आईपीएल क्रिकेटमा मुम्बई ५ विकेटले विजयी

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत गएरातिको खेलमा मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई पाँच विकेटले हराएको छ ।

अबुधाबीमा भएको खेलमा मुम्बईसामु बैंगलोरले १६५ रनको लक्ष्य पेश गरेको थियो । सो लक्ष्य मुम्बईले १९ ओभर १ बलमा पाँच विकेट गुमाएर भेटायो ।

यस जितसँगै मुम्बईले १६ अंकसहित अन्तिम चारमा स्थान बनाएको छ । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६४ रन बनाएको थियो ।

देवदूत पाडिक्कलले ४५ बलमा ७४ रन बनाए । जोश फिलिपले ३३ रन बटुले । विराट कोहली ९ रनमा आउट हुँदा एबिडिभिलियर्सले १५ रन जोडे । गुरकिरातमान सिंह १४ र वाशिङ्टन सुन्दर १० रनमा नटआउट रहे । बलिङतर्फ जसप्रित बुम्राहले ३ विकेट लिए ।

१६५ रनको विजय लक्ष्य पछ्याउने क्रममा मुम्बईका क्विन्टन डिकक र इशान किसनले पहिलो विकेटका लागि ३७ रनको साझेदारी गरेका थिए । डिकक १९ बलमा एक छक्काको मद्दतमा १८ रन बनाएर आउट भए ।

त्यसपछि सूर्यकुमार यादव ब्याटिङमा आए । उनले नटआउट ७९ रन बनाए । उनी म्यान अफ द म्याच भए । इशान किसनले २५ र हार्दिक पान्ड्याले १७ रन बनाए ।

बलिङतर्फ मोहम्मद सिराज र युजवेन्द्र चहलले २–२ तथा क्रिस मोरिसले १ विकेट लिए ।

Related Posts

मधेशको विकास नभएसम्म देशको विकास हुँदैन् : कार्की

सुनसरी । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र बहादुर कार्कीले मधेशको विकास नभएसम्म देशको विकास सम्भव नहुने बताउनुभएको...

हरिनगरमा प्रदेश स्तरीय एथलेटिक्स खेलकुद प्रतियोगिता सम्पन्न, सुनसरी प्रथम

नसीम अन्सारी भुटाहा,। सुनसरीको हरिनगर गाउँपालिकामा प्रदेश १ स्तरीय एथलेटिक्स खेलकुद प्रतियोगिता सम्पन्न भएको छ। तीन दिने संचालन भएको प्रतियोगिता...

Next Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

एमाले कोशीको अध्यक्षमा घनश्याम खतिवडा ८२ मतले निर्वाचित, सचिवमा भण्डारी

विराटनगर : नेकपा एमाले कोशी प्रदेश कमिटीको अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित भएका छन् । मंगलबार विहान १ बजे सकिएको पदाधिकारीतर्फको मतगणनाको...

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.