इनरुवा । संसद् पुर्नबहालीको सर्वोच्च अदालतले निर्णय सार्वजनिक गरेपछि नेपाल कम्युनिस्ट प्रचण्ड–नेपाल समूहद्वारा इनरुवाको लोकतान्त्रिक चोकमा दीप प्रज्वलन गरिएको छ ।
संसद् पुनर्स्थापनाको माग गर्दै सडक आन्दोलनमा रहेका नेकपाका नेता तथा कार्यकर्ताहरुले सर्वोच्च अदालतको निर्णयलाई स्वागत गर्दै दीप प्रज्वलन गरेका छन् ।
संसद् विघटनलाई सर्वोच्च अदालतले बदर गरेको निर्णय सुनाएपछि खुसी हुँदै इनरुवाको लोकतान्त्रिक चोक र सखुवागाछीमा दीप प्रज्वलन गरेका हुन् ।
सर्वोच्च अदालतमा लामो बहसपछि मंगलबार बेलुका संसद पुनर्स्थापनाको पक्षमा निर्णय सुनाएपछि प्रचण्ड–नेपाल समूहका नेता तथा कार्यकर्ताहरु उत्साहित भएर सर्वोच्च अदालतको निर्णयलाई स्वागत गरेका छन् ।