Sunday, January 18, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home साहित्य

“खुसी” बेच्ने निरज र सन्तोषको कथा

सुनसरी अनलाइन by सुनसरी अनलाइन
फाल्गुन १४, २०७७
in साहित्य
“खुसी” बेच्ने निरज र सन्तोषको कथा
33
SHARES
Share on FacebookShare on Twitter

सुबिन विश्वकर्मा
बराहक्षेत्र ।तपाईंले आज गरिरहेका दुख, संघर्ष, मेहनत र कठिन यात्रा । आखिर केको लागि? सोच्नुस त! खुसी हुनको लागि हैन? धेरै धन कमाएर पनि जीवनभर खुसी हुन नसकेका मान्छेहरु भन्ने गर्छन्, “मिल्ने भए खुसी किनेर राख्ने थिए ।”

जीवनमा थुप्रो पैसा कमाएका धनवान्, रुपवान, शक्तीवान, भोक, प्यास वा यौन प्राप्त गरेका सन्तुष्ट व्यक्ती, विश्वप्रसिद्वी कमाएका नामी र विद्वानहरू पनि खुसीको लागि भौतारिने गर्दछन् ।

तर याद गर्नुस! मान्छे सानै कुरामा खुसी हुने गर्छ । पत्रकार विजयकुमार भन्छन्, “मान्छे जोसुकै होस्, जस्तोसुकै होस्, जुनसुकै पेशा, धर्म, लिङ्ग वा विचारधाराको किन नहोस्, उसले खोजेको मूल कुरा एउटै हो- खुसी ।

” मान्छेले सबैभन्दा धेरै चाहाने कुरा के हो? खुसी । हो, यहीँबाट सुरू भयो- अफरिङ ह्याप्पीनेस । सुन्दा अनौठो लाग्न सक्छ, यहाँबाट ह्यप्पीनेस किन्न मिल्छ । अर्थात खुसी किन्न मिल्छ । कसैले तपाईंलाई ‘सरप्राइज’ उपहार दियो?

जन्मदिन, वार्षिकोत्सव वा कुनै अवसरमा सरप्राइज डिनर, डेट लैजाँदैछ भने तपाईंलाई कत्तिधेरै खुसी मिल्छ? त्यही खुसी बाड्ने काम ‘अफरिङ ह्याप्पिनेस’ ले गर्छ । यसले उपहार र सर्प्राइज प्याकेज डेलिभर गरेर यस्तै खुसी बाँड्छ ।

व्यक्तिबीच भावनात्मक दुरी घटाउने प्रयत्न गरिरहेको कम्पनीमार्फत् ग्राहकले उपहार, भ्रमण, डिनरदेखि विभिन्न सेवाका प्याकेज आफ्ना प्रियजनलाई दिन सक्छन् । यति अनौठो कामको सुरूवात गर्ने व्यक्ति हुन्, निरज काफ्ले र सन्तोष पान्डे । यद्यपि यस् कार्यको थालनी स्नातक पढिरहेका सात साथीको सहकार्यमा सुरू भएको हो । यो एक सेवामात्र हैन्, व्यावसाय पनि हो ।

व्यावसायिक हिसाबमा अघि बढ्दै जाँदा चार जना मात्र रहे । निरज र सन्तोषबाहेक अभिनाश चौधरी र दर्शन पराजुली कम्पनीका सह-संस्थापक हुन् । तर अहिले निरज र सन्तोषले सारा कामहरू सम्हालिरहेका छन् । निरजको पुर्खौली घर, बराहक्षेत्र- ६, सुनसरी । उनले कक्षा ५ सम्म यहि पढेका हुन् ।

२०६१ सालतिर काठमाडौं गएर कक्षा ९ सम्म पढेर एसएलसी इटहरीबाट दिए । भन्छन्, ‘एसएलसी दिँदासम्म पनि भविष्यमा के गर्ने भन्ने थिएन । पढाइभन्दा समाचार, समाज, राजनीतिमा बढी रूचि थियो ।

´ काठमाडौंमा होटल व्यवस्थापन पढ्न भि.एस. निकेतन भर्ना भएपछि प्लस-टु सकेलगत्तै निरज आइइएलटिएस पढ्न थाले । जीवन जिउनका लागि अन्य थुप्रै कुराहरु अंगाल्न सकिन्थ्यो होला नि? निरज भन्छन्, आफ्नो लागि जीवन धेरैले जिएका छन् । अरुलाई हसाएर बाचेको जीवन पो जीवन, अरूलाई सेवा गरेर जिएको जीवन पो जीवन, र अरूलाई खुसी बाढेर बाचेको जीवन पो जीवन!

यसकै लागि हो, अफरिङ ह्याप्पीनेस । सन् २०१६, फेब्रुअरीबाट काम थालेको कम्पनीले सुरूमा भ्यालेन्टाइन्स-डे लक्षित प्याकेज र ग्राहकको रोजाइ अनुरूप सर्प्राइज गिफ्ट बक्स बनाएको थियो । केही महिनापछि अभिनाशले ‘रोमान्टिक डिनर डेट’ को आइडिया निकाले ।

निरज काफ्ले र सन्तोष पाण्डे टोलीले यसमा काम थाल्यो । छोटो समयमै ग्राहकले सोधपुछ गर्न थाले । ‘त्यसपछि मान्छेलाई यस्ता कुराले आकर्षित गर्ने रहेछ भन्ने बुझ्यौं । यस्ता आइडियामा अझै काम गर्न सकिन्छ भन्ने भयो,’ सन्तोषले भने। सन्तोष विभिन्न सामाजिक कार्यक्रममा सहभागिता जनाउँदा उनी २०६९ सालमा ‘वी इन्स्पायर’ नामक संस्थासँग जोडिए ।

सन्तोष र निरजको पहिलो भेट यही संस्थामा भएको हो । निरज भिसा नमिलेर अस्ट्रेलिया जान नमिलेपछि स्नातक पढ्न थाले र उनी कलेजका विभिन्न कार्यक्रममा सहभागी हुन थाले । इन्सपायर संस्थामा हुँदै चिनजान भएका निरज र सन्तोषको कलेजमा घनिष्ठता बढ्यो ।

अफरिङ ह्याप्पिनेसका अरू दुई सह-संस्थापक अभिनाश र दर्शन पनि यहीँ भेटिएका हुन् । एकदिन निरजले आइडिया फुराए- विदेशमा रहेका नेपालीले आफ्नो परिवारलाई सर्प्राइज दिन सक्छन् कि! तर के सर्प्राइज? उनीहरूले कस्टमाइज गिफ्टमा काम थाले र अफरिङ ह्याप्पिनेस सुरू भयो ।

कम्पनीको काम गर्ने शैली र तरिका झन्डै चार महिना अध्ययन र परीक्षणबाट तयार भएको उनीहरू बताउँछन् । सेवा थाल्ने भएपछि उनीहरूले कलेजनजिकै बालुवाटारमा सानो कोठा भाडा लिए । उपहारका लागि थाइल्यान्डबाट आवश्यक सामग्री पनि मगाए । यसरी थोरैथोरै व्यवसाय बढिरहेका बेला ‘डिनर डेट’ को आइडियाले धेरै ग्राहक आकर्षित गर्‍यो ।

अहिले कम्पनीले कस्टमाइज गिफ्टसँगै ‘एक्पिरियन्स गिफ्टिङ’मा बढी जोड दिएको छ । यो भनेको सगरमाथा आधार शिविर गएर प्रेम प्रस्ताव राख्नेदेखि सर्प्राइजमा आफ्ना प्रियजनलाई कुनै ठाउँमा लैजानेसम्म हुनसक्छ । ‘एक्पिरियन्स गिफ्टिङले पर्यटन विकासमा पनि टेवा पुग्ने विश्वास छ,’ निरज भन्छन्, ‘एभरेस्ट बेस क्याम्प पुगेर प्रस्ताव राख्ने, फेवाताल बीचमा डिनर डेटजस्तो अनुभव नेपालमा मात्रै सम्भव छ ।

त्यसैले पर्यटन विकासमा केही गर्ने दीर्घकालीन सोच छ ।’ अफरिङ ह्याप्पिनेसमा अहिले १२ जना सक्रिय छन् । दुई सय बढीलाई प्रत्यक्ष-अप्रत्यक्ष रोजगारी दिएको र बाटामा बेलुन बेच्नेदेखि पाँचतारे होटल-रेस्टुरेन्टसम्म गरी पाँच सय बढीसँग सहकार्य भइरहेको निरजले बताए ।

लकडाउनमा पनि कम्पनीले भर्चुअल सर्प्राइज र सेलिब्रेसन सेवा दिएको थियो । हालसम्म एक लाख बढीलाई सेवा पुर्‍याइसकेको उनीहरू दाबी गर्छन् । सन्तोष र निरजको आर्थिक स्थिरताबारे परिवारले भने अझै चिन्ता गरिरहन्छन् रे । निरजले गुनासो पोखे, ‘म के गर्छु भन्नेबारे परिवारका सबैले बुझिसक्नुभएको छैन । मान्छेको जन्मदिन मनाइदिने गर्छस् रे हो भन्दै सोध्नुहुन्छ ।

‘ निरजले थपे, नेसनल जिओग्राफीमा फिचर भएपछि ऊर्जा थपिएको छ । हाल काठमाडौंमा मात्र दिँदै आएको सेवा देशभर विस्तार गर्ने योजना पनि बनाइरहेका छन् ।

चार जनाले २०/२० हजार संकलन गरी जम्मा ८० हजार रूपैयाँमा काम थालेका उनीहरू व्यवसाय गर्न लगानीले नरोक्ने सिद्धान्तमा विश्वास राख्छन् । उनीहरुको एउटै सपना छ, ‘मान्छेहरूमा गिफ्ट भन्नेबित्तिकै अफरिङ ह्याप्पिनेस याद होस् ।’ तपाईंलाई के कुराले खुसी दिन्छ? यसको परिभाषा सबैको लागि एकै नहुनसक्छ । जस्तो कोहि कसैको सेवा गर्दा खुसी

जस्तो कोहि कसैको सेवा गर्दा खुसी हुन्छन्, कोहि आफ्नो पेशामा सफलता प्राप्त गर्दा खुसी हुन्छन्, कोहि धेरै सम्पत्ति कमाउँदा, कोही आफूले माया गरेको मान्छेलाई प्राप्त गर्दा र धेरै आफूले चाहेको कुरा गर्न पाउँदा खुसी हुन्छन् । सोही खुसी प्राप्त गर्नका निम्ति सेवा दिने कम्पनी अफरिङ ह्याप्पिनेससँग फेसबुक पेजमार्फत सम्पर्क गर्न सकिन्छ ।

Share13Tweet8SendScan
Previous Post

इनरुवामा स्मार्ट २४ न्यूज र सुनसरी पोष्टको कार्यालय उद्धघाटन

Next Post

बनभोज तथा भेटघाट कार्यक्रम सम्पन्न

Related Posts

जातजातिको एकताबाट समृद्धि प्राप्त हुन्छ : मुख्यमन्त्री कार्की
FEATURE

जातजातिको एकताबाट समृद्धि प्राप्त हुन्छ : मुख्यमन्त्री कार्की

by सुनसरी अनलाइन
साउन १९, २०८१
0

बाबुराम मुडियारी मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुकमा बसोबास गर्ने विविध जातजातिबीचको एकताबाट नै नेपालमा समृद्धि कायम गर्न...

साहित्यकार विमला पोख्रेलको चौथो कृति विचार र विमर्श
समाचार

साहित्यकार विमला पोख्रेलको चौथो कृति विचार र विमर्श

by सुनसरी अनलाइन
साउन ७, २०८१
0

सुनसरी । सुनसरीका साहित्यकार विमला पोख्रेलको चौथो कृति विचार र विमर्शको सदरमुकाम इनरुवामा आइतबार लोकार्पण गरिएको छ । जिल्लामा दुई...

सबै जातजातिको धर्म, संस्कृतिलाई संरक्षण गर्नुपर्ने भोक्राहाका अध्यक्ष अजादको भनाई

सबै जातजातिको धर्म, संस्कृतिलाई संरक्षण गर्नुपर्ने भोक्राहाका अध्यक्ष अजादको भनाई

कार्तिक १६, २०८०
जिल्ला स्तरीय निबन्ध प्रतियोगिता

जिल्ला स्तरीय निबन्ध प्रतियोगिता

अशोज १७, २०८०
संविधानको रक्षा गर्नु सबैको दायित्व हो : हाजी इस्राइल

संविधानको रक्षा गर्नु सबैको दायित्व हो : हाजी इस्राइल

अशोज ३, २०८०
इनरुवामा वीपी कोईरालाको जन्मजयन्तीमा कवि गोष्ठी सम्पन्न

इनरुवामा वीपी कोईरालाको जन्मजयन्तीमा कवि गोष्ठी सम्पन्न

भदौ २४, २०८०
Next Post
बनभोज तथा भेटघाट कार्यक्रम सम्पन्न

बनभोज तथा भेटघाट कार्यक्रम सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई
FEATURE

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई

by सुनसरी अनलाइन
पुस २४, २०८२
0

सुनसरी । सुनसरी जिल्ला भोक्राहा नरसिंह गाउँपालीका बाट मन्त्री हुने सम्भवतः प्रथम व्यक्ति नेपाली कांग्रेसका नेता हाजी डाक्टर इस्राइल मन्सुरीलाई...

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

पुस २३, २०८२
राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

पुस २३, २०८२
सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

पुस २३, २०८२
शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

पुस २१, २०८२
काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

पुस २१, २०८२
लौकहीमा गोली चलाउने एपीएफका हवल्दार पक्राउ, बीओपी टोली फिर्ता

लौकहीमा गोली चलाउने एपीएफका हवल्दार पक्राउ, बीओपी टोली फिर्ता

पुस १८, २०८२
अमिरबाट १३ नेपाली कैदीलाई आममाफी

अमिरबाट १३ नेपाली कैदीलाई आममाफी

पुस १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, माघ ४, २०८२
Sat, January 17, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In