Friday, January 23, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home खेलकुद

फुटबलमा राष्ट्रिय महिला लिगले देखाएको सम्भावना

सुनसरी अनलाइन by सुनसरी अनलाइन
फाल्गुन १३, २०७७
in खेलकुद
फुटबलमा राष्ट्रिय महिला लिगले देखाएको सम्भावना
25
SHARES
Share on FacebookShare on Twitter

गोविन्दराज नेपाल
काठमाडौं । पहिलो पटक डबल राउन्ड रोविनको आधारमा खेलाइएको राष्ट्रिय महिला फुटबल लिग एपीएफले उपाधि जित्दै सकिएको छ ।

विगतमा छोटो समयमा सकिने महिला लिग यस पटक एक महिनासम्म सञ्चालन भयो । एपीएफसँगै नेपाल आर्मी, नेपाल पुलिस गरी तीन विभागीय टोली र विभिन्न ४ वटा नगरपालिकाका टोली गरी ७ टिमले ४२ खेल खेलेको लिगमा केही विदेशी खेलाडी पनि सहभागी थिए ।

स्याङ्जाको वालिङ नगरपालिकाले ४ जना क्यामरुनी खेलाडी ल्याएको थियो, जसमा १७ वर्षमुनिको विश्वकप खेलिसकेका खेलाडी समेत सामेल थिए । विराटनगर महानगरपालिका र उदयपुरको चौदण्डीगढी नगरपालिकाले ४ / ४ जना भारतीय खेलाडी सामेल गरेको थियो । झापाको चन्द्रपुर नगरपालिकाले चाहिँ विदेशी खेलाडी राखेको थिएन ।

लिगको संरचना, टिम छनोट, डबल लिग, प्रतिस्पर्धा, पुरस्कार राशी, विदेशी खेलाडी आदिका कारण महिला लिग पनि यो वर्ष विशेष रह्यो । आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पा भन्छन्, ‘लिगमा नयाँ-नयाँ खेलाडीहरु आए, जो आए उनीहरुले स्तरीय खेल खेले । अहिले महिला खेलाडी अभाव छ त्यो अभाव अब कम हुने महसुस भएको छ ।’

यो लिगले राष्ट्रिय महिला फुटबल टिमका लागि खेलाडी छनोट सहज बनाएको शेर्पाले ताए ।

प्रतियोगिताको उत्कृष्ट फरवार्ड बनेकी एपीएफकी खेलाडी सावित्रा भण्डारी महिला खेलाडीले खेलमा सुधार गर्ने अवसर पाएको बताउँछिन् । ‘पहिला थोरै समय लिग हुन्थ्यो । विभागीय टिमहरु अरु टिममाथि हावी हुन्थे । अहिले सबैले बल पोसेसन राखेर खेल्न थाले । एउटा खेलमा नराम्रो भएपनि अर्को खेलमा सुधार गर्ने अवसर पाए’ लिगमा सर्वाधिक ४३ गोल गरेकी उनले भनिन् ।

प्रतियोगिताकै उत्कृष्ट खेलाडी सरु लिम्बु विदेशी खेलाडीसँग प्रतिस्पर्धा गर्दा खेलमा सुधार्ने अवसर मिलेको बताउँछिन् । ‘अरु टिमले विदेशी खेलाडी ल्याउँदा हामीले पनि सिक्ने अवसर पायौं, हामीलाई अन्तर्राष्ट्रिय खेल खेल्दा सहयोग पुग्छ’ उनले भनिन् ।

एन्फा अध्यक्ष शेर्पाले महिला फुटबल पनि अब व्यवसायिकतातर्फ उन्मुख भएको बताए । उनले अब अझै प्रतिस्पर्धात्मक र व्यापक बनाउने एन्फाको उद्देश्य रहेको बताए । ‘अब यही सिस्टममा जान्छौँ । नगरपालिका समावेश लिग नै मुख्य लिग हुन्छ । क्लब लाइसेन्सिङ लागु भएपछि त्यही अनुसार अघि बढ्ने छौँ’ उनी भन्छन् ।

एन्फाले २०७६ मै महिला लिग सञ्चालन गर्ने तयारी गरेको थियो । तर कोभिड-१९ महामारीका कारण स्थगित भएको थियो । एन्फा महिला फुटबल समितिका अध्यक्ष पेमा लामाले खेल नहुनुभन्दा हुनु राम्रो भएको बताइन् ।

‘हामीले ६ महिना गर्ने तयारी गरेका थियौँ । तर कोभिडले गर्दा सम्भव भएन । करिब एकवर्ष स्थगित भएर लिग सुरु भयो । यस पटक केही परिवर्तन पनि भयो, खेलाडीहरु पनि उत्साहित भए’ लामाले भनिन् । उनले आगामी वर्षमा अझै राम्रो लिग सञ्चालन गर्न सकिने आशा बढेको बताइन् ।

लिगबाट राम्रो प्रतिभा देखिएको लामाले बताइन् । ‘अब राष्ट्रिय टिमदेखि उमेर समूहको टिम बनाउन यस लिगबाट खेलाडी छनोट गर्न सहज हुनेछ’ उनले भनिन् ।

एन्फाका अध्यक्ष शेर्पा ०७८ को राष्ट्रिय महिला लिग तीन चरणमा गर्ने योजना रहेको बताउँछन् । एन्फाले यसअघि नै सार्वजनिक गरेको क्यालेन्डर अनुसार उपमेयर कप राष्ट्रिय महिला लिग २०७८ मा हुनेछ । जसको पहिलो चरण साउन र भदौमा हुनेछ भने दोस्रो चरण कात्तिक र मंसिरमा हुनेछ । यस्तै अन्तिम चरण पुस, माघ र फागुनमा हुनेछ । यसरी लिग सञ्चालन गरेमा महिला फुटबलमा अझै प्रतिस्पर्धा बढ्ने शेर्पा बताउँछन् ।

हाल ७ वटा रहेको टिम संख्या अर्को संस्करणमा बढाएर ८ पुर्‍याउने एन्फाको योजना छ । पहिलो चरणमा राष्ट्रिय स्तरको उपमेयर कप फुटबल प्रतियोगिता गर्ने, त्यसबाट ८ टिम छनोट गरी दोस्रो चरणको प्रतियोगिता सञ्चालन गर्ने र त्यसबाट उत्कृष्ट २ टिम राष्ट्रिय लिगको लागि छनोट गर्ने शेर्पाले बताए ।

उक्त २ टिम राष्ट्रिय महिला लिगमा सहभागी हुन पाउनेछन् । ‘चौदण्डीगढी बाहेक अरु ६ टिम अहिलेकै यथावत हुनेछन् । अरु दुई टिम छनोट चरणबाट आउनेछन्’ शेर्पाले भने ।

यस वर्ष विराटनगर महानगरपालिका, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका र चौदण्डीगढी नगरपालिकाले छनोट खेल खेलेर लिगमा स्थान बनाएका थिए । जसमा उदयपुरको चौदण्डीगढी खेलेको १२ वटै खेलमा हार व्यहोर्दै अन्तिम स्थानमा रहेको थियो ।

     श्रोत : अनलाईन खवर

Share10Tweet6SendScan
Previous Post

‘गंगुबाई काठियावाडी’को टिजरमा आलियाको प्रशंसा

Next Post

कविता : रातोडायरी

Related Posts

सीमा क्षेत्रमा भएको मैत्रीपूर्ण भलिवलको उपाधि एपीएफलाई
FEATURE

सीमा क्षेत्रमा भएको मैत्रीपूर्ण भलिवलको उपाधि एपीएफलाई

by सुनसरी अनलाइन
अशोज ९, २०८१
0

अजित कुमार झा इनरुवा। सुनसरी हरिनगर गाउँपालिका–५ मा स्थित यादव टोल नजिक नेपाल–भारतको सुरक्षा अधिकारी बीच सोमबार मैत्रीपूर्ण भलिवल प्रतियोगीता...

प्रधानमन्त्रीसँग रुसी महिला भलिबल टोलीको भेट
FEATURE

प्रधानमन्त्रीसँग रुसी महिला भलिबल टोलीको भेट

by सुनसरी अनलाइन
साउन ८, २०८१
0

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पारस्परिक लाभ र सम्मानका आधारमा नेपाल र रुसबीचको पुरानो सम्बन्धलाई पुनःताजगीकरण गर्नुपर्ने बताउनुभएको छ...

प्रथम मदन भण्डारी स्मृति अन्र्तराष्ट्रिय कुस्ती दंगल प्रतियोगिता आज पनि जारी

प्रथम मदन भण्डारी स्मृति अन्र्तराष्ट्रिय कुस्ती दंगल प्रतियोगिता आज पनि जारी

चैत्र ६, २०८०
प्रेस युनियनले द योङ ब्रदर्सलाई ५-२ गोल अन्तरले हरायो

प्रेस युनियनले द योङ ब्रदर्सलाई ५-२ गोल अन्तरले हरायो

माघ १९, २०८०
हरिनगरमा १४ औं राष्ट्रपति रनिङ्ग शिल्ड तथा विधालय स्तरीय अध्यक्ष कप खेलकुद प्रतियोगिता आजबाट सुरु

हरिनगरमा १४ औं राष्ट्रपति रनिङ्ग शिल्ड तथा विधालय स्तरीय अध्यक्ष कप खेलकुद प्रतियोगिता आजबाट सुरु

माघ ५, २०८०
गछिया भेट्रान फुटबल क्लवलाई हराउदै ग्रामथान भेट्रान फुटबल क्लव विजयी

गछिया भेट्रान फुटबल क्लवलाई हराउदै ग्रामथान भेट्रान फुटबल क्लव विजयी

पुस २०, २०८०
Next Post
कविता :  रातोडायरी

कविता : रातोडायरी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा
FEATURE

सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

by सुनसरी अनलाइन
माघ ५, २०८२
0

सुनसरी । फागुन २१ गते निर्धारित प्रतिनिधि सभा निर्वाचनका लागि सुनसरी २ बाट पत्रकार इकवाल अहमदले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका...

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई

पुस २४, २०८२
नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

पुस २३, २०८२
राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

पुस २३, २०८२
सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

पुस २३, २०८२
शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

पुस २१, २०८२
काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

पुस २१, २०८२
लौकहीमा गोली चलाउने एपीएफका हवल्दार पक्राउ, बीओपी टोली फिर्ता

लौकहीमा गोली चलाउने एपीएफका हवल्दार पक्राउ, बीओपी टोली फिर्ता

पुस १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शुक्र, माघ १०, २०८२
Fri, January 23, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In