इटहरी । आन्तरिक तथा बाह्यि पर्यटकहरुको आकर्षण बन्दै गएको छ सुनसरी रामधुनी ६ मा रहेको शंकरवेली सामुदायिक वन क्षेत्र । पर्यटकहरुको रोजाईमा परेको यो क्षेत्रमा जाडो मौषममा पर्यटकहरुको भीड लाग्छ ।
पर्यटकहरुको लागि यो क्षेत्रमा विकासको काम समेत तिब्र गतिमा भईरहेको बताउँछन स्थानीय सामाजिक अगुवा सरोज गुरागाई । पर्यटकहरुलाई आकर्षित गर्ने उदेश्यले अहिले सामुदायिक वन क्षेत्रलाई सजाउने काम भईरहेको छ ।