, स्त्रीरोग, बालरोग, नाक कान घाँटी, आँखा रोग, दन्त रोग, हाडजोर्नी तथा नसा रोग, छाला रोग, मानसिक रोग लगायतको उपचार गरेको थियो ।


नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...















