Monday, May 18, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home मनाेरञ्जन

जब ‘माता’ प्रेममा पर्छिन्, हेर्नुस् युट्युबमा

सुनसरी अनलाइन by सुनसरी अनलाइन
माघ २३, २०७७
in मनाेरञ्जन
जब ‘माता’ प्रेममा पर्छिन्, हेर्नुस् युट्युबमा
28
SHARES
Share on FacebookShare on Twitter

दुई दशकअघिसम्म नेपालमा बलिउडको हुबहु नक्कल गरिएका सिनेमा बन्थे। कथा, संवाद, प्रस्तुति धेरै कुरा कृत्रिम लाग्थे। त्यसयता भने सिनेमाको कथा, पात्र, परिवेशमा नेपाली समाजको सक्कली अनुहार देखाउने धेरथोर प्रयास भइरहेको छ।

छिरिङ रितार शेर्पाको निर्देशनमा बनेको ुमुकुण्डोु यस्तो प्रयास सुरू गर्ने सिनेमामध्ये एक हो।

यथार्थ घटनामा आधारित मुकुण्डोले समाजबाट कथा मात्र टिपेन, त्यो कथा प्रस्तुत गर्ने कलामा पनि मानक खडा गर्‍यो। मुकुण्डो तीन मुख्य पात्र वरिपरि घुम्छ जसमा मिथिला शर्मा, गौरी मल्ल र रतन सुवेदीको अभिनय छ। गौरी फिल्ममा सरस्वती र रतन उनका श्रीमान बनेका छन्। दीपक सेक्युरिटी गार्ड हुन्, जो कुनै बेला फुटबल खेलाडी थिए।

दुई छोरीकी आमा सरस्वती गृहिणी हुन्, जो गर्भवती छिन्। छोरा जन्माउनु पर्ने दबावका कारण उनी तनावमा छिन्। भगवानप्रति आस्था राख्ने उनी नियमित पूजापाठ गर्छिन्। संयोगवश उनीहरूको छोरा नै जन्मिन्छ तर सरस्वती र दीपकले उसलाई गुमाउँछन्।

छोराको मृत्युपछि सरस्वतीको मानसिक अवस्था बिग्रन्छ। उनी त्रिपूरा माताकी भक्त गीताकहाँ उपचार गराउन पुग्छिन्। फिल्ममा त्रिपूरा माताकी भक्तको भूमिका मिथिला शर्माले निर्वाह गरेकी छन्। सरस्वती र गीताको भेटपछि कथाले खास गति समात्छ।

त्रिपूरा माताको शक्ति चढेर धेरै बिरामी बिसेक पारेकी गीता र सरस्वतीबीच सुरूमा त मित्रता गाँसिन्छ। तर गीता सरस्वतीको उपचारभन्दा बढी उनका श्रीमान दीपकप्रति आकर्षित हुन्छिन्। माताको आवरणभित्र गीताको मनमा दबिएका यौन आकांक्षा शनैशनै जाग्न थाल्छ। यसले माता र बिरामी गृहिणीको जीवनमा हलचल ल्याइदिन्छ।

मुकुण्डोको मूल कथा यही हो।

यो कथा भन्न रोजिएका पात्र र परिवेश र संवादले फिल्म स्तरीय बनाएको छ। पात्रको सूक्ष्म मनोदशा चित्रण अत्यन्तै सशक्त छ। खासगरी माता र गृहिणी पात्रको मनोदशा। उनीहरूबीचको मित्रता, द्वेष, आरिश र द्वन्द्व चित्रण नै फिल्मको शक्ति हो।

पात्रहरूमा गौरी मल्ल र मिथिला शर्माको स्तरीय अभिनय फिल्मको अर्को सबल पक्ष हो। गौरी मल्ल र मिथिला शर्मा नेपालका राम्रा अभिनेत्री हुन्, जसको अभिनय क्षमतालाई निर्देशक छिरिङले भरपुर प्रयोग गरेका छन्।

माताको भूमिकामा मिथिला शर्माको अभिनय बेजोड छ। खासगरी देवता चढेको दृश्यमा उनलाई खुब सुहाएको छ। कतै निर्दोष त कतै डरलाग्दो देखिने उनलाई फिल्म सकिइसकेपछि पनि भुल्न सकिँदैन। नेपाली फिल्ममा यति सशक्त पात्र विरलै बन्छन्।

यो फिल्मका पात्रहरू खास परिवेशमा बाँच्छन्। मुकुण्डोमा ललितपुरका साँघुरा गल्ली, मन्दिर, जनजीवन र जात्रासम्मका कुरा पृष्ठभूमिमा आएका छन्। त्यो परिवेशले उनीहरूको जीवन र व्यक्तित्वबारे धेरै कुरा बोल्छ। रेडियोमा बज्ने शम्भुजीत बाँस्कोटाको संगीत होस् वा स्टोभ बालेको दृश्य फिल्मले आफ्नो समयबारे पनि दृश्यबाटै धेरै कुरा भन्छ।

समाजमा आधुनिक सुविधा सम्पन्न उपचारविधि थपिँदै गए पनि झारफुक, धामी–झाँक्रीकहाँ लैजाने क्रम अन्त भएको छैन। आधुनिक बन्दै जाँदा समाजमा नयाँ अन्धविश्वास पनि थपिँदै छन्। यस सन्दर्भमा फिल्मले उठाउने विषय आज पनि सान्दर्भिक लाग्छ। फिल्मले हाम्रो परम्परा, कुरीति र अन्धविश्वासमाथि प्रश्न गर्छ।

करिब तीन वर्षअघि अनामनगरको युनियन हाउसमा नेपाल चलचित्र समीक्षक समाजको आयोजनामा यसका निर्देशकको उपस्थितिमा मुकुण्डो प्रदर्शन भएको थियो।

त्यसबेला निर्देशक छिरिङले भनेका थिए, ‘मेरो हुर्काइ परम्परागत समाजमै भएको हो। तर अलि बुझ्ने हुँदै गएपछि समाजका कतिपय विश्वासबारे आफैंसँग प्रश्न गर्न थालेँ। मुकुण्डोमा ती प्रश्न उठाएको छु।’

भारतीय सिनेमाटोग्राफर रञ्जन पालितको सिनेमाटोग्राफी रहेको यो फिल्ममा धेरै इन्डोर दृश्य भए पनि रिफ्लेक्टरबिना प्राकृतिक प्रकाशमा खिचिएको थियो। मुकुण्डो निर्देशकको पहिलो फिल्म हो। यसअघि ‘स्पिरिट डज नट कम एनिमोर’ डकुमेन्ट्री बनाएका छिरिङको यो पहिलो फिल्ममा पनि आध्यात्मिक रङ भेटिन्छ। फिल्ममा रंगहरूको प्रयोगमा पनि उनी सचेत देखिन्छन्।

केसाङ छेतेन र छिर‍िङ रितारको लेखनमा बनेको मुकुण्डो संसारका प्रतिष्ठित महोत्सवहरूमा प्रदर्शन भएको फिल्म हो। सान फ्रान्सिस्को, भानकोभर, फुकुओका, मुम्बईलगायत इन्टरनेसनल फिल्म फेस्टिभलहरूमा प्रदर्शन भएको छ। ुमुकुण्डोु ओस्कार अवार्डमा पठाइएको पहिलो नेपाली फिल्म मानिन्छ।

सन् २००० मा बनेको ुमुकुण्डोु गत साता मिला प्रोडक्सनको आधिकारिक युट्युब च्यानलबाट यो फिल्म अपलोड गरिएको हो।

Tags: जब 'माता' प्रेममा पर्छिन्फिल्मका पात्रहरू
Share11Tweet7SendScan
Previous Post

चीनले ५ लाख डोज कोरोना खोप अनुदान सहयोग गर्ने

Next Post

पानी पिउने सही समय कुन हो ?

Related Posts

लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा
FEATURE

लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

by सुनसरी अनलाइन
कार्तिक २४, २०८१
0

विराटनगर । तेस्रो दिनको पुन्य तिथिमा प्रख्यात लोकगायिका शारदा सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ। नागरिक मिडिया प्रा. लि....

कांग्रेसले कोशी प्रदेशमा मन्त्री हुन बनायो मापदण्ड
FEATURE

कांग्रेसले कोशी प्रदेशमा मन्त्री हुन बनायो मापदण्ड

by सुनसरी अनलाइन
साउन १५, २०८१
0

सुनसरी । नेपाली कांग्रेस कोशी प्रदेश कार्यसमितिले प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरूको मापदण्ड बनाएको छ । सोमबार विराटनगरमा बसेको कोशी...

विकास निर्माण कार्यमा अगाडी बढ्दै इनरुवा : नेता कोइराला

विकास निर्माण कार्यमा अगाडी बढ्दै इनरुवा : नेता कोइराला

बैशाख २४, २०८१
जिल्ला अस्पताल सुनसरीमा १० वर्ष मुनिका  बालबालिकाको निःशुल्क उपचार

जिल्ला अस्पताल सुनसरीमा १० वर्ष मुनिका बालबालिकाको निःशुल्क उपचार

चैत्र १५, २०८०
५७ टोलिद्वारा इनरुवामा होलि हंगामा कार्यक्रम हुने, सफल बनाईदिन सबैलाई आयोजकको आग्रह

५७ टोलिद्वारा इनरुवामा होलि हंगामा कार्यक्रम हुने, सफल बनाईदिन सबैलाई आयोजकको आग्रह

चैत्र ८, २०८०
राजेन्द्र ओझा ‘नयन’सहित नेपाली युवाहरू मुम्बईमा सम्मानित

राजेन्द्र ओझा ‘नयन’सहित नेपाली युवाहरू मुम्बईमा सम्मानित

जेष्ठ २९, २०८०
Next Post
पानी पिउने सही समय कुन हो ?

पानी पिउने सही समय कुन हो ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, जेष्ठ ३, २०८३
Sun, May 17, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In