Friday, May 1, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home खेलकुद

‘चाइनिज ताइपेईविरुद्धको जित स्वास्थ्यकर्मीप्रति समर्पित’

सुनसरी अनलाइन by सुनसरी अनलाइन
जेष्ठ २१, २०७८
in खेलकुद
‘चाइनिज ताइपेईविरुद्धको जित स्वास्थ्यकर्मीप्रति समर्पित’
47
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं । विश्वकप र एसियन कप छनोटअन्तर्गत चाइनिज ताइपेईविरुद्धको जितलाई नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अलमुतारीले कोरोना कोरोना महामारीको रोकथाममा खटिएका फ्रन्टलाइनर स्वास्थ्यकर्मीलाई समर्पित गरेका छन् ।

एसियाली क्षेत्रको दोस्रो चरण छनोटअन्तर्गत समूह बी मा रहेको नेपालले चाइनिज ताइपेईलाई २-० ले पराजित गरेको थियो । नेपालका लागि अन्जन विष्ट र वैकल्पिक खेलाडी नवयुग श्रेष्ठले गोल गरे ।

खेलपछि पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले यस जित अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मीलाई समर्पित गरे । ‘यो जित नेपाली समर्थकका लागि हो । नेपाल निकै कठिन अवस्थामा छ । विशेषगरी अग्रपंक्तिमा रहने स्वास्थ्यकर्मीका लागि । उहाँहरुले मिहिनेत गरेकै कारण हाम्रो खेलाडीले पनि राम्रो खेले ।’ नेपालको प्रशिक्षको रुपमा पहिलो जित हात पारेपछि अब्दुल्लाहले भने ।

प्रशिक्षक अलमुताइरीले आफू कुवेत र नेपालको प्रतिनिध्व गर्ने भएकोले खुशी लागेको बताए ।

चाइनिज ताइपेईविरुद्ध छनोटमा दोस्रो जित हात पारेको नेपालको ६ खेलबाट ६ अंक छ र चौथौ स्थान बलियो बनाएको छ।

कोभिड-१९ कै कारण नेपालले घरेलु मैदानमा खेल्ने भनिएको ३ खेल कुवेतमा गएर खेल्नुपरेको हो । बाँकी खेलमा नेपालले जेठ २४ गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासँग खेल्नेछ ।

प्रशिक्षक अलमुताइरीले ताईपेविरुद्धको खेल नेपालका लागि निकै महत्वपूर्ण रहेको र जित सहज भने नभएको बताए । ‘ताइपेईले धेरै राम्रो खेल्यो । खेल प्रतिस्पर्धात्मक थियो । जित सहज थिएन । कठिन भयो,’ उनले भने, ‘हामीले उनीहरुका सबै खेल अध्ययन गरेका थियौं । खेलअघि बिहान ११ वटा अभ्यास गरेर तयार भएका थियौँ । उनीहरुको खेलाडीबारे बुझ्न खर्च गरेका थियौं ।’

यस्तै प्रशिक्षकले यो सुरुआत भएको बताए । ‘यो अन्त्य होइन सुरुवात भएको छ । हामीले निकै मिहिनेत गरेका छौँ । हाम्रो लक्ष्य अझै बाँकी छ,’ उनले भने ।

उनले विपक्षीलाई सरप्राइज दिन टिममा केही परिवर्तन गरिएको बताए । उनले भने, ‘हामी सरप्राइज दिन चाहन्थ्यौ । सुनिल बल र आशिष लामाको बारेमा उनीहरुलाई थाहा थिए । त्यसैले सुरुमा खेलायौँ ।’

इराकविरुद्ध गत शनिबार मैत्रीपूर्ण खेल खेल्दा मनिस डाँगीले डेब्यु गर्दै गोलसमेत गरेका थिए । त्यसैले उनले ताइपेईविरुद्ध सुरुमै खेल्ने अपेक्षा थियो तर प्रशिक्षकले रणनीति बनाएर खेलाए ।

अब्दुल्लाहले इराकविरुद्ध मैत्रीपूर्ण खेल खेलेको पहिलो रोजाइमा दुई परिवर्तन गरेका थिए । मनिष डाँगीको स्थानमा सुनिल बललाई राखेका उनले नवयुगको स्थानमा आशिष लामालाई मौका दिएका थिए ।

‘दोस्रो हाफमा खेलाडी परिवर्तन गराउने हाम्रो रणनीति नै थियो । मनिष र नवयुगले पनि त्यसै गरेँ,’ उनले भने ।

अलमुताइरीले यस पटक युवा खेलाडीरुलाई टिममा समावेश गर्दा ६ खेलाडीले पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका थिए ।

मनिससँगै इराकविरुद्ध डेब्यु गरेका डिफेण्डर गौतम श्रेष्ठले ताइपेईविरुद्ध पूरा समय मैदानमा बिताए । श्राेत:अनलाइन खबर

Share19Tweet12SendScan
Previous Post

कारको ठक्करबाट एक जनाको मृत्यु

Next Post

सजिलो सहकारीद्धारा सुरक्षा सामाग्री हस्तान्तरण

Related Posts

सीमा क्षेत्रमा भएको मैत्रीपूर्ण भलिवलको उपाधि एपीएफलाई
FEATURE

सीमा क्षेत्रमा भएको मैत्रीपूर्ण भलिवलको उपाधि एपीएफलाई

by सुनसरी अनलाइन
अशोज ९, २०८१
0

अजित कुमार झा इनरुवा। सुनसरी हरिनगर गाउँपालिका–५ मा स्थित यादव टोल नजिक नेपाल–भारतको सुरक्षा अधिकारी बीच सोमबार मैत्रीपूर्ण भलिवल प्रतियोगीता...

प्रधानमन्त्रीसँग रुसी महिला भलिबल टोलीको भेट
FEATURE

प्रधानमन्त्रीसँग रुसी महिला भलिबल टोलीको भेट

by सुनसरी अनलाइन
साउन ८, २०८१
0

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पारस्परिक लाभ र सम्मानका आधारमा नेपाल र रुसबीचको पुरानो सम्बन्धलाई पुनःताजगीकरण गर्नुपर्ने बताउनुभएको छ...

प्रथम मदन भण्डारी स्मृति अन्र्तराष्ट्रिय कुस्ती दंगल प्रतियोगिता आज पनि जारी

प्रथम मदन भण्डारी स्मृति अन्र्तराष्ट्रिय कुस्ती दंगल प्रतियोगिता आज पनि जारी

चैत्र ६, २०८०
प्रेस युनियनले द योङ ब्रदर्सलाई ५-२ गोल अन्तरले हरायो

प्रेस युनियनले द योङ ब्रदर्सलाई ५-२ गोल अन्तरले हरायो

माघ १९, २०८०
हरिनगरमा १४ औं राष्ट्रपति रनिङ्ग शिल्ड तथा विधालय स्तरीय अध्यक्ष कप खेलकुद प्रतियोगिता आजबाट सुरु

हरिनगरमा १४ औं राष्ट्रपति रनिङ्ग शिल्ड तथा विधालय स्तरीय अध्यक्ष कप खेलकुद प्रतियोगिता आजबाट सुरु

माघ ५, २०८०
गछिया भेट्रान फुटबल क्लवलाई हराउदै ग्रामथान भेट्रान फुटबल क्लव विजयी

गछिया भेट्रान फुटबल क्लवलाई हराउदै ग्रामथान भेट्रान फुटबल क्लव विजयी

पुस २०, २०८०
Next Post
सजिलो सहकारीद्धारा सुरक्षा सामाग्री हस्तान्तरण

सजिलो सहकारीद्धारा सुरक्षा सामाग्री हस्तान्तरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शुक्र, बैशाख १८, २०८३
Fri, May 1, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In